लालबन्दी । सर्लाहीको लालवन्दीमा मदन भण्डारी फाउण्डेशनले सहिद दिवस मनाएको छ । लालवन्दी बजार स्थित सहिद युगल वहादुर जर्गाको सालिक भएको स्थानमा एक कार्यक्रम विच सहिद दिवस मनाइएको फाउण्डेशनका प्रदेश सदस्य उज्वल कार्कीले जानकारी दिएका छन ।
कार्यक्रममा फाउन्डेसनका प्रदेश उपाध्याक्ष एवं नेकपा एमालेका नेता गणेश प्रसाई, पुर्व प्रदेश सभा सदस्य डिल्ली उप्रेती, पुर्व नगर प्रमुख मान वहादुर खड्का, सहिद युगलका भाई लेखराम जर्गा लगायतले सहिद युगल वहादुर जर्गाको योगदानको वारेमा मन्तव्य राखेका थिए । वक्ताहरुले सहिद युगलको योगदान अनुसार उहाँको सम्मानमा गर्नु पर्ने काम नभएको विषयमा ध्यानाकर्षण गराए ।
कार्यक्रमका प्रमुख अतिथी हरिवनका पुर्व नगर प्रमुख समेत रहेका प्रसाईले मदन भण्डारीले विश्वलाई नै प्रभावित गराउने वहुदलीय जनवादको विचार ल्याउनु भएको वताए ।
अर्का वक्ता पुर्व सभासद उप्रेतीले युगल जर्गालाई लालवन्दीमा गोली लागेपछि हरिवनको वाटो उपचारको लागि वीरगंज लादै गर्दा वाटैमा निधन भएको जानकारी दिए । उनले युगलले पानी मागेपछि सुकेपोखरीमा गाडी रोकेर इनारको पानी पियाइएको जानकारी दिए । लालवन्दीका पुर्व नगर प्रमुख खड्काले आफु नगर प्रमुख हुदा नगरको व्यवसायिक भवनको नाम सहिदको स्मृतिमा राखेको वताए ।
कार्यक्रममा फाउन्डेसनका सर्लाही जिल्ला अध्यक्ष चूडामणि वाग्लेले आज सहिदको सालिकमा माल्यार्पण गरेर फाउन्डेसनको सर्लाही जिल्ला कमिटीले आफ्नो काम शुभारम्भ गरेको जानकारी दिए । उनले आजैवाट जननेता मदन भण्डारीको सम्मान ः जनताको घरदैलोमा हाम्रो अभियान कार्यक्रमको पनि घोषणा गरेका थिए । यो कार्यक्रम अन्तर्गत मदन भण्डारीद्धारा प्रतिवादित जनताको वहुदलीय जनवादको विचारलाई स्थानीय तहसम्म लिएर जाने फाउन्डेशनका सदस्य सन्दिप थापाले वताए ।
कार्यक्रममा एमाले जिल्ला सचिव डिल्ली अधिकारी, एमाले नेताहरु रुपनारायण चौधरी, वलराम पोखरेल, प्रकाश थापा, जयप्रकाश यादव, विक्रम भण्डारी, प्रज्वल ढुंगाना, आभुषण चौलागाई, सुरेन्द्र दास, टिका प्रसाद चौलागाई, मेन कुमार गौतम, सरोज वावु न्यौपाने, उमेश आचार्य, पवित्रा घिमिरे सहित उल्लेख्य संख्यामा स्थानीयवासी उपस्थित थिए ।
सहिदलाई सवैले विर्सिने गरेकोमा फाउण्डेशनले कार्यक्रम गरि सहिदलाई सम्झना गरेकोमा धेरैले प्रशंसा गरेका छन ।
पंचायती व्यवस्थाको विरोधमा लालवन्दीका जुलुसको नेतृत्व गर्दा युगल वहादुर जर्गालाई प्रहरीको गोली लागेको थियो । पेशाले शिक्षक उनलार्ई २०३६ साल जेठ ५ गते गोली लागेको र त्यसै दिन निधन भएको हो । सहादत प्राप्त गर्दा युगल २२ वर्षका थिए ।
लालवन्दी बजारमा उनको सालिक राखिएको भए पनि उचित संरक्षण भने नभएको स्थानीयको गुनासो छ ।
मंसिर १८, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका १३ सेतिभिर करमडण्डि क्षेत्रमा भालुको आक्रमणबाट एक बृद्ध घाईते भएका छन । मंगलबार दिउँसो करिव सवा चार बजेतिर लालबन्दी बजारबाट चामल लिएर करमडण्डि घरतर्फ जाँदै गरेका स्थानिय अन्दाजी ५० बर्षका मिठु भनिने मान बहादुर बम्जनलाई भालुले आक्रमण गरेको हो ।
बम्जनलाई ३ वटा भालुले आक्रमण गरेर घाईते बनाएको र रुखमा चढेर बाँच्न सफल भएको सो वडाका वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिनुभयो । सेतिभिर कटेपछि करमडण्डि पुग्न करिव ४ किलोमिटर उकालो जंगलको बाटो हिड्नुपर्ने हुन्छ, त्यहि बाटोमा उनलाई भालुले आक्रमण गरेको रहेछ, वडाध्यक्ष वैद्यले बताउनुभयो ।
आर्थीक अवस्था कमजोर भएका बम्जनको भालुको आक्रमणबाट गर्धन र ढाडमा चोट लागेको छ । उनलाई लालबन्दीस्थित एक क्लिनिकमा उपचार गरि घर पठाईएको छ । अघिल्लो बर्षपनि सोहि ठाउँमा भालुको आक्रमणबाट अर्का एकजना घाईते भएका थिए । सो क्षेत्रमा हरेक बर्ष जंगली जनावरले बाटो हिँड्ने, गोठालो र घर पालुवा पशु बस्तुलाई आक्रमण गर्ने गरेको छ ।
मंसिर १५, बरहथवा । सहिद बहुजन दीपक रामाश्रय रामको २६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय मगही सम्मेलन २०८१ भव्य रुपमा सम्पन्न भएको छ । हरिनन्दन कुमार रामको अध्यक्षता तथा बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवालको प्रमुख आतिथ्यतामा माबि सितापुरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहिद रामाश्रय रामको सांस्कृतिक, सामाजिक, शैक्षिक र राजनीतिक योगदानको स्मरण गरिएको थियो । मधेश, कोसी, र बागमती प्रदेशका मगही भाषा अभियानीहरूको बाक्लो उपस्थिति रहेको सम्मेलनमा सहिद रामाश्रय रामको संघर्ष र योगदानमाथि विशेष चर्चा भएको थियो । भाषाविद् डा. वीर बहादुर कुश्वाहा, इन्जिनियर भरतलाल महतो, भूपेन्द्र राम, र डा. शियाराम कुश्वाहाले सहिद रामाश्रय राम र मगही भाषाको संरक्षण तथा प्रवर्द्धनका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मगही कविता प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा सु.चु. मा.वि.की रोशनी यादवले प्रथम स्थान, मावि सीतापुरका आयुष ठाकुरले द्वितीय स्थान, र सुर्योदय माविका विद्यार्थीले तृतीय स्थान हासिल गरेका थिए । विजेताहरूलाई शिल्ड, प्रमाणपत्र, टोकन अफ लभ, र दोसल्ला ओढाएर सम्मानित गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी अतिथिहरुलाई पनि दोसल्ला, प्रेम प्रतीक चिन्ह, र कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले सम्मेलनले मगही भाषा, साहित्य, र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । साथै सहभागीहरूले यसलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यक्रमको संचालन मगही अभियन्ता शम्भु कुमार राय “शशी“ ले गर्नुभएको थियो ।
यो वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा मधेशका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको कारोबार भएको छ । गत वर्षको यही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।
यो वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए ।
योपरिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो। भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।
विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गर्थ्यो। यो वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ।
जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्। करिब २०० किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ। धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुन्छ। देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ। स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष २० लाखको फूल बिक्री गरेको जानकारी दिए।
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसान बताउँछन् ।
लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको जनकृषि सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ७ मा रहेको सहकारीको लालबन्दी ६ स्थित वडा कार्यालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा मधेश प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहको बिशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न गरिएको सहकारीका प्रबन्धक बिपिन झाले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न शिर्षकमा उत्कृष्ट १३ जनालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
सम्मान पाउनेहरुमा सबैभन्दा अधिकतम स्वेच्छिक बचत गर्ने बेचनी देवी कोईरी, सबैभन्दा अधिकतम शेयर रकम जम्मा गर्ने महेन्द्र महतो, ज्येष्ठ नागरिक शेयर सदस्य देवीबन्धु थापा, ज्येष्ठ नागरिक शेयर सदस्य महिलातर्फ बिष्णु कुमारी कार्कि रहेका थिए । त्यसैगरि बाल बचत सबैभन्दा बढि जम्मा गर्ने अंकुश साह, दैनिक बचत जम्मा गर्ने डा.आलोक कुमार कुशवाह, ऋण र बचत नियमित कारोबार गर्ने रघुनाथ कंडेल, उत्कृष्ठ संचालक पुरुष सत्य नारायण महतो, उत्ृष्ट संचालक महिलातर्फ अनिता कर्ण, उत्कृष्ठ कर्मचारी हरेन्द्र कुमार झा (बिपिन), सबैभन्दा बढि दैनिक बचत संकलन गर्नेहरु सुनिल महतो, पुनित ठाकुर र साबित्रा धमला रहेका थिए ।
साधारणसभाको अवशरमा कार्यक्रमस्थलमै रक्तदान कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रममा ८ जना पुरुष र २ जना महिला गरि १० जनाले रक्तदान गरेका सहकारीका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सत्यनारायण महतोले सहकारीले आ.व. २०८०/८१ म झण्डै २ करोडको कारोबारमा १६ लाख १ हजार ३७ रुपैँया नाफा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६८ सालमा ३४ जना सदस्यले १ हजारका दरले रकम संकलन गरि संचालनमा ल्याएको सहकारीमा हाल ३४१ जना शेयर सदस्य रहेका छन भने २९ लाख ६२ हजार कुल पुँजी रहेको छ ।
हरिपुर । सर्लाही जिल्लाको हरिपुरमा रहेको एक विद्यालयमा प्रधानाध्यापकले कार्यकुशलता देखाउन नसकेको भन्दै स्थानियले आरोप लगाएका छन । हरिपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्रीराम लगन माबि पिडारीमा प्रधानाध्यापक जवाहरलाल यादवले विद्यालयको व्यवस्थापकिय भुमिका राम्रोसँग निर्वाह गर्न नसकेको स्थानियको आरोप छ ।
सोहि सन्दर्भमा आईतबार वडा नम्बर ९ का युवाहरुले बिभिन्न माग राख्दै हरिपुर नगरप्रमुख गोपाल पंजियारलाई ज्ञापन पत्रसमेत बुझाएका छन । उनिहरुले ज्ञापन पत्रमा प्रधानाध्यापक यादवले शैक्षिक गुणस्तक कायम गर्न र कक्षा ब्यवस्थापन गर्न नसकेको, गुणस्तरहित दिवा खाजा खुवाएको, खाजाको रकममा चलखेल गरेको, बिद्यार्थीहरुबाट अनावश्यक शुल्क लिने गरेको लगाएतका आरोप लगाएका छन ।
त्यस्तै प्रधानाध्यापक स्थानिय राजनितिमा सक्रिय रहेको र शिक्षकहरुबिच नै आपसि मतभेद रहेको, प्रधानाध्यापकमा नेतृत्व गर्ने क्षमता नभएको उनिहरुको आरोप छ । ज्ञापन पत्रमार्फत प्रधानाध्यापक यादवको अविलम्ब सरुवा गर्न नगरप्रमुख पंजियारसमक्ष माग गरिएको स्थानिय दिनेश यादवले जानकारी दिए ।
यता प्रधानाध्यापक यादवले आफ्नो व्यक्तिगत स्वार्थ पुरा नभएको कारण आफुमाथी आरोप लगाईएको प्रतिकृया दिएका छन । कसैको श्रीमति, कसैको भाईलाई विद्यालयमा जागीर नदिएको रिस उनिहरुले आफुमाथी पोखेको उनको भनाई छ । ‘आफु त एक साक्षी मात्रै त हो’ भन्दै प्रधानाध्यापक यादवले बिद्यालय ब्यवस्थापन समिती, वडाध्यक्षले गर्नुपर्ने कामको आरोप आफुलाई लगाईएको र विद्यालयमा त्यस्तो किसिमको कुनै समस्या नरहेको बताएका छन ।
त्यस्तै सोहि वडाका वडाध्यक्ष विश्वनाथ रायले सो विद्यालयमा आरोप लगाईएको जस्तो केहि समस्या रहेको दाबि गरेका छन । उनले नियमित आफु सो विद्यालयमा पुग्ने गरेको, ब्यवस्थापन समिती, प्रधानाध्यापक, अभिभावक लगाएतसँग बैठक बस्ने गरेको बताएका छन । अहिले केहि काम भएन भने राजनिति गर्ने थलो सरकारी विद्यालय भएकोले केहि ब्यक्तिहरुले त्यस्तो प्रयास थालेको हुन सक्ने उनको बुझाई छ ।
वडाध्यक्ष रायले आफ्नो वडामा २ ओटा सरकारी विद्यालय रहेको र त्यसको गुणस्तर बढाउने तर्फ आफु लागीरहेको बताएका छन ।
सर्लाही । पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पूर्व मन्त्री रायको आफ्नो सहयोगी (भान्से)ले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार साँझ प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न पूर्व मन्त्रीको सहयोगी कबिलासि ३ घर भई हाल चन्द्रनगर १ रतनपुर बस्ने बर्ष २५ को राम उजैन राय र सोहि ठाउँका अर्का ४६ बर्षिय बिरेन्द्र रायलाई सार्वजनिक गरेको हो । गएको सोमबार साँझ हत्या गरिएका पूर्व मन्त्री रायको जग्गाको विवादकै कारण हत्या गरिएको खुलेको छ । पूर्व मन्त्रीकै सहयोगी भान्सेको रुपमा काम गर्ने राम उजैन रायले ८१ बर्षका रायलाई धारिलो हतियारले हानेर हत्या गरेका थिए । पछि उनैले स्थानीय र प्रहरीलाई खबर गर्दै ३ जना नचिनेका मान्छे आएका र आफुलाई माथी सुत्न जान भनेका, पछि आफुले हेर्दा पूर्व मन्त्री रायको हत्या भएको अवस्थामा देखेको बताएका थिए ।
खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पुगेर अनुसन्धान थालेको थियो । पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर सहितको टोली समेत आएर हत्याको अनुसन्धान कार्य गरेको थियो । घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझिएपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको थियो ।
घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।
पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए। प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यकाे उपचार भइरहेकाे छ । उनकाे टाउकाेमा चाेट लागेकाे अस्पतालले जनाएकाे छ ।
दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको उपचार भइरहेकाे अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।
मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको मनिषको काका अमूल शाक्यले नेपालप्रेसलाई बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।
सर्लाही । साउन महिनाको पहिलो सोमबार आज सर्लाहीसहित देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
बिहानैदेखि लालबन्दीको डुमडुमेस्थित शिव मन्दिर, राधाकृष्ण मन्दिर, हरिवनको सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, मूर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर, परवानीपुरको महादेव मन्दिर लगाएतका शिवालयहरुमा भक्तजनको भिड लागेको हो ।
साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने दीर्घायु, सुख शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरुले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् । साउन भगवान् शिवको प्रिय महिना हो । शिवपुराणमा वर्णन गरिए अनुसार, शिव परमब्रह्रा हुनुहुन्छ ।
हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको शक्तिलाई विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरुका लागि ठुलो महत्व बोकेको छ ।
सर्लाही । पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको गएराति हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुर स्थित घरमा ८० वर्षीय रायको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो । परिवारसहित सदरमुकाम मलंगवा बस्दै आएका राय खेति हेर्नका लागी भनेर एकसातादेखि चन्द्रनगर बस्दै आएका थिए ।
रायको घरका एक कामदारले राती १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । राती ९ बजेतिर नचिनेका ३ जना कुराकानीका लागी आएपछि पूर्व मन्त्री रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको उनले बताए जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए ।
२०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।