हरिवन । आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । हरिवन निवासी ३७ वर्षीय एक पुरुष आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
गएको कात्तिक ७ गते राति सँगै सुतेकी छोरीलाई जबर्जस्ती करणी गरेर फरार भएका ती पुरुषलाई प्रहरीले माघ २८ गते पक्राउ गरेको हो । उनलाई सोमबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मजदुरीका लागी भारतमा रहेका ति पुरुष गएको दशैँ मनाउन घर आएका थिए । घट्ना घटाएर काठमाण्डौँ गएर बस्दै आएका उनलाई घर आएको बेला पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख ईन्स्पेक्टर अनिल गीरिले बताए ।
उनलाई जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । बालीकालाई सुरक्षित आश्रयका लागी अहिले मलंगवास्थित सेफ हाउसमा राखिएको छ ।