आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय

लालबन्दी, साउन २२ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी बिशेष पहल थालेका छन ।

मन्त्री सिंहको अध्यक्षता तथा मध्यस्ततामा केहि दिन अघि चिकित्सकको टोलीसँग गम्भिर छलफल भएको छ । जानकी आँखा अस्पतालका चिकित्सकहरुसँग भएको छलफलमा रोग नियन्त्रणका लागी अबलम्बन गर्नुपर्ने उपाए तथा बिकल्पका बारेमा गम्भिर छलफल भएको मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रीपाठीले जानकारी दिए । उनका अनुसार रोग नियन्त्रणका लागी रोग प्रभावित क्षेत्रमा औषधि ब्यवस्थापन गर्ने, संचारका माध्यमबाट जनचेतनामुलक शन्देसहरु प्रशारण गराउने लगाएतका उपाए अवलम्बन गरिने छ ।

स्वास्थ्य मन्त्रालय, निर्देशनालय तथा जानकी आँखा अस्पतालका बिशेषज्ञहरुको छलफलले महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । सर्लाही क्षेत्र नम्बर ४ बाट बिजयी कांग्रेस नेता सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाईसकेपछि स्वास्थ्य क्षेत्रका समस्या समाधानका निम्ति आफ्नो सक्रियता बढाईरहेका छन ।

प्रदेशभरका स्वास्थ्य संस्थाहरुको सेवा सुविधा चुस्त दुरुस्त पार्दै, स्वास्थ्य सेवा प्रवाहमा आमुल परिवर्तन ल्याउन लागी परेका मन्त्री सिंहले बेला बेलामा स्वास्थ्य संस्थाहरुमा अनुगमन, परिक्षण सँगै निर्देशनसमेत दिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७, शुक्रबार १२:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते