युगलको सालिकमा मदन भण्डारी फाउन्डेसनद्धारा सहिदको सम्झना

लालबन्दी । सर्लाहीको लालवन्दीमा मदन भण्डारी फाउण्डेशनले सहिद दिवस मनाएको छ । लालवन्दी बजार स्थित सहिद युगल वहादुर जर्गाको सालिक भएको स्थानमा एक कार्यक्रम विच सहिद दिवस मनाइएको फाउण्डेशनका प्रदेश सदस्य उज्वल कार्कीले जानकारी दिएका छन ।

कार्यक्रममा फाउन्डेसनका प्रदेश उपाध्याक्ष एवं नेकपा एमालेका नेता गणेश प्रसाई, पुर्व प्रदेश सभा सदस्य डिल्ली उप्रेती, पुर्व नगर प्रमुख मान वहादुर खड्का, सहिद युगलका भाई लेखराम जर्गा लगायतले सहिद युगल वहादुर जर्गाको योगदानको वारेमा मन्तव्य राखेका थिए । वक्ताहरुले सहिद युगलको योगदान अनुसार उहाँको सम्मानमा गर्नु पर्ने काम नभएको विषयमा ध्यानाकर्षण गराए ।

कार्यक्रमका प्रमुख अतिथी हरिवनका पुर्व नगर प्रमुख समेत रहेका प्रसाईले मदन भण्डारीले विश्वलाई नै प्रभावित गराउने वहुदलीय जनवादको विचार ल्याउनु भएको वताए ।

अर्का वक्ता पुर्व सभासद उप्रेतीले युगल जर्गालाई लालवन्दीमा गोली लागेपछि हरिवनको वाटो उपचारको लागि वीरगंज लादै गर्दा वाटैमा निधन भएको जानकारी दिए । उनले युगलले पानी मागेपछि सुकेपोखरीमा गाडी रोकेर इनारको पानी पियाइएको जानकारी दिए । लालवन्दीका पुर्व नगर प्रमुख खड्काले आफु नगर प्रमुख हुदा नगरको व्यवसायिक भवनको नाम सहिदको स्मृतिमा राखेको वताए ।

कार्यक्रममा फाउन्डेसनका सर्लाही जिल्ला अध्यक्ष चूडामणि वाग्लेले आज सहिदको सालिकमा माल्यार्पण गरेर फाउन्डेसनको सर्लाही जिल्ला कमिटीले आफ्नो काम शुभारम्भ गरेको जानकारी दिए । उनले आजैवाट जननेता मदन भण्डारीको सम्मान ः जनताको घरदैलोमा हाम्रो अभियान कार्यक्रमको पनि घोषणा गरेका थिए । यो कार्यक्रम अन्तर्गत मदन भण्डारीद्धारा प्रतिवादित जनताको वहुदलीय जनवादको विचारलाई स्थानीय तहसम्म लिएर जाने फाउन्डेशनका सदस्य सन्दिप थापाले वताए ।
कार्यक्रममा एमाले जिल्ला सचिव डिल्ली अधिकारी, एमाले नेताहरु रुपनारायण चौधरी, वलराम पोखरेल, प्रकाश थापा, जयप्रकाश यादव, विक्रम भण्डारी, प्रज्वल ढुंगाना, आभुषण चौलागाई, सुरेन्द्र दास, टिका प्रसाद चौलागाई, मेन कुमार गौतम, सरोज वावु न्यौपाने, उमेश आचार्य, पवित्रा घिमिरे सहित उल्लेख्य संख्यामा स्थानीयवासी उपस्थित थिए ।

सहिदलाई सवैले विर्सिने गरेकोमा फाउण्डेशनले कार्यक्रम गरि सहिदलाई सम्झना गरेकोमा धेरैले प्रशंसा गरेका छन ।
पंचायती व्यवस्थाको विरोधमा लालवन्दीका जुलुसको नेतृत्व गर्दा युगल वहादुर जर्गालाई प्रहरीको गोली लागेको थियो । पेशाले शिक्षक उनलार्ई २०३६ साल जेठ ५ गते गोली लागेको र त्यसै दिन निधन भएको हो । सहादत प्राप्त गर्दा युगल २२ वर्षका थिए ।
लालवन्दी बजारमा उनको सालिक राखिएको भए पनि उचित संरक्षण भने नभएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

२०७९ मंसिर १२, सोमबार १०:५९ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते