लायन्स क्लव लालबन्दीद्वारा जुट्पानीस्थित बृद्धाश्रममा मिष्ठान्न भोजनसहित खाद्यान्न सहयोग

लालबन्दी : लायन्स क्लब अफ लालबन्दी सिटी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले शुक्रबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा बिहानको मिष्ठान्न भोजन गराउनुका साथै खाद्यान्न सहयोग गरेका छन् ।

लायन्स क्बल अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन तथा लायन स्वर्गिय राजन कार्की (मिलन) को छेठौँ वार्षिक स्मृति दिवस पारेर लालबन्दी २ जुटपानीस्थित आश्रममा मिष्ठान्न भोजन गराउनुका साथै ४ बोरा चामल प्रदान गरिएको हो । हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारको प्रमुख आतिथ्यतामा खाद्यान्न हस्तान्तरण एवं मिष्ठान भोजन गराइएको लायन्स क्बल अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लबका पुर्व नेपाल प्रमुख भरतप्रसाद ढुंगेल, लायन्स क्लब लालबन्दीका वर्तमान अध्यक्ष चिरन्जिवी खतिवडा, अन्य पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

संयोगले कार्यक्रमका प्रमुख अतिथी एवं हरिपुर नगरप्रमुख पंजियारको समेत आज नै जन्मदिन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया