के तपाईंले कहिल्यै आफ्नो पिसाबको रङ याद गर्नुभएको छ? प्रश्न अनौठो लाग्न सक्छ तर यसमा हाम्रो स्वास्थ्यका धेरै रहस्य लुकेका छन्। पिसाबको रङले हाम्रो स्वास्थ्यस्थितिबारे बताउन सक्छ। पिसाबको रङ कहिले पहेँलो, कहिले खैरो, कहिले गुलाबी र कहिले पानीजस्तो हुन्छ। पिसाबका यी सबै रङहरूको कुनै न कुनै अर्थ हुन्छ।

पिसाबको रङ हल्का पहेँलो छ भने यसलाई राम्रो स्वास्थ्यको संकेत मान्न सकिन्छ। जबकि निर्जलीकरणका कारण पिसाबको रङ खैरो हुन सक्छ।

जयपुरस्थित नारायण अस्पतालका नेफ्रोलोजी विभागका वरिष्ठ परामर्शदाता डा. कमल कासवान पिसाबको रङलाई ध्यानमा राख्ने हो भने आफूलाई लाग्ने रोगका बारेमा जानकारी हुने र सजिलै उपचार गर्न सकिने बताउँछन्।

डा. कासवान भन्छन्, ‘पिसाबको रङ परिवर्तन हुनेबित्तिकै रोग लागेको भन्ने हुँदैन। कहिलेकाहीँ खानपानका कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ। तर खानपानले पिसाबको रङ परिवर्तन भएको हो अथवा रोगका कारण भैरहेको छ जानकारी राख्नु पर्छ।’

पहेँलो रङ
सामान्यतया पिसाबको रङ हल्का पहेँलो हुन्छ। पिसाबमा युरोक्रोम नामक तत्व हुन्छ, जसले यसलाई पहेँलो बनाउँछ। हामीले जति धेरै पानी पियौँ, त्यति युरोक्रोम पातलो हुन्छ र यसको रङ कम पहेँलो हुन्छ।

हाम्रो रगतमा भिटामिन बीको मात्रा बढी भएमा पनि पिसाबको रङ पहेँलो हुन्छ। पिसाब हल्का पहेँलो रङको हुनु राम्रो स्वास्थ्यको संकेत हो।

सुन्तला रङ
पिसाबको रङ सुन्तला देखिनु डिहाइड्रेसनको लक्षण हुन सक्छ। पिसाबको रङ सुन्तला भएको खण्डमा मानिसलाई जन्डिसको संकेत पनि दिन्छ।

त्यस्तै, विभिन्न रोगका औषधिको सेवनले पनि पिसाबको रङ सुन्तला बनाउँछ।

गुलाबी वा रातो 
चुकन्दर र ब्लुबेरीजस्ता प्राकृतिक रूपमा गाढा रङका फलफूलहरू खाँदा पिसाब रातो वा गुलाबी रङको हुन सक्छ। तर गुलाबी अथवा रातो रङको पिसाबले कहिलेकाहीँ रोगको संकेत पनि गर्ने गर्छन्। प्रोस्टेट बढ्दा, मिर्गौलामा पत्थरी हुँदा र मिर्गौलामा ट्युमर हुँदा पनि पिसाबको रङ रातो अथवा गुलाबी हुने गर्छ। यस्तो अवस्थामा पिसाबबाट रगत समेत बग्छ।

नीलो वा हरियो
स्युडोमोनास एरुगिनोसा ब्याक्टेरियाको संक्रमणका कारण पिसाबको रङ नीलो हुने गर्छ।

धेरै खैरो वा कालो
पिसाबको रङ केही औषधिको साइड इफेक्टका कारण खैरो हुन सक्छ। धेरै मात्रामा एलोभेरा वा सिमीको सेवनले पिसाबको रङ गाढा खैरो वा कालो हुन सक्छ। कलेजोको समस्याले पिसाबमा पित्त देखा पर्न सक्छ। यसले पिसाबको रङ पनि गाढा खैरो हुन सक्छ।

गर्भावस्थाको समयमा पिसाबको रङ बादल, सेतो वा दूधजस्तो देखियो त्यो खतराको संकेत हो। यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो जनस्वास्वास्थ्य नीतिको मस्यौदा तयार गरेको छ।

गैर सरकारी संस्था फेक्ट नेपाल र सिविन नेपालसँगकाे सहकार्यमा हरिवन नगरपालिकाले जनस्वास्थ्य नीतिको मस्यौदा बनाएको हो।

बिहीबार काठमाडौँको कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमकामा फेक्ट नेपाल र सिविन नेपालले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)लाई जनस्वास्थ्य नीतिको मस्यौदा हस्तान्तरण गरे।

देशकै नाम कहलियका जनस्वास्थ्यविद् र हरिवनका सरोकारवाला स्थानीय जनसमुदाय समेतको सहभागितामा हरिवन र काठमाडौँमा भएका विभिन्न छलफल र अन्तरक्रियाका सुझावहरुलाईसमेत समेटेर हरिवन नगरपालिकाले जनस्वास्थ्य नीति तयार गरेको हो।

त्यसका लागि झण्डै सात महिना समय लागेको मेयर बुढाथोकीले जानकारी दिए। उनले हरिवन नगरपालिकाले जनताको स्वास्थ्य उपचारको दायित्व लिने उद्देश्य राखेर जनस्वास्थ्य नीति तयार गरेको बताए।

‘यो नीति हामीले जनताको स्वास्थ्य उपचारको दायित्व नगरपालिकाले लिने उद्देश्य राखेर निर्माण गरेका हौँ,’ उनले भने, ‘संविधानको मर्मअनुसार घर छेउकै सरकारले जनताको स्वास्थ्य उपचारको दायित्त्व लिनुपर्छ। त्यो मर्मलाई यो जनस्वास्थ्य नीतिले सम्बोधन गरेको छ।’

उनले नगरवासी जनताको स्वास्थ्यलाई ध्यान दिएर हरिवन नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थालाई सुविधायुक्त बनाउँदै लगेको बताए। ‘स्वास्थ्य उपचारसँगै हामीले नगर क्षेत्रका विभिन्न ठाउँमा योग र ध्यानका शिविर, चुरे क्षेत्रमा पदमार्ग र पार्कहरुसमेत निर्माण गर्दै गएका छौँ,’ मेयर बुढाथोकीले भने।

कार्यक्रममा फेक्ट नेपालका डा.शम्भु प्रसाद उपाध्यायले हरिवनको जनस्वास्थ्य नीति संविधानको मर्म, सामाजिक न्याय, अन्तर्राष्ट्रिय अभ्यास जस्ता विषयलाईसमेत ध्यानमा राखेर निर्माण गरिएको जानकारी दिए।

‘जनताको आधारभूत स्वास्थ्यको दायित्व नगरपालिकाले लिनेगरी यो जनस्वास्थ्य नीति तयार भएको छ,’ उनले भने, ‘यो जनस्वास्थ्य नीतिले हरिवनको स्वास्थ्यका उपलव्धी, समस्या र चुनौतिलाई सम्बोधन गर्ने विश्वास मैले लिएको छु।’

कार्यक्रममा पाटन अस्पतालका प्राडा केदार बरालले हरिवन नगरपालिकाले तयार गरेको स्वास्थ्य नीति जनपक्षीय भएको बताए।

कार्यक्रममा फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले देशकै राष्ट्रिय स्वास्थ्य नीति तयारी गर्न सक्ने विज्ञहरुको सहभागितामा हरिवन नगरपालिकाले आफ्नो जनस्वास्थ्य नीति तयार गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले जनस्वास्थ्य नीति तयार गरेर हरिवन नगरपालिकाले देशैभरीका स्थानीय पालिकाहरुका लागिसमेत उदाहरणीय काम गरेको बताइन्।

हरिवन नगरवासीसमेत रहेका सिविनका कार्यक्रम संयोजक कुमार भट्टराईले हरिवनको जनस्वास्थ्य नीति कार्यान्वयनमा सिविन र फेक्ट नेपालले पछिसम्म पनि सहकार्य गर्दै जाने बताए।

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएका र स्वास्थ्य संस्थामै आएर प्रसुति गराएका सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।

‘हामी दुई, हाम्रा दुई, स्वस्थ आमा र स्वस्थ बच्चा’ भन्ने मूल नारासहित स्वास्थ्य चौकी सासापुरमा गएको साउनदेखि पुस महिनासम्मको अवधीमा प्रसुति सेवा लिएका १६१ जना सुत्केरीलाई जनही चार हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरेको हो । नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, सासापुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं हरिवन ४ का वडाध्यक्ष केशवराज थापा, हरिवन १ का वडाध्यक्ष अर्जुन कुमार योन्जन, हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनलगायत भएर सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेका हुन ।

हरिवनमा सरकारीस्तरमा स्वास्थ्य चौकी सासापुर, सहकारी संस्थाद्वारा सञ्चालित नमूना अस्पताल हरिवन र नेपाल परिवार नियोजन सङ्घ शाखा हरिवनद्वारा सञ्चालित बर्थिङ सेन्टर गरी तीनवटा बर्थिङ सेन्टर छन् । तीनवटै बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रम लागू रहेको र तीनमध्ये जहाँ गएर प्रसुति गराए पनि प्रोत्साहनस्वरुप चार हजार रुपैँया नगद प्रदान गरिने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

हरिवन नगरपालिकाले दुईवटा बच्चा जन्माउँदासम्म उक्त प्रोत्साहन भत्ता रकम प्रदान गर्ने नीति बनाएको छ । प्रोत्साहन भत्ता प्राप्त गर्न चारपटक स्वास्थ्य संस्थामा आएर गर्भवती जाँच गरेको हुनुपर्ने, टिडि खोप लगाएको हुनुपर्ने, आइरन चक्की र जुकाको औषधि खाएको हुनुपर्ने तथा बर्थिङ सेन्टरमै आएर बच्चा जन्माएको हुनुपर्ने स्वास्थ्य शाखाले जनाएको छ ।

हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले नगरभित्रका सम्पूर्ण गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउन र बर्थिङ सेन्टरमा आएर प्रसुति सेवा लिन प्रोत्साहन होस् भन्ने मुख्य उद्देश्यसहित सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम ल्याइएको बताए । हरिवन नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो ।

नगरपालिकाबाट सुत्केरी प्रोत्साहन भत्ता पाउँदा आफुहरुलाई राहत मिलेको वडा नम्बर ८ चापिनी कौवाकी साबित्रा भण्डारीले प्रतिकृया दिईन । उनले चार हजार रुपैँया सुत्केरी प्रोत्साहन भत्ताको रुपमा पाउँदा बच्चालाई पोषिलो खानेकुरा खुवाउन र आफैलाई पनि पोषिलो खानेकुरा खान मद्दत पुगेको बताईन । यो महिलाहरुको लागी धेरै राम्रो काम भएको उनको भनाइ थियो ।

त्यसैगरि सम्शेर बहादुर स्याङ्तानले हरिवन नगरपालिकाले यो कमजोर आर्थिक अवस्था भएका महिलाहरुको लागी अत्यन्तै राम्रो काम गरेको बताए । आमा र बच्चाको पोषणका लागी संचालित यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने र सबै महिलाहरुसम्म यो जानकारी पु¥याउनुपर्ने उनको धारणा थियो ।

गत वर्ष मापदण्ड पूरा गरेका १६९ जना सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरिएको थियो । सासापुर स्वास्थ्य चौकीमा आएर प्रसुति हुने नगरभित्रका गर्भवर्तीलाई घरसम्म नै लिन जाँदा र प्रसुतिपछि घरसम्म पुर्याउन जाँदा निःशुल्क एम्बुलेन्सकोसमेत व्यवस्था मिलाइएको छ । चौधरीले बर्थिङ सेन्टरमा आएर प्रसुति हुने सुत्केरीलाई नेपाल सरकारले दिने एक हजार यातायात खर्चबाहेक नै नगरपालिकाबाट चार हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने गरिएको बताए ।

लालबन्दी । बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर वीरगन्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।

सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए।

बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् । अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ?

१. ब्यायाम नहुनु : विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन् । जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

२. ढिलो विवाह : मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ । र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन् । जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ ।

३. हर्मोनल परिवर्तन : विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ । जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन् । जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

४. अनिन्द्रा : विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो । विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन् ।

५. तनाव बढ्नु : विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन् । तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन् ।

६. अन्य कारण : विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ । साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ ।

लालबन्दी । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्कालाई मर्का नपर्नेगरि होली पर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गरी कोही कसैलाई बाधा र अवरोध नपुग्ने गरी शिष्ट ढंगबाट होली मनाउन आग्रह गरेका हुन् ।

जारी सूचनामा चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने आदि जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न÷नगराउन आह्वान गरिएको छ ।

साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउन पनि भनिएको छ । कोही कसैले अवाञ्छित गतिविधि र क्रियाकलापहरु गरे/गराइएको पाइएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी धमलाद्वारा हस्ताक्षरित सुचनामा ल्लेख गरिएको छ ।

होलीलाई शान्तिपूर्ण बनाउन सर्लाही प्रहरीले सुरक्षा योजना लागू गरी अघि बढेको बताएको छ । यस वर्ष पहाडमा चैत ११ गते र तराईमा १२ गते होली मनाइँदैछ ।

सिडियो धमलाले होलि पर्वको उपलक्ष्यमा सम्पुर्ण जिल्लावासिलाई शुभकामना पनि ब्यक्त गरेका छन ।

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी नगर अस्पतालमा सल्यक्रिया विधिबाट प्रसुति सेवा सुरु भएको छ । वडा नम्बर ९ डुमडुमेमा रहेको अस्पतालमा आवश्यक जनशक्ति र उपकरण जुटाएर शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा सुरु गरिएको हो ।

नगर अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायका अनुसार सोमबार साँझ पहिलो पटक सिराहाको मिर्चैया घर भई सिन्धुलीको क्यानखोलास्थित माइती घरमा बस्दै आएकी १९ वर्षीया चण्डिका मगरको शल्यक्रिया (सीएस) गरेर प्रसूति गराइएको छ । उनलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको भएपनि प्राकृतिक हिसाबले सुत्केरी नभएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको डा.रायले जानकारी दिए । मगरको तीन किलो ४०० ग्रामको शिशु (छोरी) लाई शल्यक्रिया गरेर निकालिएको छ । अस्पतालका इन्चार्ज डा. रायसहित एनेस्थेटिष्ट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

मगरको प्रसूति हुने म्याद १० दिन नाघिसकेको र तीन दिनदेखि प्रसव बेथा लाग्दा पनि बच्चा जन्मिन नसकेको, बेथा बढाउने औषधि चलाउँदा समेत सामान्य ढङ्गले प्रसूति हुन नसकेपछि परिवारसँग सल्लाह गरेर सीएस गर्ने निर्णय गरेको र पहिलो शल्यक्रिया सेवा सफल भएको अस्पतालका इन्चार्ज डा. रायले खुसि हुँदै भने ।

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा सुरु भएसँगै यहाँका स्थानीय खुसी भएका छन । अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक राखेर सेवा सुधार गरिएसँगै बिरामीको चाप बढ्न थालेको छ । लालबन्दी नगरपालिकाले समेत नगर अस्पताललाई बिशेष ध्यान दिएको नगरप्रमुख बासुदेव अधिकारीले बताए । लालबन्दी नगर अस्पतालमा पहिलो पटक शल्यक्रिया सफल भएकोमा खुसि ब्यक्त गर्दै नगरप्रमुख अधिकारीले यसलाई अझ प्रभावकारी र नियमित गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्दै जाने प्रतिकृया दिए । उनले अस्पतालमा तत्कालै बालरोग विशेषज्ञ समेत नियुक्त गर्ने वा भएका स्वास्थ्यकर्मीलाई तालिम दिएर भए पनि प्रसूति सेवालाई प्रभावकारी बनाउन लागि परेको जानकारी समेत दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई गएको पुस २७ गते स्तरोन्नति गरी १५ शैय्याको नगर अस्पताल बनाइएको थियो ।

सर्लाही । यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग देखिएको बताउनुभयो ।

अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेका पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ ।

परिषद्ले पोखरामा गएको वैशाखदेखि असोजसम्म तीन सय ६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित एक सय ६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले धेरै महिलामा एचआईभी/एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताउनुभयो । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ छ । अध्ययनमा यौन व्यवसायमा संलग्न ६० प्रतिशतभन्दा बढीले जाँड–रक्सी पिउने गरेको पाइएको छ ।

लालबन्दी । नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार गाडी दुर्घटनामा परेको छ । मानन्धरसहित कार्यालयकै १० जना कर्मचारी सवार गाडी दुर्घटनामा परेको हो ।

मलंगवा नजिकै चमेलीमाई मन्दिर नेर मानन्धरसहितको टोली सवार गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीमा मानन्धरसहित नापिकै अन्य कर्मचारीहरू बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय थिए ।

उनिहरुलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागी रेफर गरिएको छ । घाईतेहरुमध्ये एक जना बाहेक अन्यको अवस्था चिन्ताजनक रहेको मलंगवाबाट पत्रकार बख्तियार अलिले जानकारी दिएका छन ।

घट्नाको सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले आफ्नो १६ औँ साधारणसभा शनिबार आफ्नै भवनमा सम्पन्न गरेको छ । उपशाखा लाबन्दीका सभापति ध्रुब प्रसाद घिमिरेको अध्यक्षता एव्म लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि साधारणसभामा विशिष्ट अथिती नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा जिल्ला सभापति नागेन्द्र प्रसाद चौधरी, अन्य अतिथिहरुमा लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपाने, पद्मभुवनेश्वरी नमुना बृद्धसेवाश्रमको संचालीका भवानि कोईराला, लोक बहादुर कार्की, नारायणराज जोशी, गोविन्द महत, दिपक अधिकारी, देवीबन्धु थापा लगायत विभिन्न वडाका वडा अध्यक्षहरु रहेका थिए ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा ’जनज्योति क्याम्पसका अध्यक्ष दिपक अधिकारी, समाजसेबी गोविन्द महत, १६ नम्बर वडाका वडाध्यक्ष गणेश बहादुर थापा, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसन्त न्यौपाने लगायतले रेडक्रक उपशाखा लालवन्दीको कार्यले सबै सन्तुष्ट रहेको र आगामी दिनमा आँखा अस्पतालको रुपमा सबै प्रकारका सेवा दिन सकोस भनि शुभकामना दिएका थिए । विशिष्ट अतिथी सभापति नागेन्द्र प्रसाद चौधरीले उपशाखाको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा रक्तसंचार सेवा संञ्चालन गर्न जिल्ला र केन्द्रले गर्ने साथै यसमा लालबन्दी नगरपालिकाले पनि सहयोग गरिदिने अपेक्षा प्रकट गरेका थिए । प्रमुख अतिथि लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले रेडक्रसद्वारा संचालीत आँखा उपचार केन्द्रलाइ पूर्ण रुपले सेवा दिन सक्ने अस्पताल बनाउन नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थाको आय व्यय सर्वसहमतीमा पास भएपछी सभाका अध्यक्ष ध्रुव प्रसाद घिमिरेले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै १६ औं साधारण सभा विसर्जन भएको घोषणा गरे ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले आफ्नो भवन निर्माणको काम २० प्रतिशत बाँकी रहेको जनाएको छ । करिव ७०० जना सदस्य रहेको संस्थाको भवन निर्माणमा हालसम्म १ करोड ३५ लाख लागत लागेको निर्माण समितीका संयोजक भरत प्रसाद गौतमले बताए । भवन निर्माण गर्न हालसम्म लालबन्दी नगरपालिका र विभिन्न वडाले ३१,५००००/–, मधेश प्रदेशबाट ३०,०००००/–, सोसाइटीको आफ्नो रकम ३४,७५०००/– लगायत विभिन्न दाताको सहयोग रहेको गौतमले जानकारी दिए । भवनको २०७६/२/२४ मा तत्कालीन लालबन्दी नगर प्रमुख मानबहादुर खड्काले शिल्यान्यास गरेका थिए ।

साधारणसभामा प्रमुख अतिथि तथा विशिष्ट अतिथीद्वारा नारायण राज जोशी, गोविन्द महत, महेश मैनाली, देवी बहादुर कार्की, पुष्कर खड्का, गोरख वल, गणेश थापा, मिन प्रसाद ढुङ्गेल, बुद्धदेव चौधरी, रामनारायण चौधरी, गोपाल कार्की लगायतका विशिष्ट सहयोगी दाताहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

 

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते