लालबन्दी । सर्लाहीमा बिहिवार भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत बागमति १ रायमाझि चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखेको NL01AH9252 नम्बरको लरिमा बस ठोक्किएको थियो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस लरिको पटाडीको भागमा ठोक्किन पुगेको थियो । सो दुर्घटनामा परि रुपन्देहि जिल्लाको मायादेवी गाउँपालिका ३ का ८५ बर्षिय दशरथ कोहार, सोहि ठाउँका बर्ष ५० का रामकरण केवट र सोहि जिल्लाको देवदह नगरपालिका ११ बस्ने बर्ष ७० का कृष्णा चौधरीको मृत्यु भएको छ । अन्य १७ जना भन्दा बढि घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपी दिपक श्रेष्ठले बसमा ४० जना यात्रु सवार रहेको बताए । उनले बस चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको र लरि चालक फरार रहेकोले खोजी कार्य चलिरहेको बताएका छन ।

त्यसैगरि दिउँसो साँढे ११ बजेतिर नेपाल टेलिकम बरहथवा ५ मा काम गर्ने एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ । टेलिकमको अफिसमा काम गर्ने क्रममा बरहथवा १० का बर्ष २१ का आबोध ठाकुरको करेन्ट लागेर ज्यान गएको हो । करेन्ट लागेर उनका भाई बर्ष १९ को आनन्द ठाकुर घाईते भएका छन । काम गर्ने क्रममा दुई दाजुभाईलाई नै करेन्ट लागी घाईते भएपछि तत्कालै सरस्वति अस्पताल हरिवनमा उपचारका लागी लगीएकोमा दाई आबोधको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

लालबन्दी । सर्लाहीमा शुक्रबार बिहानै खेत जोत्दै गरेका ट्रयाक्टर चालको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, मा चैते धान रोप्न खेत जोत्दै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ बर्षिय राजेश पासवानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक पासवानलाई खेतमा पानी तानिरहेको मोटरबाट करेन्ट लागको थियो । करेन्ट लागेर गम्भिर बनेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगीएको भएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

पासवानको सव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

लालबन्दी । सर्लाहीको बरहथवा ९ सोल्टिगेट नजिक ट्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । नयाँरोड–मधुवनी सडक खण्ड अन्तर्गतर सडकमा आलु लोड गरि जाँदै गरेको ना२त ७५२५ नम्बरको टयाक्टर पल्टिएको थियो ।

शनिबार बिहान पौने ८ बजेको समयमा भएको दुर्घटनामा परि बारा जिल्लाको पचरौता ५ घर भएका बर्ष ५० को भुवन महतोको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मुर्तियाका अनुसार प्रहरीले खबर प्राप्त हुनासाथ ४ जनाको टोली पुगी चालक महतोलाई ह्याप्पि अस्पताल बरहथवा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बाराबाट हरिवन बजार आउँदै गरेको ट्याक्टर साँघुरो बाटोको खोल्सि पुलमा पल्टिएको प्रहरीले जनाएको छ ।

लालबन्दी । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरिया चमेलीमाइ मन्दिर नजिक गएराती करीब ८ बजे भएको सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको उखुको लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरलाई पछाडीबाट सोही दिशा तर्फ जादै गरेको बि.आर. ०६ पी.डी. ९६४८ नम्बरको सफारी गाडीले टक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

तीव्र गतिमा रहेको सफारी उखु बोकेको ट्याक्टरमा ठाेकिँदा दुर्घटना भएको हाे । दुर्घटनामा घाईते हुने सबै सफारी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी काभ्रे बनेपा नगरपालिका बस्ने नापी कार्यालयका प्रमुख ४५ वर्षीय संजय मानन्धरसहित ११ जना घाईते भएका डिएसपी पंजियारले बताए । मानन्धरको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मलंगवा प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विरगंज तर्फ पठाईएको छ ।

सोही दुर्घटनामा परी सफारी गाडीमै सवार कौडेना गाउपालिका २ बस्ने २४ वर्षीय संजित मण्डल, मलंगवा नगरपालिका ३ बस्ने ३५ वर्षीय रामलाल साह, सोही ठाउ बस्ने ५० वर्षीय बैद्धनाथ पटेल, महोत्तरी एकडारा गाउपालिका २ बस्ने ३० वर्षीय रिटेन यादव, मलंगवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामबावु राय, धनुषा सहिदनगर नगरपालिका ७ बस्ने २९ वर्षीय दिपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका २० बस्ने २४ वर्षीय सहिद अनवर, बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे, महोत्तरी बस्ने ३० वर्षीय बैजु यादव, महोत्तरी बस्ने २५ वर्षीय अजय यादव गम्भिर घाईते भएको डिएसपी पंजियारले जानकारी दिए ।

घाईते मध्ये एक जनाको मंलगवामा र बाकी १० जनालाई थप उपचारको लागी बीरगंज तर्फ पठाईएको छ । दुर्घटनापछि ट्रेक्टर चालक फरार भएको र दुर्घटनामा संलग्न दुबै सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नापी कार्यालयका सबै कर्मचारी भारतिय गाडीमा चढेर कहाँ जादै थिए भन्ने खुल्न नसकेको र फरार ट्रेक्टर चालकको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

सर्लाही । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार राति २ बजे बाराको अमलेखगन्ज तीन नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडुको बुधवार बिहान थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए । थ्रेसरमा परेर टुडुको मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थ्रेसर तथा ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

लालबन्दी । सर्लाहीको नवलपुरमा मिनि ट्रकको ठक्करबाट एक बृद्धको ज्यान गएको छ ।

मंगलबार साँझ कामबाट घर फर्किंदै गरेका हरिपुर नगरपालिका ७ चिताईनका बर्ष ५० का रुदल कुमर (दनुवार) लाई ट्रकले किचेको थियो । नवलपुर मंगवा सडकखण्ड अन्तर्गत लालबन्दी १ नवलपुरबाट हरिपुरतर्फ साईकलमा जाँदै गरेका कुमर रोडमा लडेका थिए । उठ्न खोज्दै गर्दा कुमरलाई पछाडीबाट तिब्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनि ट्रकले ठक्कर दिएर भागेको थियो ।

सासापुरको डाबरीमा रहेको ईटाभट्टामा मजदुरी गर्ने कुमरलाई तत्कालै उपचारका लागी सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पु¥याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने मिनि ट्रक जुटपानीमा रहेको शिरिष पानी फ्याक्ट्रिको रहेको बुझिएको र घट्ना भएको करिव ४ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्याल सर्लाहीका कार्यबाहक प्रमुख एवम् बरिष्ट सई भानुभक्त नेपालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लालबन्दीसहितको टोलीको संलग्नतामा ट्रक ,नियन्त्रणमा लिईएको नेपालले बताए ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते