सर्लाहीको हरिवनमा दोश्रो कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने

  • भक्ति रिजाल, हरिवन ।

सर्लाहीको हरिवनमा आउँदो माघमा कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ । हरिवन नगरपालिकाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सो सम्बन्धि जानकारी गराएको हो । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ आउँदो माघ ५ गते देखि ७ गते सम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गर्न लागिएको हरिवन नगरपालिकाले जनाएको छ ।

हरिवनको सुर्ती बिकास खेल मैदानमा हुने दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको कृषि तथा पशु पंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने वडा नम्बर ८ वडाध्यक्ष तथा कृषि प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुने छ ।

प्रदर्शनीमा फलफुल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पनि पुरस्कृत गरिने आयोजकले जानकरी दिएको छ ।

यो प्रदर्शनी अघिल्लो बर्ष बैशाख महिनामा भएको थियो । आयोजकका अनुसार यो प्रदर्शनीका लागी प्रदर्शनी सहआयोजकहरुबाट करिव २० लाख रुपैँया प्राप्त हुने छ भने करिव २५ लाख खर्च हुने अनुमान छ ।

हरिवन नगरपालिकाले प्रदेश दुग्ध बिकाश बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगंज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्बेटास, ईन्दुशंकर चिनि उद्योग र हेफर नेपालसँगको सहकार्यमा प्रदर्शनी गर्न लागेको हो ।
नेपालमा अहिले संचालन भईरहेको निर्वाहमुखि खेति प्रणालीले मात्रै नपुग्ने, कृषि यन्त्र र कृषि औजारको प्रदर्शनीले मात्रै ब्यवसायीक खेति प्रणालीतर्फ अग्रशर हुन टेवा पु¥याउने नगरप्रमुख रमेश बुढाथोकीको भनाई थियो । कृष औजारको प्रदर्शनीले हामि ब्यवसायीक खेतितर्फ लाग्न सक्छौँ र कृषि औजारको प्रदर्शनी र कृषि औजारको प्रयोगले कम लगानीमै बढि आम्दाली लिन सक्छौँ भन्ने विश्वब्यापी मान्यतालाई स्थापित गराउनका लागी पनि हरिवन नगरपालिकाले यो प्रदर्शनी गर्न लागेको नगर प्रमुख बुढाथोकीले बताए ।

प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुको हरिवन नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य उपचारको ब्यवस्था गरेको छ ।
प्रदर्शनीलाई सफल बनाउन आवश्यक सहयोग गरिदिन पनी आयोजकले सबैसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विवाहोत्सवले भरिभराउ जनकपुर

विवाहोत्सवले भरिभराउ जनकपुर

२०७९ मंसिर १२, सोमबार १०:५७ गते
कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

२०८० असार ३, आईतवार १७:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते