श्रोत नखुलेको रकमसहित लालबन्दीबाट एकजना पक्राउ

लालबन्दी । श्रोत नखुलेको १४ लाख रुपैँयासहित सर्लाहीको लालबन्दीमा एक जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका १४ लखन्देहि खोलाबाट सोहि ठाउँका बर्ष ४६ का धनबहादुर पाख्रिन श्रोत नखुलेको रकमसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बिहीबार दिउँसो प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पाख्रिनले पछाडी भिरेको झोलामा स्रोत नहुनेको नगद १४ लाख १० हजार फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।

पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको थारुले बताए । पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते
सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४, बिहीबार ११:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते