डिडिसिको लापरवाहिले किसान मारमा, ३ महिनादेखि दुधको पैसा पाएनन्

क्षितिज विश्वकर्मा, लालबन्दी । दुध बिक्न छाडेपछि पशुपालक कृषक समस्यामा पर्न थालेका छन । सरकारी स्वामित्वको दुग्ध बिकाश संस्थान (डिडिसि) ले दुध लिन छाडेपछि सर्लाहीसहित देशैभरका किसान र डेरि संचालक मर्कामा परेका हुन । आफुसँग पाउडर दुध स्टक रहेको भन्दै डिडिसिले किसानको दुध किन्न छोडेको छ । यता किसानहरु दुध बिक्न छाडेपछि घर खर्च धान्नै मुस्किल परेको गुनासो सुनाउँछन ।

लालबन्दी नगरपालिका वडा नम्बर १६ मा रहेको महिला साना किसान कृषि सहकारी संस्थामा अहिले पनि दैनिक ४०० किसानबाट २८ सय लिटरको हाराहारीमा दुध संकलन हुन्छ । तर डिडिसिले दुई महिनादेखि भुक्तानी रोक्दा सहरकारीलाई समेत समस्या पर्न थालेको छ । हरेक १५÷१५ दिनमा भुक्तानी गर्ने भनेर सम्झौता गरेको भएपनि आफुसँग माल स्टक रहेको र बिक्रि नभएको कारण देखाउँदै डिडिसि भुक्तानी दायित्वबाट पन्छिने गरेको सहकारीकि प्रबन्धक मधु गौतमले गुनासो गर्नुभयो । उहाँले किसानको करिव २ करोड रुपैँया डिडिसिबाट आउन बाँकी रहेको जानकारी दिनुभयो । सहकारीले आफ्ना ऋणि पशुपालक किसान र आफ्ना शेयर सदस्यहरुको पनि सबै दुध खरिद गर्न नसकिएको जनाएको छ । डिडिसिले आफ्नो भुक्तानी रोकेको भएपनि बैंकबाट १२ प्रतिशत ब्याजदरमा कर्जा लिएरै अहिलेसम्म किसानको भुक्तानी भने नरोकिएको प्रबन्धक गौतमको भनाई छ ।                                                  महिला साना किसान कृषि सहकारी संस्थाकि प्रबन्धक मधु गौतम

दैनिक ३५ सय लिटर माथीको दुध संकलन हुने सहकारीमा डिडिसिको बेईमानीले अहिले सबै दुध खरिद गर्न नसकिएको सहकारीले जनाएको छ । अर्कोतर्फ सहकारीसँग २२ सय लिटरको चिस्यान मेसिन (चिलिङ भ्याट) रहेको कारण पनि किसानको सबै दुध संकलन गर्न सम्भव नभएको सहकारीकी अध्यक्ष मिना स्यांतानको भनाई छ । आगामि महिनामा अर्को भ्याट मेसिन खरिद गरेर मात्रै बाँकी किसानको दुध संकलन सम्भव हुने अध्यक्ष स्यांतानले बताउनुभयो । तथापि भ्याट मेसिन खरिद योजना डिडिसिको ब्यवहारमा पनि निर्भर हुने देखिन्छ ।

अहिले कतिपय डेरी र प्राईभेट संस्थाहरुले दुध संकलन कार्य बन्द गरेका छन । डिडिसिले किसानको पैसा नदिएको थाहा पाएर प्राईभेट संस्थाहरुले पनि दुध लिन र पैसा दिन बिभिन्न बाहाना बनाएर रोक्न थालेका डेरी संचालकहरुको भनाई छ ।
लालबन्दी बजारमा सबैभन्दा धेरै दुधका परिकार बिक्रि गर्ने जय सन्तोषि माता डेरी पसलका संचालक केशवराज खरेलले डिडिसिले आफ्नो १५ लाख रुपैँया रोकेको बताए । उनले ऋणधन गरेरै आफुले किसानको अघिल्लो महिनासम्मको भुक्तानी गरिसेको तर अब नसक्ने अवस्थामा रहेको दुखेसो पोखे । खरेलका अनुसार कमिसन दिने डेरी र सहकारीको पैसा डिडिसिले अहिले पनि रोकेको छैन । तर आफ्नो पैसा ५ महिनादेखि रोकिएको उनको भनाई छ ।

नवलपुरमा दुध डेरि संचालन गर्दै आएका सुदिप कार्किले डिडिसिले पुरानो पैसा पनि नदिएको र दुध पनि लिन छोडेकाले ब्यवसाय नै बन्द गर्नुपर्ने स्थितीमा पुगेको दुखेसो सुनाए । दुधका अन्य परिकार पनि खासै बिक्रि नहुने र ऋण गरेर किसानको दुधको पैसा तिर्न सम्भव नभएको उनको भनाई छ ।

दुध पनि बिक्रि नभएको र डिडिसिले पुरानो पैसा पनि नदिएको भन्दै केहि समय अघि हरिवनका किसानले सडकमै दुध पोखेका थिए ।

डिडिसिले भारतबाट पाउडर दुध ब्ल्याकमा किनेर यहाँका किसानलाई समस्यामा पारेको कतिपय डेरि संचालकको भनाई छ ।
कतिपयले भने किसानलाई बिभिन्न सहुलियत दिएर पशु पालन गर्न प्रोत्साहन गरेको सरकारले दुध ब्यवस्थापनमा ध्यान नदिँदाको परिणाम अहिलेको अवस्था भएको बताएका छन ।

जिल्लामा पछिल्लो केहि बर्ष यता पशु पालक किसानको संख्या बढेको छ । गाई भैँसिको दुध बेचेर गर्जो टार्दै आएका किसानलाई दुध बिक्न छाडेपछि घर ब्यवहार चलाउन समस्या पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते
आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते