स्वर्गिय पत्रकार यादवको स्मृतिमा प्रेस सेन्टर नेपालद्वारा मानव सेवाश्रममा मिष्ठान्न भोजन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत रहेको मानव सेवाश्रममा बिहिवार बिहान प्रेस सेन्टर नेपाल सर्लाहीले एक कार्यक्रमका बिच एक छाक मिष्ठान्न भोजन सेवा गरेको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका सदस्य स्वर्गिय अभिषेक कुमार यादवको १३ औँ दिनको पुण्य तिथि पारेर प्रेस सेन्टर नेपालले मानव सेवा आश्रममा श्रद्धाञ्जली कार्यक्रम गर्दै आश्रममा आश्रीतहरुलाई भोजन गराएको हो ।

प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष श्रवण थापाको सभाध्यक्षतामा नेकपा माओवादी केन्द्रका सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता तथा नेता राजकुमार यादव, हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिकाका नगरप्रमुख (मेयर) रमेश बुढाथोकी (कमल) सहितका नेताहरु, प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सर्लाहीका सम्पुर्ण पदाधिकारी तथा जिल्लाका पत्रकारहरुको उपस्थितीमा कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका सचिव राधेश्याम कुशवाहले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य एवं सर्लाहीका पुर्व अध्यक्ष शंकर श्रेष्ठ, प्रेस चौतारी सर्लाहीका अध्यक्ष अच्युत साप्कोटा लगाएतका पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वर्गिय पत्रकार यादवप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै हरिवनका मेयर कमल बुढाथोकीले यादवको मृत्युले देशले एक होनहार पत्रकार गुमाएको बताउनुभएको थियो । उहाँले देशको चौथो अंगको रुपमा रहेका एक खम्बाको अवसानले आफु निकै मर्माहत भएको बताउँदै मृतकको आत्माको चिर शान्तिको कामना गर्नुभयो ।

त्यसैगरि सर्लाही जिल्ला ईन्चार्ज काफ्लेले जनतालाई सुसुचित गराउने महान अभियान लिएर पत्रकारीता जगतमा अघि बढेका स्वर्गिय यादवको निधनले देशले अपुरणिय क्षति बेहोरेको बताउनुभयो । उहाँले स्वर्गिय पत्रकार यादव जुन महान लक्ष्यका साथ अघि बढेका थिए, त्यो लक्ष्य प्राप्तिका लागी प्रेस सेन्टर नेपालले कार्य गरेमा त्यो नै स्वर्गिय यादव प्रति सच्चा श्रद्धाञ्जली हुने र जिल्लामा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीले राम्रो काम गरिरहेको आफुले पाएको र आगामी दिनमा पनि यस्ता राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

आफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गिय यादवकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।

जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका यादव गएको भदौ २३ गते शनिबार बागमतिबाट रिपोर्टिङ सकेर घर फर्किंदै गर्दा बरहथवा ८ टाँडी गर्जाहा पुलमा मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागी यादवलाई थप उपचारका लागी एलएस न्युरो अस्पताल कलैया लगीएकोमा उनको उपचारको क्रममा आईतबार दिउँसो ज्यान गएको थियो ।

कार्यक्रमको पुरा भिडियो यहाँ छ ।

  • यो पनि पढ्नुहोस् ।

मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते