जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक थुनुवाद्वारा आत्महत्या

मलंगवा : जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिला थुनुवाले झुण्डिएर आत्महत्या गरेकि छिन ।

श्रावण १ गते अर्थात गएको सोमवार बेलुकी साँढे ७ बजे मलंगवा ८ झिलिमिलियामाई नजिकै नेपाल भारत बोर्डर ईलाकाबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको रकम र चाँदीसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका ८ का बर्ष ३२ का राम केवल राय र सोहि ठाउँकी बर्ष ४० कि हजरत खातुन थिए ।

श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैँया र ५८७ ग्राम चाँदीसहित पक्राउ परेका दुबैलाई प्रहरीले शसस्त्रले ३ गते बुधवार भन्सार कार्यालय मलंगवा बुझाएको थियो । मलंगवा भन्सारले ४ गते बिहिवार अपराधमा संलग्न २ मध्ये हजरत खातुनलाई ३ लाख ३९ हजार धरौटि तोकेकोमा खातुनले धरौटिबापतको रमक बुझाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा पठाएको थियो ।

महिला हिरासतमा रहेकी खातुनले राति १० बजे शौचालयमा गई सलले पासो लगाई आत्महत्याको प्रयास गरेको अवस्थामा ड्युटिमा रहेका प्रहरीले थाहा पाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पु¥याईएको तर उनको राति करिव पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अहिले मृतक खातुनको माईती आउने क्रममा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

२०७९ फाल्गुन २, मंगलवार ०८:१५ गते
आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

२०७९ फाल्गुन २८, आईतवार ०६:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते