आदिवासी जनजाति युवा महसंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

राजु तामाङ,हरिवन । सोमबार आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘मातृभाषा, संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियान’ भन्ने नारा सहित हरिवन – ५ घुर्कौलीमा रहेको जनजाति भवनको सभा हलमा युवा महासंघको केन्द्रीय सर्कुलर अनुसार प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज संजीब मोक्तानको अध्यक्षता बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका पूर्व केन्द्रीय सदस्य तथा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुमन मोक्तानको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । उपाध्यक्षमा टिकाराम सुस्लिङ मगर महिला उपाध्यक्षमा अंजिता भुजेल सचिवमा सुमित्रा पाख्रिन, सहसचिवमा अरुण ब्लोन र आइसा दनुवार, कोषाध्यक्षमा दिपक माझी सदस्यहरु निका आले, रवि गुरुङ, रोशन मोक्तान, अशोक घिसिङ, सुरज घलान र रोशन दोङ रहेका छन ।

अधिवेशनबाट नव गठित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि लामा सँगै विशिष्ट अतिथि लेखक तथा खोज अनुसन्धाकर्ता निष्णु थिङ, तामाङ घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिन, मगर संघ मधेस प्रदेशका महासचिव तेज नारायण आले, आदिवासी जनजाति महासंघका सर्लाहीका अध्यक्ष एक बहादुर गुरुङ, तामाङ घेदुङका अध्यक्ष बुद्ध थिङ, मगर संघका अध्यक्ष पूर्ण रानामगर, महासंघका सचिव तथा भुजेल समाजका प्रतिनिधि दिपक भुजेल र नेपाली कांग्रेसकी मधेस प्रदेश सदस्य महिला नेतृ सोनी कुमारी बोम्जन लगायतले मन्तव्य राखेका थिए ।

पछिल्लो केही समयदेखि जनजाति अभियान जुन तरिकाले माथि उठ्नुपर्ने थियो त्यो मात्रामा नभएको निष्कर्ष गर्दै जनजाति अभियन्तालाई थाकेर बस्ने छुट नभएको कुरालाई अतिथिहरुले जोड दिएका थिए । आदिवासी जनजातिको सवालमा इतिहास, वर्तमान संघर्षका चरणहरुको विषयमाथि चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते