समृद्धिको १६ औँ वार्षिक साधारणसभामा सम्पन्न, सेयर सदस्यलाई १३ प्रतिशत बोनस

हरिवन । सर्लाहीको हरिवनमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट सेयर सदस्यलाई १३ प्रतिशत बोनस वितरण गरेको छ।

समृद्धिको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन पन्तले आर्थिक मन्दिको अवस्थामा पनि संस्थाको आर्थिक कारोबार राम्रो रहेको बताए। उनले सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँडबाट सेयर सदस्यलाई २१ दशमलव ५ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए।

समृद्धिले आर्थिक वर्ष २०७९र०८० को कारोबारबाट ७७ लाख ६६ हजार ५१७ रुपैयाँ मुनाफा गरेको संस्थाका प्रवन्धक चिरञ्जीवि भट्टराईले बताए।

साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व रक्षामन्त्री तथा सर्लाही ३ बाट निर्वाचित संघीय सांसद हरिप्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, समृद्धिका पूर्व अध्यक्ष इन्द्र पाठक, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, नेप्सुकुनका हरिवन शाखा प्रमुख महेश बराल, राष्ट्रिय सहकारी बैँक हरिवनका नारायण लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभाले अध्यक्ष लगायत विभिन्न उपसमितिको प्रतिवेदन र २०८०र०८१ को बजेट तथा कार्ययोजना सुझावसहित पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

२०८० असार ३, आईतवार १७:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते