मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

मलंगवा : विगत एक वर्षदेखि तयारी अवस्थामा रहेको सर्लाही सदरमुकाम मलंगवा-२ स्थितको नयाँ बसपार्क सञ्चालनमा आएको छ। यातायात व्यवसायीहरूको आन्तरिक विवादका कारण बसपार्क करिब १४ महिनापछि सञ्चालनमा आएको हो।

सोमबार एक कार्यक्रम गरी बसपार्कलाई सञ्चालनमा ल्याएको छ। गत वर्ष पौष ९ गते बसपार्कको निर्माण कार्य पूरा भएको थियो।

मलंगवा नगरपालिका-९ मा रहेको पूरानो बसपार्कबाट बस व्यवसायीहरू नयाँ बसपार्कमा जान नमानेपछि सञ्चालनमा ढिलाइ भएको हो।

अहिले पनि केही बसहरू पुरानै बसपार्कबाट सञ्चालन हुने गरेको छ भने केही बसहरू नयाँ बसपार्कबाट सञ्चालनमा आएको छ।

नयाँ बसपार्क ८ करोड ३९ लाखको लागतमा निर्माण गरिएको छ। कन्काई इन्टरनेशनल बिल्र्र्डस प्रालि झापासँग बसपार्क निर्माणका लागि २०७५ साल फागुन २१ गते सम्झौता भएको थियो।

करिब तीन वर्ष लगाएर निर्माण गरिएको बसपार्कलाई २०७९ माघ ४ गते हस्तान्तरण गरिएको थियो। २५.७३ रोपनीमा फैलिएको बसपार्कमा अढाई तल्ले टरमिनल भवन, शौचालय, खानेपानी, वर्कसप, प्रतिक्षालयको व्यवस्था गरिएको छ।

५२ वटा ठूला बस र २० वटा सानो गाडी अटाउने क्षमता भएको पार्कमा अन्य आधुनिक सेवाहरू उपलब्ध रहेको मलंगवा नगरपालिकाले जनाएको छ।

नयाँ बसपार्क सञ्चालनमा आएपछि बजार व्यवस्थापनमा थप मद्दत पुग्ने मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

२०७९ फाल्गुन २८, आईतवार ०६:३१ गते
लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी नगरपालिकामा आज बिदा

२०७९ पुष १७, आईतवार १२:३६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते