हरिपुर्वामा हतियार देखाएर सहकारीको रमक लुटपाट

लालबन्दी । सर्लाहीको हरिपुर्वामा बिहिवार बिहानै सहकारीको रकम लुटपाट भएको छ ।

हरिपुर्वा नगरपालिका ५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । ना १५ प ९८९२ नम्बरको मोटरसाईकलमा सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले नजिकैको एनआईसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जादै गर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेश कुमार यादवले जनाकारी दिए ।

हरिपुर्वा नगरपालिका–६, हनुमान चोक नजिकैबाट अज्ञात समुहले बाटो घेरी हतियार देखाएर लुटपाट गरेको खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । कर्मचारीहरुले प्रतिकार गर्न खोज्दा अज्ञात समुहले एक राउण्ड हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीको भनाई छ । नम्बर नखुलेको मोटरसाईकलमा सवार २ जना लुटेरा समुह हबाइ फायर गर्दै फरार भएका स्थानीयको भनाई छ ।

सूचना प्राप्त भए लगतै घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । हतियारधारी समूह लुटपाट पछि हर्दी खोला तर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

घटना स्थल प्रहरी चौकी हरिपुर्वाबाट ४ सय मिटरको दुरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

२०८० मंसिर १५, शुक्रबार २१:०२ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते