हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माणमा समस्या सिर्जना भएपछि स्थानियसँग सिडियोले गरे छलफल

लालबन्दी । शुक्रबार साँझ लालबन्दी नगरपालिकामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका प्रमुख, नापि कार्यालयका प्रमुखसहितको छलफल सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १२ जियाजोर र हरिवन २ खोरगाउँका बासिन्दाले राखेको १३ बुँदे मागमा नगरप्रमुख बासुदेव अधिकारीसहित स्थानियको बाक्लो उपस्थितीमा छलफल भएको हो ।

हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण कार्य भईरहेको जियाजोरमा बिहिवार स्थानिय महिलाहरुको समुहले बिभिन्न माग राख्दै काममा अवरोध गरेपछि सिडियोसहितको टोली छलफलमा आएको हो । छलफलमा स्थानियले आफ्नो बिभिन्न १३ बुँदे माग प्रस्तुत गरेका थिए । उनिहरुले आफुरुको ऐलानी तथा नम्बरी जमिनको समय सापेक्ष हुने गरि मुल्यांकन गरिनु पर्ने, तारको छेउबाट दायाँ बायाँ पर्ने २५ मिटरसम्मको जमिन बैंकले धितो नलिने हुँदा उक्ता जग्गाको उचित मुल्यांकन गरि शतप्रतिशत क्षतिपुर्ति दिनुपर्ने साथै उक्त जग्गाको मालपोत मिनाहा गरिनुपर्ने माग राखेका थिए ।

जियाजोर क्षेत्रका स्थानियले राखेको १३ बुँदे माग

छलफलको निष्कर्षमा बोल्दै सिडियो कोमल प्रसाद धमलाले पोल निर्माण कार्य र स्थानियको जायज माग सम्बोधनको काम सँग सँगै गर्नुपर्ने बताएका थिए । उनले सो क्षेत्रमा पर्ने जग्गाको पुनःमुल्यांकन नहुने, मुल्यांकन हुन बाँकी जग्गाको समयसापेक्ष मुल्यांकन हुने, बालीनालीको क्षतिपुर्ति पाईने, जहाँ पोल परेको छ, त्यो जग्गा मात्रै आयोजनाले अधिग्रहण गर्ने, बाँकी जग्गा जस्को हो उसैको हुने र त्यसको तिरो स्वयम जग्गाधनिले तिर्नुपर्ने बताए । निशुल्क बिद्युत पाउनुपर्ने कुरा मान्य नहुँने बताउँदै सिडियो धमलाले बरु सामाजिक दायित्व अन्तर्गत छात्रबृत्ति प्रदान, खेलकुद मैदानको ब्यवस्थापनसम्म आयोजनाले गर्न सक्ने आफुले बुझेको बताए ।

आयोजना प्रमुख एवम् सिडियो धमलाको कुराले चित्त नबुझाएका जियाजोरका स्थानियले काम गर्न दिने कि नदिने भन्नेमा दुबिधा देखाएका छन ।

छलफलमा सहभागी साँझको बेला हुन गाउँ गाउँबाट आएका स्थानिय

जियाजोरमा स्थानीयको अबरोधका बिच सुरक्षा बेस खडा गरेर राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण सुरु भएको छ । त्यहाँ २७ जना शसस्त्र प्रहरी र २५ जना नेपाल प्रहरीको दंगा तैनाथ गरेर पोल निर्माण कार्य भईरहेको थियो । जियाजोर क्षेत्रमा हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी प्रशारण लाईन आयोजना अन्तरगतको ८ वटा पोल निर्माण हुन बाँकी रहेको आयोजनाले जनाएको छ । स्थानियको अवरोधका बिच सुरक्षा ब्यवस्था भए सगैँ निर्माण कम्पनीले काम सुरु गरेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणमा अबरोध भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

स्थानीयबाट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको प्रशारण लाईन निर्माणमा अबरोध भएपछि जिल्ला प्रशासन कार्यलयले समेत अनुगमन गरिसकेको जनाएको छ । पटक–पटकको छलफलबाट समेत स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यलयले जनायो । यस पहिला छलफल भएर मुवाब्जा निर्धारण भएको र सोही अनुसार बितरण भएको सिडियाे धमलाले जानकारी दिए ।

यता जियाजोरका स्थानियले आफुहरुलाई थाहै नदिई आफुहरुको जग्गा रोक्का गरेको, आफुहरुलाई समयानुकुलको मुआब्जा नदिएको, आफुहरुको मागको बेवास्ता गर्दै बल मिचाई गर्ने प्रयत्न गरिएको भन्दै दुखेसाे पोखेका छन । प्रशारण लाईनले आफुहरुको खेत नोक्सान भएको, खेत माथिबाट ४ सय केभी प्रशारण लाईन विस्तार भएपछि जग्गाको मुल्य कम हुने, प्रशारण लाईन तलका खेतमा उत्पादन समेत कम हुने उनीहरुको बुझाई छ । स्थानिय मानबिर माझिले भने हामीले प्रशारण लाईन निर्माण नगर्नु भनेका छैनौँ । तलमाथि छलायर लगिदिँदा क्षती कम हुने थियो । यसरी जग्गाबाट मनपरी प्रशारण लाईन तान्दा स्थानीयलाई दिर्घकालिन असर पर्ने उनीहरुको भनाई छ ।

हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी प्रशारण लाईन आयोजनाको पोल निर्माण हुँदै

प्रशारण लाईन विस्तारले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीयले गुनासो गरे । केही स्थानीयले मुवाब्जा स्वीकार गरे पनि केहीले अझै लिएका छैनन् । यस रुट अन्तरगत जियाजोर क्षेत्रमा मात्र पोल निर्माण बाँकी रहेको आयोजनाको ढल्केवर कार्यलयका सहायक प्रशासकिय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए । बाँकी ८ वटा पोल निर्माण सम्पन्न भए सगैँ तार तान्ने काम सुरुहुने घिमिरेले बताए । पोल निर्माण कार्य डेढ महिना भित्रमा सक्ने लक्ष्य रहेको उनको भनाई थियो ।

यस प्रशारण लाईनले नेपालको उत्पादित बिदुतलाई पुर्व मेची देखी पश्चिम महाकाली सम्म जोड्ने उल्लेख छ । निर्माण समयमै सम्पन्न नभए एका तर्फ उत्पादित बिद्युत खेर जाने र अर्को तर्फ लोडसेटिङको समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रशासकिय अधिकृत घिमिरेले दाबि गरे ।

हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी प्रशारण लाईन आयोजना अन्तरगतको ८ वटा पोल निर्माण स्थलमा सुरक्षाका लागी खटिएका सुरक्षाकर्मिको अस्थायी क्याम्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते