सर्लाही । पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पूर्व मन्त्री रायको आफ्नो सहयोगी (भान्से)ले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार साँझ प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न पूर्व मन्त्रीको सहयोगी कबिलासि ३ घर भई हाल चन्द्रनगर १ रतनपुर बस्ने बर्ष २५ को राम उजैन राय र सोहि ठाउँका अर्का ४६ बर्षिय बिरेन्द्र रायलाई सार्वजनिक गरेको हो । गएको सोमबार साँझ हत्या गरिएका पूर्व मन्त्री रायको जग्गाको विवादकै कारण हत्या गरिएको खुलेको छ । पूर्व मन्त्रीकै सहयोगी भान्सेको रुपमा काम गर्ने राम उजैन रायले ८१ बर्षका रायलाई धारिलो हतियारले हानेर हत्या गरेका थिए । पछि उनैले स्थानीय र प्रहरीलाई खबर गर्दै ३ जना नचिनेका मान्छे आएका र आफुलाई माथी सुत्न जान भनेका, पछि आफुले हेर्दा पूर्व मन्त्री रायको हत्या भएको अवस्थामा देखेको बताएका थिए ।

खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पुगेर अनुसन्धान थालेको थियो । पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर सहितको टोली समेत आएर हत्याको अनुसन्धान कार्य गरेको थियो । घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझिएपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको थियो ।

घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।

पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।

सर्लाही । पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको गएराति हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुर स्थित घरमा ८० वर्षीय रायको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो । परिवारसहित सदरमुकाम मलंगवा बस्दै आएका राय खेति हेर्नका लागी भनेर एकसातादेखि चन्द्रनगर बस्दै आएका थिए ।

रायको घरका एक कामदारले राती १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । राती ९ बजेतिर नचिनेका ३ जना कुराकानीका लागी आएपछि पूर्व मन्त्री रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको उनले बताए जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए ।

२०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए ।

‘घटना शङ्कास्पद रहेकाले हामी अनुसन्धानमा लागिरहेका छौं’, एसपी सिंहले भने, ‘हरिपुरको स्थानीय प्रहरी र जिल्लाबाट समेत परिचालित टोली प्रमाण जुटाउन लागिरहेको छ ।’ परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन् । साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

बारा : बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५५ वर्षीय शुक्रबहादुर तितुङ छन्।

त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरिएको सेनाले जनाएको छ।

हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिँदा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाको जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत अवस्थामा फेला परेका सेनाले पुष्टि गरेको छ।

घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र शिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ।

अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीद्वारा घटनासम्बन्धी अनुसन्धान तथा मृतकको मुचुल्का उठाइ शवको पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको पनि सेनाले जानकारी दिएको छ।

काठमाडौं । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका जवान पक्राउ परेका छन् । १७ वर्षकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान २४ वर्षका सन्तोष बोट पक्राउ परेका हुन् । किशोरीले आफूमाथि जबरजस्ती करणी भएको व्यहोराको जाहेरी पत्र दर्ता गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए । पक्राउ परेका सन्तोष प्रहरी चौकी भार्तामा कार्यरत थिए । उनको घर कञ्चनपुर हो ।

घटनामा आफ्नै जवान मुछिएपछि प्रहरीका अधिकारीहरूले घटना लुकाउन हरप्रयास गरेको पनि देखिन्छ । जेठ १६ मा परेको जाहेरीमा किशोरीमाथि अन्तिम पटक जेठ ११ गते जबरजस्ती करणी भएको उल्लेख गरेकी छन् । जवान सन्तोषलाई प्रहरीले जेठ १६ गते नै पक्राउ गरेको जनाएको छ । तर यसबारे सूचना प्रहरीले बाहिर ल्याएन । पीडित किशोरी कक्षा–८ मा पढ्छिन् ।

‘यो घटना जेठकै हो । घटना प्रहरीले लुकाउनु पर्ने कुनै कारण छैन’, एसपी रिजालले भने, ‘लुकाउने भए त अनुसन्धान नै हुन्थेन होला नि । हामी अनुसन्धान गरिरहेका छौं ।’ आफ्ना अभिभावक कोही नभएकी ती किशोरीमाथि पटक–पटक करणी भएको जाहेरीमा उल्लेख छ ।

किशोरीले प्रहरी चौकीको भान्सा कोठामा लगेर सन्तोषले पटक–पटक जबरजस्ती करणी गरेको भनेकी छन् । उनले जाहेरीमार्फत अन्तिम पटक जेठ ११ गते आफू बस्दै आएको कटुन्जेस्थित छात्रबासको भान्सामा जबरजस्ती करणी गरेको बताएकी छन् । अनुसन्धानका क्रममा उनीहरूबीच ८ महिना अघिदेखि चिनजान भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

लालबन्दी । सर्लाहीको लालबन्दी बजारबाट एक ब्यक्ति ५ केजी लागुऔषध गाँजासहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ निवासी ६५ वर्षीय नागेन्द्र सिंह रहेका छन । उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तिमा खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी ७ स्थित बर्गर हाउस अगाडीबाट नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो करिव साँढे ४ बजे एउटा गहुँको बोरा सहित बसिरहेका सिंहलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा बोराभित्रबाट ५ केजी गाँजा बरामद भएको हो ।

गाँजासहित पक्राउ परेका सिंहलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कानूनी बारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

राैतहट । नेपाली काँग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताब आलम सहित चार जना लाई जिल्ला अदालत गौरले जन्मकैदको सजाय सुनाएको छ ।

२२ औ पटकको पेशीमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दा किनारा लागेको छ । न्यायधिश मातृका प्रसाद आचार्यको ईजलासले मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख शेराज भन्ने शेख सराज, बद्री सहनी लाई साबिक मुलुकी ऐन अनुसार जन्मकैदको सजाय सुनाएको हो । प्रतिबादी मुक्ति साहले भने सफाई पाएका छन । फरार रहेका शेख फजलेहक, शेख भदइ, सगिर आलम, गौरी शंकर साह, मोहम्मद मोबिन आलम, शेख जुमईन भन्ने शेख मलकाराको मुध्दा भने मुल्तबीमा राखेको जिल्ला अदालत गौकार स्रेस्तेदार उद्धब ढोडारीले बताउनुभयो ।

गत सोमबार देखि निरन्तर भएको बहशमा बिहिबार फैसला सुनाइएको छ । पटक पटकको पेशीपछि गत कात्तिक २२ गते वादी र प्रतिवादीलाई रौतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएपछि मुध्दा चाडै टुङ्गिने अपेक्षा गरिएको थियो ।

त्यसपछि पनि साक्षि झिकाउने लगायतका आदेश भएपछि मुध्दा झनै लम्बिएको हो । मङ्सिर १५ गतेसम्म दुवै पक्षले बहस नोट बुझाइसक्नु पर्नेमा जिल्ला सरकारी वकिल कार्यालय रौतहटले समय अभाव भएको भन्दै थप एक साताको समय माग गरेपछि मङ्सिर २४ गते दुबैपक्षले बहस नोट बुझाएको थियो । २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा आलमसहित ११ जना लाई प्रतिवादी बनाइएको थियो ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साबिक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विष्फोट हुँदा घाईते भएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ लाई इँटा भट्टाको चिम्नीमा जलाई मारेको आरोपमा बिस्फोटक पदार्थ बम समेतको प्रयोग गरीज्यान मार्ने उधोग तथा कर्तब्य ज्यान सम्बन्धिको कसुरमा मुध्दा चलाइएको हो ।

घटनाको तीन दिनपछि २०६४ चैत ३० गते आलमसँगै निर्वाचन लडेका शैलेन्द्र साहले प्रहरीमा दिएको निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, रौतहटमा कारबाहीका लागि रायसहितको प्रतिवेदन बुझाएकोमा मुद्दा नचल्ने निर्णय गभएको थियो । त्यसपछि उक्त निर्णय महान्यायाधिवक्ता कार्यालयबाट पनि सदर भए पछि सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गराई मुद्दा चलाउने आदेश दिन माग गरिएको थियो ।

सर्वोच्च अदालतले २०६९ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै उक्त मुद्दामा गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउनु भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश समेत दिएको थियो ।

सर्वोच्चको उक्त फैसला पुनरावलोकन गरिपाऊँ भनी महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको भए पनि सर्वोच्चले २०७० साउन ११ गते पुनरावलोकनको निस्सा दिन अस्वीकार गरेको थियो ।

रौतहट प्रहरीले ०७६ असोज २६ गते आलम लाई पक्राउ गरी मुुध्दा चलाएको थियो । उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएपछि थुनछेक बहसमा २०७६ कात्तिक २९ गते देखि आलम पुर्पक्षका लागि थुनामा रहदै आएका थिए ।

नेपाल समाचारपत्रबाट…

लालबन्दी । सर्लाहीमा पेस्तोलमा प्रयोग हुने ५३ राउण्ड गोली फेला परेको छ । नेपाल भारत सिमा नजिक जिल्ला सदरमुकाम मलंगवाको वडा नम्बर ८ गोरखकालीमा मोटरसाईकल ग्यारेजको अगाडीबाट सो गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका ५ बस्ने २८ बर्षका बिजय महतोले संचालन गरेको भोले बाबा अटो पार्ट्स एण्ड बिजय रिपेरिङ सेन्टर अगाडी खाली ठाउँमा कवाडी समान भएको ठाउँमा केएफ ७.६५ लेखिएको गोली बरामद भएको हो ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवको टोलिले उक्त स्थानमा माटो मुनि करिव ७ ईन्च खाल्डो खनि गरगहना राख्ने सानो ब्यागमा गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

लालबन्दी । सर्लाहीको नवलपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन । लालबन्दी १ नवलपुर चोकस्थि रेड चिल्लि होटल अगाडीबाट हरिपुर ७ चिताईनका २८ बर्षका पिन्टु कुमार गुप्ता र सोही ठाउँका ३० बर्षिय राजेश सहनी पक्राउ परेका हुन ।

जिल्ला सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका उनिहरु सवार ज४प ५१३६ नम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा कालो प्लाष्टिकभित्र चाउचाउको कार्टुनमा ल्याउँदै गरेको नाइट्राभेट ट्याब्लेट १० एमजी तिन हजार पिस बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दिउँसो साँढे २ बजेतिर लागु औषध नियन्त्रण ब्युरो वीरगंजको बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबि छ ।

उनिहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख, प्रहरी निरिक्षक हरिबोल केसिले जानकारी दिए ।

रौतहट : रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बृन्दावन नगरपालिका-१ बलेरी टोल ४० वर्षीय तीर्थ वाइबाले श्रीमती सोती माया वाइबाको हँसियाले घाँटी रेटेर हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर वाइबाले धारिलो हतियारले आत्महत्याको प्रयाससमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले घाइते अवस्थामा भेटिएका वाइबाको उद्धार गरी अस्पताल लगेको थियो।

उनलाई चन्द्रपुरमा उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले जानकारी दिइन् । बागमतीको बगरमा घाँस काट्न गएका उनीहरूबीच विवाद भएको थियो ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरू गरेको जनाएकाे छ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते