शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

सर्लाही : जनमत पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहालाई कारबाही गरेको छ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका कुशवाहा जनमतको अनुशासन कारबाहीमा परेका हुन्। उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार साहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवहा हालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते