हरिपुर । सर्लाही जिल्लाको हरिपुरमा रहेको एक विद्यालयमा प्रधानाध्यापकले कार्यकुशलता देखाउन नसकेको भन्दै स्थानियले आरोप लगाएका छन । हरिपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्रीराम लगन माबि पिडारीमा प्रधानाध्यापक जवाहरलाल यादवले विद्यालयको व्यवस्थापकिय भुमिका राम्रोसँग निर्वाह गर्न नसकेको स्थानियको आरोप छ ।

सोहि सन्दर्भमा आईतबार वडा नम्बर ९ का युवाहरुले बिभिन्न माग राख्दै हरिपुर नगरप्रमुख गोपाल पंजियारलाई ज्ञापन पत्रसमेत बुझाएका छन । उनिहरुले ज्ञापन पत्रमा प्रधानाध्यापक यादवले शैक्षिक गुणस्तक कायम गर्न र कक्षा ब्यवस्थापन गर्न नसकेको, गुणस्तरहित दिवा खाजा खुवाएको, खाजाको रकममा चलखेल गरेको, बिद्यार्थीहरुबाट अनावश्यक शुल्क लिने गरेको लगाएतका आरोप लगाएका छन ।

त्यस्तै प्रधानाध्यापक स्थानिय राजनितिमा सक्रिय रहेको र शिक्षकहरुबिच नै आपसि मतभेद रहेको, प्रधानाध्यापकमा नेतृत्व गर्ने क्षमता नभएको उनिहरुको आरोप छ । ज्ञापन पत्रमार्फत प्रधानाध्यापक यादवको अविलम्ब सरुवा गर्न नगरप्रमुख पंजियारसमक्ष माग गरिएको स्थानिय दिनेश यादवले जानकारी दिए ।

यता प्रधानाध्यापक यादवले आफ्नो व्यक्तिगत स्वार्थ पुरा नभएको कारण आफुमाथी आरोप लगाईएको प्रतिकृया दिएका छन । कसैको श्रीमति, कसैको भाईलाई विद्यालयमा जागीर नदिएको रिस उनिहरुले आफुमाथी पोखेको उनको भनाई छ । ‘आफु त एक साक्षी मात्रै त हो’ भन्दै प्रधानाध्यापक यादवले बिद्यालय ब्यवस्थापन समिती, वडाध्यक्षले गर्नुपर्ने कामको आरोप आफुलाई लगाईएको र विद्यालयमा त्यस्तो किसिमको कुनै समस्या नरहेको बताएका छन ।

त्यस्तै सोहि वडाका वडाध्यक्ष विश्वनाथ रायले सो विद्यालयमा आरोप लगाईएको जस्तो केहि समस्या रहेको दाबि गरेका छन । उनले नियमित आफु सो विद्यालयमा पुग्ने गरेको, ब्यवस्थापन समिती, प्रधानाध्यापक, अभिभावक लगाएतसँग बैठक बस्ने गरेको बताएका छन । अहिले केहि काम भएन भने राजनिति गर्ने थलो सरकारी विद्यालय भएकोले केहि ब्यक्तिहरुले त्यस्तो प्रयास थालेको हुन सक्ने उनको बुझाई छ ।

वडाध्यक्ष रायले आफ्नो वडामा २ ओटा सरकारी विद्यालय रहेको र त्यसको गुणस्तर बढाउने तर्फ आफु लागीरहेको बताएका छन ।

मिर्चैया (सिरहा), ६ साउन– दलित समुदायका अगुवाहरूले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्ने सङ्कल्प गरेका छन् । दलित कार्यपालिका सदस्य, दलित नागरिक समाजका संस्था, राजनीतिक दलहरूका दलित भातृ सङ्गठनका पदाधिकारी तथा दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले यस्तो अठोट व्यक्त गरेका हुन् ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटीअन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत आयोजित भेलाका क्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

दलित सरोकार मञ्चद्वारा सिरहाको मिर्चैयामा आयोजित २ दिने कार्यक्रमका क्रममा दलित कार्यपालिका सदस्यहरूले कार्यपालिकामा आफूहरूको सङ्ख्या न्यून भएकाले आवाज नसुनिएको धारणा राखेका थिए । साथै उनीहरूले यति छुट्याउनैपर्ने बाध्यकारी प्रावधान नहुँदा दलित समुदायका लागि बजेट नै नछुट्याइने, छुट्याइए पनि एकदम कम छुट्याइने, छुट्याइएको बजेटसमेत कार्यान्वयन गर्न नदिने, दिए पनि लक्षित समुदायलाई नदिएर असम्बन्धित पक्षलाई दिने गरिएको उल्लेख गरेका थिए ।

राजनीतिक दलहरूकै कारण दलित जनप्रतिनिधिबीच मनमुटाव हुने वातावरण सिर्जना गरिएका कारण पनि दलित समुदाय एकताबद्ध हुन नसकेका, कार्यपालिका बैठकका निर्णयमा दलित सदस्यले आँखा चिम्लेर हस्ताक्षर गरिदिँदा पनि समस्या निम्तिरहेको, आफ्ना माग सङ्गठितरूपमा राख्न नसक्नु जस्ता कारणले कार्यपालिकामा दलित सदस्यको भूमिका प्रभावकारी हुन नसकेको पनि उनीहरूले बताए ।

छलफलका क्रममा राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारीहरूले आफू जुन दलभित्र सुरक्षित भइन्छ भनेर लागियो, त्यही दलका नेताले नै विभेद गर्ने गरेका, दलित समुदायका सवाललाई नेताहरूले खासै प्राथमिकता नदिने गरेका, उनीहरूले दलितलाई मत लिनेबेला मात्र प्रयोग गर्ने गरेका, दलित समुदायलाई आवश्यक जानकारी र प्रशिक्षण नदिने तथा आफ्नो अनुमतिबेगर केही बोलेमा वा गतिविधि गरेमा प्रतिशोध लिने गरेका दुःखेसो पोखेका थिए । उनीहरूले सबैजसो दलका नेताले दलितलाई भजाएर खाने गरेकाले पनि जुनसुकै दलमा लागे पनि दलितका सवालमा एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।

त्यसैगरी दलित नागरिक समाजका प्रतिनिधिहरूले आफूहरूलाई दातृ निकायले समेत विभेद गर्ने गरेका, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायले पनि सहयोग नगर्ने तथा पालिकाहरूले दलित समुदायका संस्थासँग समन्वय गर्न नचाहेको जानकारी दिएका थिए । पालिकाहरूले बरु व्यावसायिक संस्थाहरूलाई ठेक्काका काम दिने, दलित समुदायमा गरिने कामको जिम्मासमेत उनीहरूलाई नै दिने तर दलितका संस्थालाई भने स्वीकार नै गर्न गाह«ो मान्ने गरेका प्रमाणहरू नै पेस गरेका थिए ।

यसरी नै दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले अरू त अरू पदमा पुगेका दलित समुदायका व्यक्तिले समेत दलित पत्रकार र उनीहरूका संस्थालाई सहयोग गर्न नचाहेको गुनासो गरेका थिए । आफूहरूलाई क्षमता विकासका अवसर अभाव भएको, आर्थिक अवस्था कमजोर भएकाले मोबाइल, ल्यापटप, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक पर्ने सामान्य विषयसमेत नभएकाले पनि दलित समुदायका सवाल प्रभावकारी ढङ्गले उजागर गर्न नसकेको उल्लेख गरेका थिए ।

कार्यक्रम आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित समुदायले अहिले पनि जातीय भेदभावलगायतका चौतर्फी पीडा भोग्नुपरेकाले त्यस्ता समस्या सङ्गठितरूपमा सामना गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको जानकारी दिए । १/२ जना व्यक्ति वा केही समुदाय/समूहले मात्र दलितमाथिको उत्पीडन र अन्यायका समस्या अन्त्य गर्न नसक्ने भएकाले एकजुट भई व्यवस्थिततवरको वातावरण सिर्जना गर्नु नै यो कार्यक्रमको उद्देश्य भएको उनको भनाइ छ ।

ललितपुर : पत्रकार सन्तोष दाहाल सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। तेश्रो काव्य म्युजिक अवार्ड २०८१ को अवसरमा प्रणाम खबरका पत्रकार दाहाल सम्मानित भएका हुन् ।

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनलाई पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्मानपत्र हस्तान्तरण गरे।

विगत लामो समयदेखि पत्रकारितामार्फत निरन्तर रुपमा संचार जगत मार्फत लोक साहित्य , लोक कला , संस्कृतिको संरक्षण सम्बर्द्धन, खोज अनुसन्धान र कलाकारहरुको श्री बृद्धिका निम्ति सकृय रुपमा योगदान दिएकाले दाहाललाई सो कदरबाट सम्मानित गरिएको काब्य म्युजिक सेन्टरले जनाएको छ ।

लालबन्दी । पछिल्लो समय अध्ययनका लागी जापान जाने नेपाली विद्यार्थीको संख्या बढेपछि विद्यार्थीका लागी बिभिन्न अभिमुखिकरण कार्यक्रमहरु संचालन हुने क्रम बढ्दो छ । सोहि क्रममा सर्लाहीको लालबन्दीमा रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले मंगलबार जापान अध्ययन गर्न जाने इच्छुक विद्यार्थीका लागि कार्यक्रम गरी विस्तृतमा जानकारी प्रदान गरेको छ ।

संस्थाले लालबन्दी नगरपालिका ९ स्थित होटल आर्या इनमा Study in japan Information Session संचालन गरेको हो । जापान जान इच्छुक विद्यार्थीका लागि कक्षा समेत संचालन गर्दै आइरहेको कन्सलटेन्सीले औपचारिक जानकारी सत्र नै आयोजना गरी विद्यार्थीलाई जापान जाँदा हाँसिल गर्नुपर्ने ज्ञान र चाल्नुपर्ने प्रोसेसबारे विस्तृतमा प्रष्ट पारिएको कन्सलटेन्सीका संचालक उत्सव वनले जानकारी दिए ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता तथा नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीको विशिष्ठ आतिथ्यतामा जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी सत्र आयोजना गरिएको हो । कार्यक्रममा जापानको एक कलेजका प्रतिनिधित्व गरि आएका असही काजुहिको समेत उपस्थिती थियो ।

कार्यक्रमका बक्ताहरुले यहाँका विद्यार्थी पढ्नका लागी जापान जाने लहर बढेको र त्यहाँ पढेर, जानेर आएको सिप र क्षमताको प्रयोग नेपालमै भए झनै राम्रो हुने धारणा ब्यक्त गरेका थिए ।

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटमा रहेको राजदेवी ईंग्लिस स्कुलले सोमबार बिहान नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थी, अभिभावक, प्रहरी, पत्रकार लगाएतको उपस्थितीमा स्कुलले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो । कक्षा ६ सम्म अध्यापन हुने स्कुलमा हाल करिव ३०० बिद्यार्थी अध्ययनरत छन ।

स्कुलका संस्थापक राजकुमार श्रेष्ठको अध्यक्षतामा प्याप्सन केन्द्रिय सदस्य एवम् लालबन्दी ८ मा रहेको रकभेल बोर्डिङ स्कुलका संस्थापक/प्रिन्सिपल सागर गिरी, एन. प्याब्सनका पूर्व कोषाध्यक्ष एवम् लब्ली सेपल्स ईंग्लिस बोर्डिङ स्कुलका संस्थापक/प्रिन्सिपल भुपेन्द्रलाल कर्ण, प्रहरी चौकि पत्थरकोटका प्रमुख प्रहरी सहायक निरिक्षक मोतिराम महतो, लिड मिडिया नेटवर्क तथा लालबन्दी पोस्ट दैनिकका अध्यक्ष पत्रकार क्षितिज विश्वकर्मा, बिद्यार्थी, अभिभावकको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

पत्थरकोट जस्तो बिकट क्षेत्रमा रहेर पनि जिल्लाका धेरै पालिकाका बिद्यार्थी अध्ययन गराउन सफल र बिद्यार्थीको आकर्षणको केन्द्र बन्न सफल बिद्यालयको प्रगतिको कामना गर्दै उतिर्ण हुने सबै बिद्यार्थीलाई प्रमुख अतिथी एवं रकभेल स्कुलका संस्थापक/प्रिन्सिपल सागर गिरीले बधाई तथा शुभकामना दिनुभयो ।

‘हामी सबैको एउटै सुर, बालविवाह मुक्त हाम्रो ईश्वरपुर’ भन्ने नारासहित सर्लाहीको ईश्वरपुर नगरपालिकामा सन्दर्भ संवाद कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, ईश्वरपुर नगरपालिकासँगको समन्वयमा ग्रामीण नारी उत्थान संघ हरिपुरले कार्यक्रमको आयोजना गरेको हो । विभिन्न वडाका बालबालिकालाई सहभागी गराएर बाल विवाहको अवस्था, बालविवाह हुँदा हुने हानी, कानूनी कारवाही, उजुरी, नियन्त्रणका लागि पालिकाको योजनालगायतबारे सरोकारवालाबीच सम्वाद गरिएको ग्रामीण नारी उत्थान संघको बाल विवाह न्यूनिकरण परियोजना (सीईएफएम) की संयोजक सिर्जना बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी नगरभित्रका बिभिन्न बाल क्लवमा आवद्ध बालबालीकाहरुले संवादमा सहभागी सरोकारवाला निकायसँग आफ्नो जिज्ञासा राखेका थिए । ‘बिकृती र बिसङ्गती खोलामा बगाईदेउ, बाल विवाह गर्ने रहर छैन स्कुल पठाईदेउ’ भन्दै वाल तथा जबरजस्ति विवाहका बारेमा जिज्ञासा राखेका बालबालिकाले बालविवाह किन हुन्छ, यो कुप्रथालाई कसरी रोक्ने, बालविवाह गराउनेलाई कस्तो सजाय हुन्छ, बालविवाह मुक्त नगरपालिका बनाउनका लागी नगरपालिकाको योजना के छ, बाल विवाह हटाउनका लागी धार्मिक रुपमा केहि समस्या आईपर्छ ? जस्ता जिज्ञासा राखेका थिए ।

बालविवाह हुन लागेको थाहा पाए कहाँ उजुरी गर्ने, बालविवाहले कस्तो खाल्को शारिरिक समस्या सिर्जजना गर्छ जस्ता बालबालिकोको जिज्ञासामा उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतो, महिला तथा बालबालिका शाखा प्रमुख गायत्रीदेवी चौधरी, शिक्षा शाखाका अधिकृत दिनेश लुइटेल, लगायतले जवाफ दिएका थिए ।

महिला तथा बालबालिका शाखा प्रमुख चौधरीले आफुहरु बालविवाह न्युनिकरणका निम्ति गम्भिर रुपमा लागिपरेको बताउँदै आफुहरुले सडक नाटकको माध्यममबाट पनि यो समस्या हल गराउने प्रयास गर्ने योजना सुनाउनुभयो । बालबालिकाले १६ बर्षमा नागरिकता दिने अनी १८ बर्षमा विवाह गर्दा बालविवाह हुने ? यो कस्तो नियम हो भन्दै राखेको जिज्ञासामा प्रहरी निरिक्षक श्रेष्ठले कानुनी रुपमा केहि उल्झन रहेपनि कानुनले बर्जित गरेको कुरालाई प्रोत्साह गर्नु नहुने तर्क राखेका थिए ।

बालविवाहलाई सरकारले अपराध भनेर निषेध गरे पनि यो बिकृति अझै निराकरण हुन सकेको छैन । सरकारले बालविवाह अन्त्यका लागि विभिन्न रणनीतिक योजना बनाएको छ, तर यसमा उत्साहजनक प्रतिफल पाउन भने मुस्किल परिरहेको छ । सरकार मात्रै नभएर बिभिन्न संघ संस्थाहरुले पनि राष्ट्रिय, अन्तराष्ट्रिय सहयोग जुटाएर बालविवाह न्युनिकरणका लागी भन्दै बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन । तर बालविवाहको दर भने अपेक्षाकृत ढंगबाट घट्न सकिरहेको छैन । तराई मधेशमा त झन बालविवाहको तथ्यांक डरलाग्दो छ ।

ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

लालबन्दी । सर्लाहीको मलंगवामा बिहिवार बिहान प्रदेशस्तरीय संयुक्त विपद् अभ्यास ‘अग्नी नियन्त्रण २०८०’ प्रस्तुत गरिएको छ । श्री भैरवी दल गण पाँच कुमारी ब्यारेक नवलपुरको आयोजनामा मलंगवा १० स्थित तिनबिघे खेल मैदानमा अग्नी नियन्त्रण सम्बन्धि बिपद् अभ्यास गरिएको हो । मुलुकमा हुने हरेक बिपत्तिमा उद्धार, सहयोग र संरक्षणमा अग्र स्थानमा रहने सेनाले हरिपुरको एउटा सानो गाउँको परिकल्पना गरेर सो अभ्यास गरेको हो । सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय मलंगवा, जिल्ला स्वास्थ्य कार्यालय मलंगवा, जिल्ला रेडक्रस कार्यालय मलंगवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, शसस्त्र प्रहरी बल नम्बर १० गण, बागमति सेवा समाज, डिभिजन बन कार्यालय र आरआरपिकेसँगको साझेदारीमा सम्पन्न गरिएको हो । तराईका जिल्लाहरुमा वर्षेनि आगलागीका घटना हुने गरेका छन । जसमा मानवीय र भौतिक क्षति हुनुका साथै बनमा लाग्ने डढेलोमा परि जंगली बन्यजन्तुको समेत क्षति हुन्छ ।

अभ्यासमा खाना पकाउन प्रयोग गरिने सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी निभाउने, आगो निभाउनका लागी पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँधेमा आगो निभाउन बिधिको प्रयोग देखाईएको थियो । त्यसैगरी ठुलो विल्डिङ्गहरुमा लागेको आगोमा फसेका मानिसहरुको उद्धार कसरी गरिन्छ/गर्न सकिन्छ भनेरसमेत देखाईएको भैरवी दल गण पाँच कुमारीका प्रमुख, प्रमुख सेनानी सुर्य बहादुर कार्किले जानकारी दिनुभयो ।

त्यसैगरि बन जंगलमा चुरोट, बिँडि खाँदा वा सलाई, लाईटर जस्ता आगो जन्य बस्तु लिएर जाँदा सावधानी अपनाइएन भने हुन सक्ने आगलागी र क्षतिको बारेमा समेत प्रस्तुति गरिएको थियो । अभ्यासका क्रममा केही व्यक्तिहरू जंगलमा चुरोट सेवन गरेर जथाभावि फाल्दा वनमा आगो लाग्न सुरु भएको, वनमा लागेको आगो गाउँसम्म पगेको, केही घर पुरै जलेर नष्ट भएको, स्थानीयले हार गुहार गरेको र सेनालाई खबर पुगेपछि सेनाको टोली आएर अग्नी नियन्त्रणका लागी गरिएको प्रयासलाई देखाईएको थियो । कार्यक्रममार्फत आगलागीका घट्ना भएमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने भन्ने कुराको डेमो प्रस्तुत गरिएको थियो । त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय प्रस्तुतिमा समाविष्ट थियो ।

मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा भएको संयुक्त विपद् अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, गृह, संचार तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेनाका पृतनापति उपरथी सुदर्शन सिलवाल, वाहिनीपति सहायक रथी प्रकाश बहादुर चन्द, गणपति प्रमुख सेनानी कार्कि, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख, विभिन्न पालिकाका प्रमुख, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरु, जिल्लाका संचारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमस्थलमा विपद्को बेला प्रयोग हुने उद्धार सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो ।

लालबन्दी । सर्लाहीको हरिपुरमा प्रशिक्षकका लागि प्रशिक्षण तालिम ‘The Training of Trainers (ToT)’ सम्पन्न भएको छ । बाल्यकाल देखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले आयोजना गरिएको तालिमको बिहिवार समापन गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित समुन्नति परियोजनाले प्रशिक्षकका लागि ५ दिने प्रशिक्षण तालिम आयोजना गरेको थियो । तालिममा हरिपुर नगरपालिकाका नौ वटै वडाका एक वडा एक प्रशिक्षक रहने गरी वित्तीय साक्षरताका लागि सहजकर्ता (प्रक्षिक्षक) तयार गरिएको समुन्नति परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले जानकारी दिनुभयो । ९ जना प्रशिक्षक तयार गर्दै सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सेभ द चिल्ड्रेनका बाल संरक्षण शाखाकी प्रसिक्षक कान्ती खडका र दिगो जिविको पार्जनकि प्रशिक्षक नविनराज ज्ञवालीले गर्नु भएको परियोजना संयोजक दिपक भण्डारीले बताउनुभयो ।

तालिममा संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले बाल विबाह न्यूनीकरण, बालवालिकाको सर्वाङ्गिण विकास, स्वास्थ्य, शिक्षा, पोषण, कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको बताउनुभएको थियो । उहाँले तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष उमेर समुहका किशोर किशोरीलाई बचत गर्ने बानीको विकाससँगै आर्थिक विकास र जीवन समुन्नतिमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

तालिम ग्रामिण नारी उत्थान संघको सभाहलमा सम्पन्न भएको हो ।

Related Video :

लालबन्दी । सर्लाहीको लालबन्दी १२ जियाजोरमा संचालित नर्सरी ब्यवस्थापन तालिमको मंगलबार समापन गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर २ ले ग्राउण्ड स्वेल ईन्टरनेशनलसँगको साझेदारी अन्तर्गत दिगो कृषि तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न प्रगतिशील महिला समुह र नयाँ टोल सृजनशिल महिला समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागी ३८ जनालाई ग्राउण्ड स्वेल ईन्टरनेशनलका प्रतिनिधि नवराज उपाध्याय र ग्रामिण नारी उत्थान संघका कार्यकारी निर्देशक डा. कमल बहादुर थिङ्गले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा नर्सरी कसरी तयारी गर्ने, मौसमि तरकारीको बारेमा जानकारी गराउनुका साथै तरकारी नर्सरी तथा बोटबिरुवामा आउने समस्याहरु बारे पनि जानकारी गराइएको थियो । सहभागीलाई नर्सरी निर्माणबारे प्रत्यक्ष अभ्यास गरि सिकाइएको थियो ।

तालिममा सहभागिहरुले अर्गानिक पद्दतिबाट नर्सरी तथा तरकारी खेती गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तालिममा संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।

लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिकाले बालविवाह रोक्ने प्रतिबद्धता जनाएको छ । सोमबार पालिकाको सभाहलमा ग्रामिण नारी उत्थान संघले आयोजना गरेको ‘सन्दर्भ संवाद’ कार्यक्रममार्फत पालिकाले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएको हो ।

ग्रामिण नारी उत्थान संघ हरिपुर २ र सेभ द चिल्ड्रेनको साझेदारी तथा हरिपुर नगरपालिकासँगको समन्वयमा वाल (कम) उमेर र जबरजस्ति विवाह रोक्ने अभियान अन्तर्गत स्थानिय बालक्लव तथा पालिकासँग संवाद कार्यक्रमको आयोजना गरिएको थियो । ‘हामि सबैको एउटै सुर, बाल विवाह मुक्त हाम्रो हरिपुर’ अभियान अन्तर्गत भएको कार्यक्रममा नगर उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश महतो लगाएत बाल क्लका पदाधिकारीहरु र संचारकर्मिको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुसँग बालविवाहले निम्त्याउन सक्ने समस्या, चुनौति र बिभिन्न घट्नाहरुको स्मरण तथा विश्लेषण गर्दै बालविवाह रोक्नका लागी हाम्रो भुमिका के रहन्छ भन्ने बिषयमा छलफल गरिएको कार्यक्रम संयोजक सिर्जना बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा बाल तथा जबरजस्ति हुने विवाहलाई अन्त्य गर्नका लागी प्रतिबद्धतापत्रमा नगरप्रमुख, उपप्रमुख लगाएतका जिम्मेवार ब्यक्तिहरुले हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते