लामो समयसम्म शिक्षण पेशामा संलग्न भएर शिक्षा र चेतना फैलाउन सफल ब्यक्तित्व जवाहरलाल कुश्वाह समय र परिस्थितिलाई ब्यबहारमा लागु गर्न सक्ने एक कुशल चालक हुन् । उनले कहिल्यै पनि अवसरको खोजी गरेनन् बरु समय परिस्थिति सारथि बनेर उनको जीवनमा आइ लाग्यो ।  नेतृत्वलाई भजाएर लाभको राजनीति गर्ने जमात भन्दा पृथक जवाहरलालको स्वभावका कारण उनलाई स्थापित हुन समय नलागेको स्वयं उनका समकालीनहरु बताउने गर्छन् । रणनीतिक रुपमा चतुर्याइँ भन्दा पनि ब्यबहारिक र स्वभाबजन्य क्रियाकलापका कारण जवाहरलालको फरकपन उज्यालिदै गएको छ ।

गएको प्रदेशसभा चुनाब त जबाहरलालको परीक्षा थियो  । चुनाब जित्नु उनको लागि अबसर र चुनौती दुबै थियो । जुन परीक्षामा उनी सफल पनि भएका छन् । तत्कालीन अबस्थामा नेपाली काँग्रेसको बिचार र आस्थाबाट झ्याङ्गीएको जबाहरलालको नियती सांच्चै नै लोभलाग्दो बनेर जनतामा उदायो जुन दियालोको बत्ति बनेर चम्किलो हुँदै छ । बागमती खोलाको मीठो पानी र तोरीबारी जंगलको मलिलो हावाको सुगन्धलाई अंगालेर हुर्किएको उनको जिन्दगी इमान र भरोसा बनेर स्थापित भएको छ ।

मधेसको माटोमा सुगन्ध रोप्ने कुश्वाहा “संघर्ष र प्रतिस्पर्धामा अब्बल ठहरिन्छ्न् ठरिदैनन् त्यसको भबिष्यवाणी  अहिले नै गर्नु उचित नहोला ?”  तर मधेसको राजनीतिमा मौलाएको जातीय मुद्दाको ऎतिहासिकता र  त्यसको बहाबमा जवाहरलालले खेल्ने मध्यमार्गी भुमिका नै त्यसको सही र सटिक स्विकारोक्ती ठहरिने छ ।  हुर्कदै गरेको नेपाली समाजको बर्तमान राज्य प्रणाली र स्थापित मूल्य र मान्यता भित्रको अंतरबिरोधलाई समयानुकूल स्विकार गर्नु नै जवाहरलालको लागि श्रेयस्कर हुनेछ ।  उनले टेकेको माटो र आत्मसात गरेको सुगन्ध भित्रको मादकतालाई ब्यबहारिक ढंगले उजिल्याउन सक्नु नै उनको लागि कीर्तिमानी र स्वाभिमानी हुने जानकारहरु बताउछन् ।

हालको बागमती नगरपालिका र साबिक शंकरपुर गाबिसलाई थाकथलो बनाएका जवाहरलाल इतिहासले सुम्पेको मार्गचित्र भित्र कसरी अटाउंने छ्न् ? त्यसको सबिस्तार ब्याख्या समयले पक्कै नै दिने छ । स्वतन्त्र उम्मेदवारका रुपमा सर्लाही क्षेत्र नम्बर तीन “क” बाट निर्बाचित भएसंगै सर्लाहीमा सर्बाधिक लोकप्रियताको सूचीमा पर्न सफल भएका जवाहरलाल कुश्वाहाको पेरिफेरीमा समाज र राजनीतिको पोयो बटारिएको बुझ्न सकिन्छ । उनको जितसंगै मधेस तरंगीत बन्यो । राजनीतिक बिरासतको तख्तामा बद्लाब आयो र क्षेत्रीय राजनीतिमा कसिलो सन्देश प्रवाह हुन पुग्यो । स्वतन्त्र रुपमा उडान भर्नका निम्ति  भनेर तयारी अबस्थामा रहेको मलेवाको बचेरा जस्तैः सुषुप्त अबस्था बाट तुफानी यात्रा तय हुँदै गरेको नेपालको राजनीतिक परिदृश्यमा जवाहरलाल एउटा अर्को मियो बनेर स्थापित हुन लाग्दै छन् भनेर बुझ्न अब कठिन नहोला ।

नेपाल कम्युनिस्ट पार्टी माओबादी (केन्द्र) मा प्रबेश गर्दै गर्दा  यति चाँडै यस्तो मौका प्राप्त हुनेछ भनेर स्वयं जवाहरलाल कुश्वावाहालाई पनि लागेको थिएन होला ! यसैगरी उनको समाजलाई हेर्ने दृष्टिकोण र  प्राप्त गरेको आशिर्वाद नै बहुआयामिक बन्न पुग्यो । जुन स्वतन्त्र ब्यक्ति प्रति आम जनताको सचेत अभिव्यक्ति हो भन्न सकिन्छ ।

पाटन संयुक्त क्याम्पस ललितपुर पढ्ने क्रममा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध भएका जवाहरलालको राजनीतिक यात्रा  पार्टीको असल कार्यकर्ता भएर अगाडी बढेको थियो । मधेस आन्दोलन तथा दश बर्षे जनयुदको समयमा पनि सत्तिसाल बनेर उभिएका उनै जवाहरलाल समयले सैलुङ्गेमा फुलाएको बुकिफुल हुन् ।

निर्बिबाद छविबाट उदाएको जवाहरलाल कुश्वाहाको राजनीतिक यात्रा शिर सम्म पुगोस्, हाम्रो शुभकामना

याे पनि हेर्नुहाेस् ।

जब हामीलाई चुप गराइन्छ, तब मात्र हामी हाम्रो आवाजको महत्त्व बुझ्छौं— युसुफजई मलालाले भनेकी थिइन्।

करिब एक शताब्दी अगाडिसम्म मात्र पनि नेपाली समाज सती प्रथामय थियो। श्रीमानको मृत्युसँगै जल्नुपर्ने चलन र नियमविरूद्धको सामाजिक जञ्जिरहरूले आतित थियो नेपाली समाज।

एक समय थियो कुनै दलितले धार्मिक बचन सुने मात्र पनि कानमा सिसा पगालेर हालिन्थ्यो।

हिजो पञ्चायत कालमा मात्र पनि समाजमा सामन्तहरूको रजगज आहा थियो। श्रम गर्ने वर्ग भोको थियो, सामन्तहरूको जीवन विलासी थियो।

अझै पनि कैयौं सामाजिक बेथिति र कुसंस्कारहरू छन्। विभेदका सामाजिक चरित्र, चिन्तन र व्यवहारविरूद्ध सिंगो समाजको चेतना र बुझाइ एक ठाउँमा आउन सकेको छैन। विसंगति र विद्यमान कुंसस्कारविरूद्ध सिंगो समाज लड्नुपर्छ भन्ने चेतना विकास अझै हुन सकेको छैन। समाजको सर्वांगीण विकास र पूर्ण स्वतन्त्रताको पक्षमा अहिले पनि नेपाली समाज अगाडि बढ्न सकेको छैन।

नेपाली समाजको एकल जातीय शासन ९राणा शासन० र वंशीय शासन ९राजतन्त्र० भत्काउन र जनताको शासन ल्याउन पनि करिब दुई सय वर्ष लाग्यो। विभेद र असमानताको खाडल पनि यही दुई सय वर्षमा डरलाग्दो रूपमा विकास भयो। समाजमा अराजकता, विभेद, शोषण, बेथिति, कुसंस्कार, वर्गीय असमानताले आकाश यही समयमा छोयो।

एकल जातीय र वंशीय शासन व्यवस्थाले धारादेखि मन्दिर, समाजदेखि राज्य, सबैतिर विभेदका संरचना निर्माण गरेको थियो। राज्यका उपरी संरचनाहरूले महिला, दलित, मधेसी, जनजातिको आवाजमा बन्देज लगाए। अन्य समुदायको आवाज नियन्त्रित थियो। सिंगो राज्यलाई एउटा वर्ग, एक जाति र एकल वंशको सेवकका रूपमा स्थापित गर्‍यो।

दलित आन्दोलन, दलित समस्या, छुवाछुत र दलित सवालको सन्दर्भमा सिंगो दक्षिण एसियाली समाजमा फरक बुझाइ छ। मुद्दागत र अधिकार प्राप्तिका सवालमा दलित आन्दोलनले सबभन्दा धेरै सवालको उत्तर प्राप्त गर्नुपर्ने थियो। तर नेपालको सवालमा बिस्तारै दलित आन्दोलन कमजोर बन्दै गएको देखिन्छ।

माओवादी युद्ध वरिपरि दलित आन्दोलनका मुद्दाले प्राथमिकता पाएका थिए। छुवाछुत, धार्मिक तथा सार्वजनिक स्थानमा प्रवेश रोक लगाउने जस्ता विभेदमा कारबाही गर्ने, जनसत्तामा दलित समुदायको नेतृत्व गर्ने, अन्तरजातीय विवाहको सामाजिक विभेदविरूद्ध उठाइने कयौं मुद्दाले दलित आन्दोलनमा ऊर्जा भरेको थियो। दलित समुदायका लागि विशेषाधिकार, राजनीति संगठनमा सम्मानजनक हैसियत जस्ता प्रगतिशील नारा भएकाले माओवादी आन्दोलनले दलित आन्दोलनलाई सबै पार्टी र राज्यका संरचनाले सम्बोधन गर्नैपर्ने बाध्यकारी परिस्थिति सिर्जना गरिदिएको थियो। तर अहिले दलित आन्दोलन सुषुप्त छ।

अस्पष्ट मुद्दा, कमजोर नेतृत्व, अवसरवाद, विचौलिया प्रवृत्ति, चाकरीवाद, योजना अभाव, राजनीतिप्रति दलित युवाको अरूचि, पार्टीभित्रको कमजोर उपस्थिति जस्ता कारणले दलित आन्दोलनमा अन्यौलता सिर्जना गरेको पाइन्छ।

अहिलेको अवस्थामा देशमा दलित आन्दोलनको सान्दर्भिकता झन् बढेको देखिन्छ।

सडकमा सामन्तका पुच्छरहरू व्यवस्थाविरूद्ध ओकलिरहेका बेलामा, दलितमैत्री ऐन(कानुन निर्माण गर्नुपर्ने बेलामा, दलित समुदायको गाँस, बाँस, कपास र रोजगारीको सुनिश्चितता गर्नुपर्ने बेलामा, स्थानीय सरकारलाई दलितमैत्री बनाउन अनवरत संघर्ष आवश्यक भएका बेलामा, विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालजस्तो राष्ट्रका सीमान्तकृत र उच्च जोखिममा रहेको समुदायमा परिरहेका बेलामा — आन्दोलन सशक्त रूपमा अगाडि बढ्न नसक्नु सिंगो दलित समुदाय र उत्पीडित वर्गका लागि चिन्ताको विषय बनेको छ।

सयौं पुस्ताको स्वतन्त्रताको सपना र सम्मानजनक सामाजिक हैसियतका ओजिला मुद्दा कमजोर बनेका छन्। दलित आन्दोलन, नेतृत्व र मुद्दाप्रति सिंगो दलित समुदायको विश्वास गुमिरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई समयसापेक्ष र अपेक्षाकृत मुद्दाहरू अगाडि ल्याउने र बढाउनुपर्ने जिम्मेवारी युवा पुस्ता र सचेत वर्गको काँधमा आइपुगेको छ।

दलित आन्दोलनलाई समाजवादी आन्दोलन र व्यवस्थासँग जोड्न केही सवालहरू बाधक बनेका छन्।

वर्तमानमा दलित आन्दोलन कुइरोभित्रको काग जस्तै बनेको छ। स्पष्ट नीति, नेतृत्व र योजना निर्माण हुन सकेका छैनन्। आन्दोलनले राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, जनजीविका र सांस्कृतिक मुद्दाहरूको दस्तावेजीकरण गर्न सकिरहेको छैन। संवैधानिक तथा प्राप्त गनुपर्ने अधिकार र पेसागत सुरक्षाका सवालमा आन्दोलन कमजोर बनेको छ। अब आन्दोलनले स्पष्ट मुद्दा पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ। दलित आन्दोलनको समाजवादी कार्यदिशा निर्धारण गर्नुपर्ने देखिन्छ।

दलित आन्दोलनमा सवल नेतृत्व पनि स्थापित हुन सकेको छैन। पार्टीहरूले पनि सक्षम नेतृत्वभन्दा चाकरी गर्ने प्रवृत्तिलाई मलजल गरेको देखिन्छ। जनताको योजना निर्माण गर्न सक्ने, सिंगो वर्गको मुद्दा सम्बोधन गर्न सक्ने, प्रविधि र युगसँग परिचित सक्षम युवा नेतृत्व दलित आन्दोलनमा विकास हुनुपर्ने आवश्यकता देखिन्छ। चाकरीबाजहरूको हात माथि पर्दै जाँदा नेतृत्वमा असर परेको छ। अनि समग्र आन्दोलनलाई प्रभाव पार्दै लगेको देखिन्छ।

यो सवालमा सिंगो आन्दोलनले समीक्षा गर्नुपर्छ।

दलित आन्दोलनभित्र विकास भएको अवसरवाद अहिलेको प्रमुख चुनौती हो। आन्दोलन र संगठन सीमित व्यक्तिको स्वार्थमा प्रयोग गर्ने र हुने प्रवृत्तिले कमजोर बनेको छ। यो अवसरवादले एकातिर सिंगो दलित आन्दोलन बदनाम हुँदै गइरहेको छ, अर्कातिर युवा पुस्तामा आन्दोलन र वर्गप्रतिको विश्वास घट्दो छ।

व्यक्ति स्वार्थ र समूह स्वार्थ सिद्धिको हतियार बनाउँदा आन्दोलनमा लाग्ने र पलायन हुने प्रवृत्ति विकास भएको छ।यसकारण सिंगो दलित आन्दोलन कमजोर हुँदै अवसरवादीको हातमा पुगेर बदनाम हुन थालेको हो। व्यक्ति र गुटको स्वार्थका साथै बिचौलिया प्रवृत्ति पनि हाबी हुँदा आन्दोलनले मौलिकतामा गुमाएको देखिन्छ। यो प्रवृत्ति निस्तेज पार्न जरूरी छ।

अस्पष्ट मुद्दा, कमजोर नेतृत्व, अवसरवाद, पलायनवाद, बिचौलिया, चाकरीवाद प्रवृत्ति लगायतले दलित आन्दोलनमा विभाजन ल्याएको छ। पद वा प्रतिष्ठा प्राप्तिका लागि मात्र आन्दोलन र राजनीतिक, सामाजिक संगठनहरूको प्रयोग गर्ने अवसरवादी चिन्तन हाबी भएको देखिन्छ।

दलित समुदाय र दलित आन्दोलनका लागि गणतान्त्रिक व्यवस्था समन्यायिक व्यवस्था हो। गणतन्त्रमा मात्र दलित समुदायका बाँकी रहेका आन्दोलनका मुद्दा सशक्त रूपमा अगाडि बढ्न सक्छन्। दलित आन्दोलनभित्र हुर्केका गलत प्रवृत्ति निमिट्यान्न पार्दै, समाज सुहाउँदो समाजवादी व्यवस्था र आधार आन्दोलनका रूपमा दलित आन्दोलनलाई अगाडि बढाउन सकेको र एकीकृत आन्दोलनका रूपमा अगाडि बढाउन सकेको खण्डमा मात्र दलित आन्दोलन समाजवादी आन्दोलनको अंश बन्न सक्ने छ।

यदि दलित आन्दोलनले अहिलेको विश्व भूराजनिति, राष्ट्रिय राजनीति र परिवर्तित समाजको मनोविज्ञान सुहाउँदो कार्यक्रम निर्माण गर्न नसकेको खण्डमा, संगठित संघर्षको एक शताब्दी लामो संघर्षभित्र अल्मलिएको दलित आन्दोलनले स्पष्ट दिशा र जातीय समस्या समाधान गर्न चुक्ने निश्चित प्रायः छ।

लेखक राजन विश्वकर्मा (रमेश) नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन् ।

ब्युझिँए, सपना र बिपना दुबै जस्तो । आँखामा केहि केहि दृश्यहरु घुम्न थाले । म सिरकभित्रै छु । चिसो छ, जाडो सकिएको छैन । त्यतिकैमा मोबाईलमा अलार्म बज्यो । झस्किँए, ६ बजेछ । उठ्न मन लागेन, सुतिरहेँ । फेरि अलार्म बज्यो । ५ मिनेट गयो, फेरि उठ्न सकिन । कोल्टे फर्किएँ । मोबाईल हेरेँ, ह्वाट्सएप खोलेँ, श्रीमतिलाई म्यासेज गरेँ, ‘हेल्लो बुडी गुड मोर्निङ, ह्याप्पि भ्यालेन्टाईन डे’ १० मिनेटमा फेरि अलार्म बज्यो । बलजफ्ति उठेँ । शौचालय गएँ, बुडिको म्यासेज आएछ, त्यहिँ बसेरै म्यासेज पढेँ । रिप्लाई आएछ ‘३६५ दिनमा मैले भनेको एउटा कुरा पनी नसुन्नेले मलाई कसैको प्रेम दिवस चाहिँदैन । सँधै अरुसँग रोमान्स हुन्थ्यो, आज नि उनिहरुसँगै गर’ ।

अपेक्षा यत्तिसम्म त थिएन तर पनि ठिकैछ, खासै नराम्रो लागेन । आफ्नो बिहानको नित्य कर्म सिध्याएँ । साँढे ६ भयो, मोटरसाईकल झिकेँ र अफिस हिडेँ । म सवार मोटरसाईकल गुडिरह्यो, मनमा कहिले बिरक्त लाग्दो, कहिले आशा लाग्दो कुराहरु खेलिरहे ।

चिसो स्याँठ चलिरहेको छ, जंगलको बाटो म गुडिरहेको छु । मन अरु दिनको तुलनामा अलि चञ्चल जस्तो, अलि भावुक जस्तो, अलि अल्लारेजस्तो भईरहेको छ । बुडी अघिल्लो दिनै माईत गएकी । ‘आज त अफिस म्यानेज गरि जान्छुहोला बुडि र छोरीसँग घुम्न’ जस्तो लाग्छ । फेसबुकमा राम्रो स्टाटस लेखेर परिवारको फोटो हाल्छु जस्तो लाग्छ, फेरि अघिल्लो दिनको दिवशमा त केहि नलेखेको मैले प्रेम दिवसमा स्टाटस् हाल्दा अरुले के भन्ने हुन जस्तो पनि लाग्छ । मन स्थिर रहेन । अनेकन कुराहरु खेलिरह्यो ।

घरि घरि बुडिको अघिनैको रिप्लाई पनि सम्झन्छु । कहिले त यस्तो पनि लाग्यो ‘हामि लोग्ने मान्छेले अल्लारे उमेरमा केहि सम्बन्ध बनायौँ होला, कसैसँग प्रेम ग¥यौँ होला । तर हामि त्यहि कुरामा त रुमल्लिरहेका छैनौँ नि यार ।’ आफ्नो घर, परिवारको बारेमा चिन्ता, ब्यवस्थापन र कर्तब्य त हाम्रो दिमागमा सेट जस्तै भईसकेको हुन्छ नि । तर मोबाईलमा कसैको एउटा म्यासेज, फेसबुकमा कसैको एउटा फोटो, अलिकति फोन ब्यस्त हुँदा हामिले आफ्नो सारा जिम्मेवारीबाट नै अलग भाको जस्तो, पुरै सखापै भईसक्या जस्तो गर्नु पर्छ र ? हामि पुरुषहरु श्रीमति, श्रीमतीको मन, परिवारसँगको सन्तुलन, साथी सर्कल र समाज सबैलाई सन्तुलित बनाएर राख्न कति सचेत हुन्छौँ भन्ने कुरा अदृश्य तर अकाट्य सत्य हो ।

हामि पुरुषहरुलाई त्यो एक खाल्को बन्धनजस्तो मन पर्दैन । हामि श्रीमति, छोराछोरीलाई अत्यधिक माया गर्छौं, तर त्यो देखाउन सक्दैनौं । जसको कारण दाम्पत्य जीवन अलि असहज भाको जस्तो पनि हुन्छ कहिले काँहि । लोग्ने मान्छेहरुमा त्यस्तो कुनै सिमा हुन्छ जस्तो मलाई लाग्दैन, असिमित हुन चाहन्छन । तर श्रीमतिहरु सिमाका पर्खालहरु हुन । अधिक माया र अधिक बन्धन दुबै उनिहरुबाटै सम्भव छ । र उनिहरुबाटै शुन्दर जीवन पनि । यीनै कुराहरुसँग लुकामारी खेल्दा खेल्दै जीवन टुंगिन्छ ।

जंगल कटेर अघि नै मुल सडक प्रवेश गरिसके छु । अगाडिबाट तरकारी बोक्ने गाडिले हर्न बजायो, म झस्किएँ । घडि हेरेँ । समयमा पुग्न अलि चाँडो जानु पर्ने रैछ । फेरि आज त प्रेम दिवस । सबैलाई शुभकामना पनि भन्नै प¥यो, केहि बिशेस त बनाउनै प¥यो । ब्यवस्थापन कसरी गर्ने सोँच्दा सोँच्दै अफिसको गेटमा पुगेँ । र उहि आफ्नो दैनिकि…

कुनै एक समयमा मानिस पनि जङ्गलमा बस्थ्यो । जङ्गली शासनको नियन्त्रणमा रहन्थ्यो । आफु भन्दा बलियोले कमजोरलाई आक्रमण गर्ने गथ्र्यो । त्यसलाई मारिदिन्थ्यो अनि उसले केही पनि गर्न सक्दैनथ्यो । त्यसपछि बिस्तारै–बिस्तारै परिवर्तन हुनथाल्यो । मानव सभ्यताको विकास हुनथाल्यो । जङ्गलबाट बाहिर आएपछि मानिसले खेतीपाती गर्न शुरु ग¥यो ।

मानव इतिहासमा खेतीको भूमिका पनि कस्तो रह्यो भने त्यस खेतीका कारण सबै कुरा बदलियो । खेतीका कारण बाटोघाटोको जन्म भयो । खेतीपातीका कारण राजाहरूको उदय भयो । खेतीका कारण पैसाको विकास भयो । खेतीकै कारण शहरको विकास भयो । खेतीले गर्दा नै आज हामीले प्रयोग गरिरहेका ती सबै चीजबिजको विकास भयो ।

मानिसहरूले बाली लगाए, त्यसमा परिश्रम गरे । तथापि, कुरा के भयो भने जङ्गली व्यवस्था त्यतिखेर पनि भएका कारणले बलियोले कमजोरको बालीनाली काटेर लैजान्थे । वास्तवमा उसले त मिहिनेत गरेको होइन । कोही अर्कैले मिहिनेत गरेको हो । तब यस्तो अवस्थामा मानिसले एउटा चाहना प्रकट ग¥यो अनि त्यही कुरा सभ्यताको जग बन्यो । त्यसपछि मानिसले कस्तो चाहना प्रकट गर्न थाल्यो भने उसभित्रै भएको उदारतालाई प्रयोग गर्नुपर्छ । बल अर्थात् शक्तिले भन्दा पनि दयाले काम गर्नुपर्छ । यो काम मानिसले गर्नुपर्छ ।

हरेक धर्ममा तपाईँले के कुरा पाउनुहुन्छ भने मानिसलाई दया गर्नुपर्छ ! दया भावलाई प्रकट गर्नुपर्छ । किनभने, क्षमा, उदारता, दया यी कुरा सबै धर्मका आधार हुन् । मानिसले दयालाई अघि राखेर काम गर्नुपर्छ । क्षमाले काम गर्नुपर्छ । उदारताका आधारमा काम गर्नुपर्छ । यो कुरा बदलिँदैन । यदि यस कुरालाई हामीले बुझ्यौँ भने वास्तवमा हामी सबै मानिसको धर्म एउटै हो ।

अनेक होइन । वास्तवमा क्षमा हामी सबैका लागि आवश्यक छ । हामी सबैलाई दयाको पनि आवश्यकता छ । यी कुराको आवश्यकता नहुने शायद कोही पनि छैन । यसर्थ सबै मानिसका लागि उपयोगी आधारभूत धर्मको विनाश हुन शुरु भयो भने घरको जग लड्दा घर पनि अवश्य लड्छ भनेजस्तै हुन्छ ।

वास्तवमा यही कुराले सभ्यता र जङ्गली शासनमा फरक तुल्याएको थियो । तथापि, यसबीचको पर्खाल भत्किरहेको छ अनि जङ्गली व्यवस्था फेरि फर्केर आइरहेको छ । कमजोर मान्छेले जेल जानुपर्छ तर सोही स्तरको गल्तीमा सम्पन्नहरू घरमै बस्छन् । शक्तिशालीले कमजोरहरूमाथि राज गर्छ । यसैलाई जङ्गली शासन भनिन्छ ।

यदि तपाईँलाई मैले त्यो जङ्गली व्यवस्था फर्कँदै छ भन्ने कुरा गरेँ भने तपाईँ के भन्नुुहुन्छ रु शक्तिशाली देशले चाहेको खण्डमा स–साना देशमाथि आक्रमण गरिदिन्छन् । यही नै जङ्गली शासन हो । सभ्यतामा जोसुकै चेली, जुनसुकै महिला दिदीबहिनीहरू चाहेको खण्डमा बाहिर घुमफिर गर्न सक्छन् । तिनलाई कुनै पनि दुःख हुनुहुँदैन तथापि यस्तो भइरहेको छैन । किनभने, जङ्गली व्यवस्था आइरहेको छ । यसकारण सभ्यता र जङ्गली शासनबीचको पर्खाललाई पुनर्निर्माण गर्नु आवश्यक छ ।

फलतः मानिस शान्तिको पथमा मोडियोस्, त्यो सभ्यताको मार्गमा जोडियोस् । त्यस सभ्यतामा उसले आफ्नो बारेमा सिकोस् । आफ्नै बारेमा जानोस् । उसभित्र पहिलादेखि नै उदारता छ र त्यसको उपयोग गर्र्नु पनि एकदमै अनिवार्य भएको छ । वास्तवमा यही कुरा सभ्यताको चिन्ह हो । जसलाई शिष्टता पनि भनिन्छ, यो त्यसको चिन्ह हो ।

एक समयमा टेलिभिजन थिएन । रेडियो थियो । टेलिभिजन नामको कुनै चीज थिएन । हरेक दिन हुलाकीले चिठीपत्र लिएर आउँथे । हुलाकीलाई पनि निकै फाइदा हुन्थ्यो । यदि तपाईँलाई कसैसँग रिस उठ्यो भने पनि तपाईँ चिठी लेख्न बस्नुहुन्थ्यो । चिठी लेखिसकेपश्चात् कुनै कुरा राम्रो लागेन भने फेरि लेखिन्थ्यो । तथापि, अहिले मेसेज (सन्देश) मा के लेखिरहेका हुन्छन् भन्ने कुरा थाहा नै हुँदैन । त्यसमाथि पनि स्वचालित रूपमा मेसेज सच्चिन्छ अनि पठाउनुहुन्छ ।

इमेल, मेसेजजस्ता चीजले सञ्चार कार्य त अवश्य पनि बढेको छ । तथापि, त्यो सञ्चारको सदुपयोग कसरी हुन्छ– हामी त्यस्तो सञ्चार गरिरहेका छौँ जुन सञ्चार गर्नलाई हामीले चाहेकै हुँदैनौँ । यो त कस्तो कुरा हो भने– स्वचालित कार छ । तपाईँ त्यसमा बस्नुहुन्छ अनि तपाईँ जान चाहेको ठाउँमा त्यसले लिएर जान्छ । अनि, आफुले जान नचाहेको स्थानमा लिएर जान थाल्यो भने तब तपाईँको अवस्था कस्तो हुन्छ रु जुन कुरा मैले भन्न चाहेकै थिइन तर मैले भनिदिएँ ।

किनभने, मानिसका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा के हो भने उसले विचार गर्नुपर्छ । यो मानिसको कमजोरीको कुरा हो । यो मानिसमा विद्यमान क्षमता पनि हो । उसले के भइरहेको छ भन्ने कुरा विचार गर्न सक्छ । म के गर्न चाहन्छु ! पछि के हुन्छ ! तर, सामाजिक सञ्जाल, टेलिभिजनजस्ता ‘मनोरञ्जन’ का साधनका रूपमा चिनिने चीजले मानिसलाई आफ्नो बारेमा विचार गर्नबाट वञ्चित तुल्याएको छ । यसकारण अहिले मानिसले आफ्नो बारेमा सोचिरहेको छैन ।

यदि उसले आफ्नो बारेमा सोचेन भने जीवनमा कसरी जिउँछ ! उसले कसरी आफ्नो उद्देश्यका बारेमा थाहा पाउँछ ! पहिलाको समयमा न टेलिभिजन, न आइफोन, न आइप्याड, न कम्प्युटर, न रेडियोले नै काम गथ्र्यो । केही गर्नका लागि केही पनि थिएन । के त्यतिखेर पनि मानिसलाई दिक्क लाग्थ्यो त रु त्यस्तो कहिल्यै हुँदैनथ्यो ।

आज छ वर्षको बच्चाको मोबाइल तपाईँले राखिदिनुभयो भने उसलाई दिक्क लाग्न थाल्छ । ‘तिमीले अब टीभी हेर्न पाउँदैनौँ’ भन्यो भने उसले दिक्दार मान्न थाल्छ । त्यतिखेर म के गर्थेँ ? बाहिर गएर खेल्थेँ । के खेल्थेँ ? खेलौना पनि त हुँदैनथ्यो । चीजबीजलाई हेर्ने– यो आँपको फुल रहेछ । यसमा आँप फल्छ । यो मौरी हो अनि जुन फुलमा त्यो बस्थ्यो त्यसैलाई चाख्ने गरिन्थ्यो– के साँच्चै यसमा मिठास छ ! यसले यो मह कहाँबाट ल्याउँछ ! खोज अन्वेषण गर्ने, सोच्ने यी सबै कुराहरू मानिसका लागि एकदमै आवश्यक छ ।

तथापि, यी सबै कुरा अब रहेनन् अनि जङ्गली शासन र सभ्यताबीचको पर्खाल ढल्नेछ । किनभने, यो पर्खाललाई यथावत् राख्ने र यसको रक्षा गर्ने कार्य कोही एकजना व्यक्तिको मात्र जिम्मेवारी होइन । यो पर्खाल कहिल्यै नढलोस् भन्ने कुरामा हामी सबैले उत्तिकै जिम्मेवारी बहन गर्नुपर्छ ।अब प्रश्न के उठ्छ भने के कुनै चीजले यो पर्खाललाई फेरि निर्माण गर्न सक्छ अर्थात् कायम राख्न सक्छ ! मसँग यसको उत्तर छ । जुन मेरो सन्देश छ– मैले देखेको छु किनभने यसबाट फेरि पनि पर्खाल बनेको छ अनि पर्खाललाई व्यवस्थित रूपमा जोगाएर राख्न सक्छ । यसर्थ यो सन्देश सबै क्षेत्रमा पुग्नु आवश्यक छ !

तपाईँ सोच्न पनि सक्नुहुन्छ अनि कार्यान्वयन गर्न पनि सक्नुहुन्छ । तपाईँ सोचलाई बदल्न सक्नुहुन्छ तपाईँले गर्नुभएको कुरालाई बदल्न सक्नुहुन्न । यसर्थ यो पर्खाललाई फेरि निर्माण गर्नु अत्यन्तै आवश्यक छ । किनभने मानिस शान्तिको मार्गतिर मोडियोस्, त्यो सभ्यतातिर मोडियोस् । त्यो सभ्यतामा उसले आफ्नो बारेमा सिकोस्, आफ्नो बारेमा जानोस् । किनभने उसभित्र पहिलादेखि नै त्यो उदारता अवस्थित छ । यसलाई उपयोग गर्ने कुरा अत्यन्तै धेरै आवश्यक छ ।

यो धर्तीमा, यो जीवनमा हामीलाई यो समय प्राप्त भएको छ । के हामीले हाम्रो आफ्नो र अरूको जीवन पनि सुखमय बनोस् भनेर जीवन चलाएका छौँ ! वास्तवमा हामीले एक–अर्कोलाई ठेस नपु¥याऊँ । हामीले यस्तो गर्न थालेपछि त सबै समस्या सकिन्छ ।

मानिसहरू भन्ने गर्छन् नि– ‘शान्ति चाहियो, शान्ति चाहियो !’ कहिले भन्छन् रु जब अशान्तिले उनीहरूलाई सताउन थाल्छ । त्यसभन्दा पहिला यदि कसैलाई ‘के तपाईँलाई शान्ति चाहिएको छ’ भन्यो भने उसले भन्नेछ– ‘चाहिँदैन ।’ तपाईँ आफुले आफुलाई चाहे जतिसुकै बुद्धिमान् छु भनेर ठाने पनि या तपाईँ जतिसुकै जानकार हुनुहोस्, यथार्थमा यो त तपाईँलाई सुनाइएको कुरा हो । सानो बच्चालाई नर्क के हो अर्थात् स्वर्ग के हो भनेर थाहै हुँदैन ।

सानो बच्चालाई शान्ति के हो, अशान्ति के हो भनेर पनि थाहा हुँदैन । उसलाई केही थाहा छैन । उसलाई ‘एक’ के हो भनेर थाहा हुँदैन । ‘एक’ के हो भनेर त तपाईँलाई पनि थाहा छैन । यदि थाहा नभएर तपाईँले कसैलाई सोध्ने कोशिश गरे पनि ‘एक’ के हो अर्थात् ‘दुई’ के हो भनेर बुझाउने व्यक्ति पाउनुहुन्न । त्यसका बारेमा तपाईँले सिक्नुपर्छ । जब–जब दिन बित्दै जान्छ तब–तब बच्चाले सिकिरहेको हुन्छ ।

तपाईँलाई हितकारी कुरा के हो, अनहितको कुरा कुन हो, कुन कुरा गरेमा तपाईँको भलो हुन्छ भन्ने कुराका बारेमा थाहा हुनु अत्यावश्यक छ । वास्तवमा यो जीवन त एउटा सङ्घर्ष हो । हरेक दिन केही न केही गर्नुपर्छ । यो जीवन त लडाइँजस्तै भएको छ । लडाइँजस्तै– कुनै दिन हार हुन्छ भने कुनै दिन अलिकति जित हासिल हुन्छ ।

यो जीवनमा यदि यो लडाइँ चलिरहेको छ भने सबैभन्दा पहिला कुन चीजलाई जित्नु आवश्यक छ ! किनभने, तपाईँ त आफ्ना समस्याहरूमाथि विजय हासिल गर्न चाहनुहुन्छ । एकातिर तपाईँ हुनुहुन्छ अनि अर्कातिर तपाईँका समस्याहरू छन् । सबैभन्दा पहिला कसको जित हुनुपर्छ ! कसमाथि जित हासिल हुनुपर्छ ! किनभने, यदि तपाईँले आफुले आफुलाई नै जित्नुभएको छैन भने त तपाईँले कुनै पनि चीजमा जित हासिल गर्न सक्नुहुन्न । ‘मैले जित हासिल गरेँ’ भन्ने लागे पनि जित्न सक्नुहुन्न ।

त्यो तपाईँको जित होइन, किनभने तपाईँ त स्वयम् नै हार्नुभएको छ । यसर्थ यस जीवनमा सबैभन्दा पहिला जित हासिल गर्नुपर्छ भने आफुले आफुमाथि नै जित हासिल गर्नुपर्छ । यदि आफुमाथि जित हासिल भएन भने कुनै चीजमाथि तपाईँले जित हासिल गर्न सक्नुहुन्न । समस्याहरू आइरहन्छन् अनि तपाईँ त्यससँग लडिरहनुहुन्छ र एकदिन समस्यासँग लड्दा–लड्दै तपाईँ यो संसारबाटै बिदा हुनुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

मनोज बख्रेल, लालबन्दी सर्लाही : सुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ । यो अखडा बनाउनेहरुले यसको समाधान गर्न दिँदै दिँदैनन । वास्तविक भुमिहिन, आवास विहिन, अतिनै संकटमा रहेकाहरुको तथ्यांक निकालौँ न, यस्का लागि इमान्दार प्रयासका लागि स्थानीय सरकार तत्पर र प्रतिबद्ध बनौं । भोट घटे घटोस, अर्को पटक चुनाव न जिते नजितियोस्, केही भएन तर समाधान गरेरै छोड्ने बाचा गरौंला न । सकिन्छ गर्न ? प्रश्न नम्बर –१,

अब आउने तथ्यांकमा एकाघरको अलग–अलग भै दर्ता गराउनेको तथ्यांक निकालौँ र घटाऔँ । यसबाट आउनेलाई कुल सुकुम्बासी भनौं, वर्गिकरण गरौँ । यो त पक्कै सकिन्छ गर्न ? प्रश्न नम्बर–२,

अब, सबैको रोजगारीको अवस्था, बैंक खाता र लगानी आदिका बारेमा स्पष्ट लिखित गरौँ । उनीहरुको हस्ताक्षर र औंठा छाप लिऔँ । यसैको आधारमा सबैको डिटेल चेक गरौं । फर्जी र सक्षम देखिने सबैलाइ माथिको तथ्यांकबाट हटाउँ घटाउँ । त्यसपछि सुकुम्बासी कार्ड दिऔँ र समयावधि समेत दिऔँ । के सकिँदैन र ? प्रश्न नं. –३

त्यसपछि, राज्यले पुनः स्थापनाको लागि स्थान ब्यबस्थापन गरौं र भनौँ यो तपाईंको आधार हो सँधैका लागि अधिकार होइन् आफ्ना लागि यति समयमा आफै गर्नुहोस् । हामी राहत स्वरुप यी यी कार्य गर्छौं भन्नुहोस् । यो गरेमा भनिएका सुकुम्बासी तथ्यांक २५% मा झर्ने छ । अहिले बनेका सुकुम्बासीहरु कति कति छन् ती सबैको बाजा बज्ने छ । वास्तविक सुकुम्बासीका लागि बढी भन्दा बढी सहुलियत पाउने छन् । त्यसले सुकुम्बासीलाई नै फाइदा पु¥याउने छ । अहिले हुकुमवासिका कारण सुकुम्बासी चरम दुःख बेहोर्न विवस छन् । डोजर चल्ने ठाउँ, नढल्नु पर्ने टहराहरुपनि ढल्दैछन् । पहिल्यै जल्नु पर्ने हुकुमीका बस्तिहरु पनि बल्दै छन् । यसरी समान न्याय/सामाजिक न्याय स्थापना गर्न सकिदैँन । त्यसैले यो विषय गम्भीर छ ।

पछिल्लो समय थापाथली खोला छेउमा भएका र नभएका सुकुम्बासी बस्ती माथी नगरको डोजर आक्रामक भएर उत्रिएको छ, भने भनिएका र बनिएका सुकुम्बासीहरु बलभद्र कुँवर जत्तिकै भएर मैदानमा आएका छन । राजनीति दलहरु र दलालहरु तमासे बनेका छन् । भित्र भित्रै हामी छौँ लड है लड, नछोड भनिरका छन् । सत्य र सहज बाटोमा आउन रोक्नेलाई ठोकिनु पर्ने लौरो दुःखी गरिव सुकुम्बासीलाई नपरोस् । वास्तविक सुकुम्बासीको तथ्यांक निकाल्न माथिका ३ विधि प्रयोग गरौं । देशभरी सासुका नाममा, भान्जाका नाममा वा गाममा भएका सबै सम्पती समेत छानबिन गरौँ, यो समस्या देश भरीबाटै समाधान गरौं । अहिले बालेन लाई मद्दत गरौं !

के चाहिँ गर्दो रैछ भनेर काठमाडौँका मेयरलाइ मात्रै केन्द्र नराखौँ । केन्द्रिय राजनीति गर्छु भन्नेले समेत यता तिर ध्यान दिऔँ ।
डोजरलाई रोक लगाउने होइन, हुकुमवासीकोजति सब संरचना भत्काउने कार्यमा तोक लगाउन बालेनले छोड्नु हुन्न भन्ने निष्कर्षमा छु म । तर यो दीर्घकालीन समाधान भने होइन ।

यो राज्यको प्रमुख समस्या हो, समाधान गरौँ । बर्षौंदेखि सार्वजनिक सम्पतीलाई पुख्र्यौली सम्पती सम्झी दोहन गर्नेलाइ हेर्दा मलाइ एउटै कुराले सताउँछ । एउटा परिवार काठमाडौँमा सामान्य हिसाबले बस्ने हो भने पनि घरभाडा मात्रै २० हजार माथी पर्छ । न्युनतम १५ वर्ष भन्दा कम समय अहिलेको ‘हटकेक’ बनेको बस्तिमा बस्ने मानिस छैनन् । २० हजार प्रतिमहिना १५ वर्ष चलन गर्न दिँदा ३६ लाख माथी आम्दानी भएको सम्झेर अन्य ब्यबस्था गर्नुपर्ने होइन र ? राज्यले दिने सहुलियत नै हो । पुरै अनुदान दिन पूँजीवादले ग्रस्त समाजमा सम्पती पनि ब्यक्तिकै हुने हुनाले राज्यको दायित्व सहुलियत मात्रै बनाउँदै लानु पर्दछ ।

सम्पन्न जिवनयापन गर्ने, गरगहना अलंकार जोड्ने, बैंक ब्यालेन्स गर्ने, महङ्गो शिक्षा र वैदेशिक शिक्षाको लागि बालबालिका विदेशमा पठाउने । यता सुकुम्बासी भनिरहन छोडौँ, अब आ–आफुले मनन गरौं । दाजुभाइ दिदिबहिनीहरु जो पिडामा छन् । वास्तविक सुकुम्बासी हुन् । उनीहरुको लागि केही हुनेले गर्न सक्नेले हस्तक्षेप नगरी सहयोग गरौँ । सँधै अभावको दवाबबाट मुक्ति खोजौँ ।

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख शान्तिका निम्ति गर्दछ । उसका धारणा हुन्छन् : यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ । सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन् । कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन् । कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन् ।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । उभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिक रूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुराहरू सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् । तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ – ‘खाना खाऊ !’

सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ त्यतिबेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नु पर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईंले आफैँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईंको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, “विश्वमा शान्ति हुनुपर्छ ।” म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?

पढ्ने अभिरुचि मानिसको एउटा आवश्यकता हो । आवश्यकता किन पनि छ भने गुणस्तरीय जीवनयापन गर्नका लागि यसको महŒवपूर्ण भूमिका छ । जीवनलाई सफल पार्नका लागि हामी पढेलेखेर सफल मानिस बन्दछौँँ । तर, के तपाईंले कहिल्यै आफ्नो हृदयको किताब पढ्नुभयो ? यो किताबको हरेक पानामा स्पष्ट लेखिएको छ ‘तपाईं एकदमै धन्य हुनुहुन्छ ।’

तर, सांसारिक किताबमा ‘तपाईँसँग के–के छैन’ भनेर लेखिएको छ । हृदयको किताबमा लेखिएको छ ‘तपाईँसँग के–के छ ! तपाईंसँग यो श्वास छ, यो जीवन छ अनि तपाईं धन्य हुनुहुन्छ ! तपाईँलाई मानिसको शरीर प्राप्त भएको छ ।’ यस किताबमा राम्रो–नराम्रोका बारेमा व्याख्या तथा विश्लेषण गरिएको छैन । तर, यसमा भनिएको छ “जुन चीजको तपाईंलाई वास्तवमा आवश्यकता छ, त्यो पहिलादेखि नै तपाईंभित्र छ ।”

यदि त्यसलाई तपाईंले बाहिर खोज्नुभयो भने त्यहाँ तपाईं भेटाउन सक्नुहुन्न । हृदयको किताबलाई पढ्नका लागि तपाईँ पढेलेखेको हुनुपर्छ भन्ने छैन । एउटा अनपढ व्यक्तिले पनि यो किताबलाई पढ्न सक्छ किनकि यसको अक्षर अलि अचम्मको छ जुन हाम्रो भावनासँग सम्बन्धित छ, विचारसँग होइन ।

यो हृदयको किताबको पानामा मूल रूपमा यो लेखिएको छ, ‘यो जिन्दगीलाई आनन्दसँग बिताउनु छ । शान्तिपूर्ण तरिकाले बिताउनु छ । यदि तपाईंले आफ्नो जीवनलाई आनन्द र शान्तिमय ढाँगले बिताउन सुरु गर्नुभयो भने तपाईँ डराउनु पर्दैन । जीवनमा भौँतारिनु पर्ने छैन । जीवनलाई सार्थक बनाउने तरिका के हो भने तपाईँको जीवनमा यस्तो प्रकाश आओस्, जसको आगमनले अँध्यारो हटेर जाओस् ।

हरेक व्यक्तिका लागि सबैभन्दा ठूलो खुसीको खबर के हो भने “जुन चीजको उसलाई खोजी छ, त्यो ऊभन्दा टाढा छैन, उसको एकदमै निकट छ ।” त्यो वास्तविक शान्ति तपाईंको हृदयमा अवस्थित छ । यो सम्भावनालाई चिन्नुहोस् । तपाईँ त्यो शान्ति र आनन्दको अनुभव गरेर आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।

केवल शान्ति–शान्ति भनेर शान्तिको अनुभव हुँदैन । आफ्नो जीवनमा शान्तिको अनुभूति हुनु अत्यन्तै आवश्यक छ । तसर्थ हरेक व्यक्तिले आफ्नो जीवन सचेत भएर बाँच्नु आवश्यक छ । हृदयको किताबलाई बिर्सनुहुन्न । यहाँ त केवल एक–दुई पन्नाका केही मात्र पङ्क्तिहरूको चर्चा भएको छ ।

यसमा हरेक चीजका बारेमा लेखिएको छ– आनन्दका बारेमा लेखिएको छ, शान्तिका बारेमा लेखिएको छ अनि यो जीवनलाई सफल बनाउने बारेमा लेखिएको छ । जुन दिन तपाईँ साँच्चै कति धनी हुनुहुन्छ भन्ने यथार्थ तपाईँलाई अवगत हुनेछ, तपाईंले आफूले आफैँलाई धन्य भएको महसुस गर्नुहुनेछ, तपाईँको जीवन सुखमय बन्नेछ ।

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्व प्रसिद्ध पुस्तक “आफैँलाई सुन्नुहोस्”(Hear Yourself) का लेखक हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np प्रयोग गर्न सक्नुहुनेछ ।)

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते