प्रादेशिक अस्पताल मलंगवामा छोरा जन्माएर भागीन भारतिय महिला

लालबन्दी : सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको शौचालयमामा एक भारतिय महिलाले बच्चा जन्माएर छोडेर फरार भएकी छिन ।

भारत बिहार राज्यको सितामढि सोनबर्षाकी अन्दाजी बर्ष २२ कि सैयम कुमारी गर्भवति अवस्थामा उपचारका लागी अस्पताल पुगेकी र शौचालय गएको अवस्थामा बच्चा (छोरा) जन्माई फरार भएकी थिईन । सोमबार भारतिय महिला पेट दुख्यो भन्दै आएको र जाँच गर्दा गर्भवति रहेको पाईएपछि प्रशुति शाखामा भर्ना गरिएको थियो ।

बच्चाको अवस्था सामान्य रहेको र अस्पतालमै राखिएको अस्पतालका मेसु डा. नवल किशोर झाले बताउनुभयो । उहाँका अनुसार बच्चालाई एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसि) को जिम्मामा राखिएको हो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने ओसिएमसि नेपाल सरकारको बजेट मार्फत संचालित अस्पतालभित्रकै एक युनिट भएको डा. झाले जानकारी दिनुभयो ।

फरार भारतिय महिलाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

२०७९ भाद्र १७, शुक्रबार १२:१५ गते
अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

२०८० मंसिर २२, शुक्रबार ११:५२ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते