निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

हेटौंडा । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सत्ता गठबन्धनको चुनावी प्रचारमा हिँडेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै अध्यक्ष कालाखेती मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् ।

अध्यक्ष कालाखेती आचारसंहिता विपरित बिहान देखि बेलुकासम्म बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् ।

कालाखेती विशेषगरी गाउँपालिकाको हाँडीखोला र मनहरी क्षेत्रको चुनावी प्रचार प्रसार हिँडेको स्थानीयले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही हुने आयोगले जनाएको छ ।खवर ब्रेक वाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

२०८० भाद्र १, शुक्रबार १४:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते