कुशवाह ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको रानिगञ्जमा कुशवाह समुदायका बिद्यार्थी, बृद्धबृद्धा र अपाङ्गलाई सम्मान गरिएको छ । नेपाल कुशवाह कल्याण समाजको लालबन्दी नगर कमिटिको आयोजना र लालबन्दी नगरपालिका वडा नम्बर १७ को वडा कमिटिको संयोजनमा कुशवाह ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा १७ नम्बर वडामा रहेका विद्यालयहरुमा १ देखि कक्षा ८ सम्म अध्ययनरत २२० जना कुशवाह विद्यार्थीहरुलाई कपि, कलमसहितको शैक्षिक सामाग्री वितरण गरिएको समाजका लालबन्दी नगरकमिटि अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । महतोको अध्यक्षता तथा प्रदेश सांसद फकिरा महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता खाने बृद्धबृद्धा तथा एकल महिला र शारिरीक रुपमा अशक्त ३ जना गरि ७६ जनालाई लत्ता कपडासहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

२०४७ सालमा स्थापना भएको कुशवाह कल्याण समाजले बिभिन्न रुपमा पछाडी परेका आफ्नो समुदायका ३६ थरका ब्यक्तिहरुलाई अगाडी बढ्न सहयोग पु¥याउने उद्देश्यले बिभिन्न किसिमको कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ ।

कार्यक्रममा वडा नम्बर १७ का वडाध्यक्ष बिष्णुहरी अधिकारी, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिती सर्लाहीका उपसभापति जितेन्द्र कुशवाह, समाजका केन्द्रिय सदस्य रामचन्द्र सिंह कुशवाह, जिल्ला अध्यक्ष लक्ष्मण महतो लगाएतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमका बक्ताहरुले कुशवाह समाजलाई एकताबद्ध बनाएर अघि बढाउनका लागी खेल्नुपर्ने भुमिका लगाएतका बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद फकिरा महतोले कार्यक्रमस्थलमा निर्माणाधिन धर्मशालालाई १० लाख रुपैँया प्रदान गर्ने घोषणा गरेका छन । महतोले साबिक वडा नम्बर ४ मा अर्थ अभावका कारणका रोकिएको धर्मशाला निर्माणको कामलाई सम्पन्न गराउनका लागी १० लाख रुपैँया दिने घोषणा गरेका कुशवाह कल्याण समाजको लालबन्दी नगर कमिटि अध्यक्ष महेन्द्र महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते