तपाईंको सोचले तपाईंको संसार बदल्न सक्छ

कुनै एक समयमा मानिस पनि जङ्गलमा बस्थ्यो । जङ्गली शासनको नियन्त्रणमा रहन्थ्यो । आफु भन्दा बलियोले कमजोरलाई आक्रमण गर्ने गथ्र्यो । त्यसलाई मारिदिन्थ्यो अनि उसले केही पनि गर्न सक्दैनथ्यो । त्यसपछि बिस्तारै–बिस्तारै परिवर्तन हुनथाल्यो । मानव सभ्यताको विकास हुनथाल्यो । जङ्गलबाट बाहिर आएपछि मानिसले खेतीपाती गर्न शुरु ग¥यो ।

मानव इतिहासमा खेतीको भूमिका पनि कस्तो रह्यो भने त्यस खेतीका कारण सबै कुरा बदलियो । खेतीका कारण बाटोघाटोको जन्म भयो । खेतीपातीका कारण राजाहरूको उदय भयो । खेतीका कारण पैसाको विकास भयो । खेतीकै कारण शहरको विकास भयो । खेतीले गर्दा नै आज हामीले प्रयोग गरिरहेका ती सबै चीजबिजको विकास भयो ।

मानिसहरूले बाली लगाए, त्यसमा परिश्रम गरे । तथापि, कुरा के भयो भने जङ्गली व्यवस्था त्यतिखेर पनि भएका कारणले बलियोले कमजोरको बालीनाली काटेर लैजान्थे । वास्तवमा उसले त मिहिनेत गरेको होइन । कोही अर्कैले मिहिनेत गरेको हो । तब यस्तो अवस्थामा मानिसले एउटा चाहना प्रकट ग¥यो अनि त्यही कुरा सभ्यताको जग बन्यो । त्यसपछि मानिसले कस्तो चाहना प्रकट गर्न थाल्यो भने उसभित्रै भएको उदारतालाई प्रयोग गर्नुपर्छ । बल अर्थात् शक्तिले भन्दा पनि दयाले काम गर्नुपर्छ । यो काम मानिसले गर्नुपर्छ ।

हरेक धर्ममा तपाईँले के कुरा पाउनुहुन्छ भने मानिसलाई दया गर्नुपर्छ ! दया भावलाई प्रकट गर्नुपर्छ । किनभने, क्षमा, उदारता, दया यी कुरा सबै धर्मका आधार हुन् । मानिसले दयालाई अघि राखेर काम गर्नुपर्छ । क्षमाले काम गर्नुपर्छ । उदारताका आधारमा काम गर्नुपर्छ । यो कुरा बदलिँदैन । यदि यस कुरालाई हामीले बुझ्यौँ भने वास्तवमा हामी सबै मानिसको धर्म एउटै हो ।

अनेक होइन । वास्तवमा क्षमा हामी सबैका लागि आवश्यक छ । हामी सबैलाई दयाको पनि आवश्यकता छ । यी कुराको आवश्यकता नहुने शायद कोही पनि छैन । यसर्थ सबै मानिसका लागि उपयोगी आधारभूत धर्मको विनाश हुन शुरु भयो भने घरको जग लड्दा घर पनि अवश्य लड्छ भनेजस्तै हुन्छ ।

वास्तवमा यही कुराले सभ्यता र जङ्गली शासनमा फरक तुल्याएको थियो । तथापि, यसबीचको पर्खाल भत्किरहेको छ अनि जङ्गली व्यवस्था फेरि फर्केर आइरहेको छ । कमजोर मान्छेले जेल जानुपर्छ तर सोही स्तरको गल्तीमा सम्पन्नहरू घरमै बस्छन् । शक्तिशालीले कमजोरहरूमाथि राज गर्छ । यसैलाई जङ्गली शासन भनिन्छ ।

यदि तपाईँलाई मैले त्यो जङ्गली व्यवस्था फर्कँदै छ भन्ने कुरा गरेँ भने तपाईँ के भन्नुुहुन्छ रु शक्तिशाली देशले चाहेको खण्डमा स–साना देशमाथि आक्रमण गरिदिन्छन् । यही नै जङ्गली शासन हो । सभ्यतामा जोसुकै चेली, जुनसुकै महिला दिदीबहिनीहरू चाहेको खण्डमा बाहिर घुमफिर गर्न सक्छन् । तिनलाई कुनै पनि दुःख हुनुहुँदैन तथापि यस्तो भइरहेको छैन । किनभने, जङ्गली व्यवस्था आइरहेको छ । यसकारण सभ्यता र जङ्गली शासनबीचको पर्खाललाई पुनर्निर्माण गर्नु आवश्यक छ ।

फलतः मानिस शान्तिको पथमा मोडियोस्, त्यो सभ्यताको मार्गमा जोडियोस् । त्यस सभ्यतामा उसले आफ्नो बारेमा सिकोस् । आफ्नै बारेमा जानोस् । उसभित्र पहिलादेखि नै उदारता छ र त्यसको उपयोग गर्र्नु पनि एकदमै अनिवार्य भएको छ । वास्तवमा यही कुरा सभ्यताको चिन्ह हो । जसलाई शिष्टता पनि भनिन्छ, यो त्यसको चिन्ह हो ।

एक समयमा टेलिभिजन थिएन । रेडियो थियो । टेलिभिजन नामको कुनै चीज थिएन । हरेक दिन हुलाकीले चिठीपत्र लिएर आउँथे । हुलाकीलाई पनि निकै फाइदा हुन्थ्यो । यदि तपाईँलाई कसैसँग रिस उठ्यो भने पनि तपाईँ चिठी लेख्न बस्नुहुन्थ्यो । चिठी लेखिसकेपश्चात् कुनै कुरा राम्रो लागेन भने फेरि लेखिन्थ्यो । तथापि, अहिले मेसेज (सन्देश) मा के लेखिरहेका हुन्छन् भन्ने कुरा थाहा नै हुँदैन । त्यसमाथि पनि स्वचालित रूपमा मेसेज सच्चिन्छ अनि पठाउनुहुन्छ ।

इमेल, मेसेजजस्ता चीजले सञ्चार कार्य त अवश्य पनि बढेको छ । तथापि, त्यो सञ्चारको सदुपयोग कसरी हुन्छ– हामी त्यस्तो सञ्चार गरिरहेका छौँ जुन सञ्चार गर्नलाई हामीले चाहेकै हुँदैनौँ । यो त कस्तो कुरा हो भने– स्वचालित कार छ । तपाईँ त्यसमा बस्नुहुन्छ अनि तपाईँ जान चाहेको ठाउँमा त्यसले लिएर जान्छ । अनि, आफुले जान नचाहेको स्थानमा लिएर जान थाल्यो भने तब तपाईँको अवस्था कस्तो हुन्छ रु जुन कुरा मैले भन्न चाहेकै थिइन तर मैले भनिदिएँ ।

किनभने, मानिसका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा के हो भने उसले विचार गर्नुपर्छ । यो मानिसको कमजोरीको कुरा हो । यो मानिसमा विद्यमान क्षमता पनि हो । उसले के भइरहेको छ भन्ने कुरा विचार गर्न सक्छ । म के गर्न चाहन्छु ! पछि के हुन्छ ! तर, सामाजिक सञ्जाल, टेलिभिजनजस्ता ‘मनोरञ्जन’ का साधनका रूपमा चिनिने चीजले मानिसलाई आफ्नो बारेमा विचार गर्नबाट वञ्चित तुल्याएको छ । यसकारण अहिले मानिसले आफ्नो बारेमा सोचिरहेको छैन ।

यदि उसले आफ्नो बारेमा सोचेन भने जीवनमा कसरी जिउँछ ! उसले कसरी आफ्नो उद्देश्यका बारेमा थाहा पाउँछ ! पहिलाको समयमा न टेलिभिजन, न आइफोन, न आइप्याड, न कम्प्युटर, न रेडियोले नै काम गथ्र्यो । केही गर्नका लागि केही पनि थिएन । के त्यतिखेर पनि मानिसलाई दिक्क लाग्थ्यो त रु त्यस्तो कहिल्यै हुँदैनथ्यो ।

आज छ वर्षको बच्चाको मोबाइल तपाईँले राखिदिनुभयो भने उसलाई दिक्क लाग्न थाल्छ । ‘तिमीले अब टीभी हेर्न पाउँदैनौँ’ भन्यो भने उसले दिक्दार मान्न थाल्छ । त्यतिखेर म के गर्थेँ ? बाहिर गएर खेल्थेँ । के खेल्थेँ ? खेलौना पनि त हुँदैनथ्यो । चीजबीजलाई हेर्ने– यो आँपको फुल रहेछ । यसमा आँप फल्छ । यो मौरी हो अनि जुन फुलमा त्यो बस्थ्यो त्यसैलाई चाख्ने गरिन्थ्यो– के साँच्चै यसमा मिठास छ ! यसले यो मह कहाँबाट ल्याउँछ ! खोज अन्वेषण गर्ने, सोच्ने यी सबै कुराहरू मानिसका लागि एकदमै आवश्यक छ ।

तथापि, यी सबै कुरा अब रहेनन् अनि जङ्गली शासन र सभ्यताबीचको पर्खाल ढल्नेछ । किनभने, यो पर्खाललाई यथावत् राख्ने र यसको रक्षा गर्ने कार्य कोही एकजना व्यक्तिको मात्र जिम्मेवारी होइन । यो पर्खाल कहिल्यै नढलोस् भन्ने कुरामा हामी सबैले उत्तिकै जिम्मेवारी बहन गर्नुपर्छ ।अब प्रश्न के उठ्छ भने के कुनै चीजले यो पर्खाललाई फेरि निर्माण गर्न सक्छ अर्थात् कायम राख्न सक्छ ! मसँग यसको उत्तर छ । जुन मेरो सन्देश छ– मैले देखेको छु किनभने यसबाट फेरि पनि पर्खाल बनेको छ अनि पर्खाललाई व्यवस्थित रूपमा जोगाएर राख्न सक्छ । यसर्थ यो सन्देश सबै क्षेत्रमा पुग्नु आवश्यक छ !

तपाईँ सोच्न पनि सक्नुहुन्छ अनि कार्यान्वयन गर्न पनि सक्नुहुन्छ । तपाईँ सोचलाई बदल्न सक्नुहुन्छ तपाईँले गर्नुभएको कुरालाई बदल्न सक्नुहुन्न । यसर्थ यो पर्खाललाई फेरि निर्माण गर्नु अत्यन्तै आवश्यक छ । किनभने मानिस शान्तिको मार्गतिर मोडियोस्, त्यो सभ्यतातिर मोडियोस् । त्यो सभ्यतामा उसले आफ्नो बारेमा सिकोस्, आफ्नो बारेमा जानोस् । किनभने उसभित्र पहिलादेखि नै त्यो उदारता अवस्थित छ । यसलाई उपयोग गर्ने कुरा अत्यन्तै धेरै आवश्यक छ ।

यो धर्तीमा, यो जीवनमा हामीलाई यो समय प्राप्त भएको छ । के हामीले हाम्रो आफ्नो र अरूको जीवन पनि सुखमय बनोस् भनेर जीवन चलाएका छौँ ! वास्तवमा हामीले एक–अर्कोलाई ठेस नपु¥याऊँ । हामीले यस्तो गर्न थालेपछि त सबै समस्या सकिन्छ ।

मानिसहरू भन्ने गर्छन् नि– ‘शान्ति चाहियो, शान्ति चाहियो !’ कहिले भन्छन् रु जब अशान्तिले उनीहरूलाई सताउन थाल्छ । त्यसभन्दा पहिला यदि कसैलाई ‘के तपाईँलाई शान्ति चाहिएको छ’ भन्यो भने उसले भन्नेछ– ‘चाहिँदैन ।’ तपाईँ आफुले आफुलाई चाहे जतिसुकै बुद्धिमान् छु भनेर ठाने पनि या तपाईँ जतिसुकै जानकार हुनुहोस्, यथार्थमा यो त तपाईँलाई सुनाइएको कुरा हो । सानो बच्चालाई नर्क के हो अर्थात् स्वर्ग के हो भनेर थाहै हुँदैन ।

सानो बच्चालाई शान्ति के हो, अशान्ति के हो भनेर पनि थाहा हुँदैन । उसलाई केही थाहा छैन । उसलाई ‘एक’ के हो भनेर थाहा हुँदैन । ‘एक’ के हो भनेर त तपाईँलाई पनि थाहा छैन । यदि थाहा नभएर तपाईँले कसैलाई सोध्ने कोशिश गरे पनि ‘एक’ के हो अर्थात् ‘दुई’ के हो भनेर बुझाउने व्यक्ति पाउनुहुन्न । त्यसका बारेमा तपाईँले सिक्नुपर्छ । जब–जब दिन बित्दै जान्छ तब–तब बच्चाले सिकिरहेको हुन्छ ।

तपाईँलाई हितकारी कुरा के हो, अनहितको कुरा कुन हो, कुन कुरा गरेमा तपाईँको भलो हुन्छ भन्ने कुराका बारेमा थाहा हुनु अत्यावश्यक छ । वास्तवमा यो जीवन त एउटा सङ्घर्ष हो । हरेक दिन केही न केही गर्नुपर्छ । यो जीवन त लडाइँजस्तै भएको छ । लडाइँजस्तै– कुनै दिन हार हुन्छ भने कुनै दिन अलिकति जित हासिल हुन्छ ।

यो जीवनमा यदि यो लडाइँ चलिरहेको छ भने सबैभन्दा पहिला कुन चीजलाई जित्नु आवश्यक छ ! किनभने, तपाईँ त आफ्ना समस्याहरूमाथि विजय हासिल गर्न चाहनुहुन्छ । एकातिर तपाईँ हुनुहुन्छ अनि अर्कातिर तपाईँका समस्याहरू छन् । सबैभन्दा पहिला कसको जित हुनुपर्छ ! कसमाथि जित हासिल हुनुपर्छ ! किनभने, यदि तपाईँले आफुले आफुलाई नै जित्नुभएको छैन भने त तपाईँले कुनै पनि चीजमा जित हासिल गर्न सक्नुहुन्न । ‘मैले जित हासिल गरेँ’ भन्ने लागे पनि जित्न सक्नुहुन्न ।

त्यो तपाईँको जित होइन, किनभने तपाईँ त स्वयम् नै हार्नुभएको छ । यसर्थ यस जीवनमा सबैभन्दा पहिला जित हासिल गर्नुपर्छ भने आफुले आफुमाथि नै जित हासिल गर्नुपर्छ । यदि आफुमाथि जित हासिल भएन भने कुनै चीजमाथि तपाईँले जित हासिल गर्न सक्नुहुन्न । समस्याहरू आइरहन्छन् अनि तपाईँ त्यससँग लडिरहनुहुन्छ र एकदिन समस्यासँग लड्दा–लड्दै तपाईँ यो संसारबाटै बिदा हुनुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!