सर्लाही । सर्लाहीको बागमतिमा सम्पन्न भएको दोस्रो नगर स्तरिय भलिबल प्रतियोगीताको उपाधि आयोजक मिलनचोक युवा क्लवले जितेको छ । बाराको कोल्वी भलिबल क्लवलाई २५–१६, २७–२५ र २५–१८ को सोझो सेटमा हराउँदै मिलनचोक युवा क्लवले जित हात पारेको हो । विजयी भएको मिलनचोक युवा क्लवले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको कोल्वी भलिबल क्लवले २० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगीता गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धन बहादुर आलेको सम्झनामा बागमती नगरपालिका–१, मिलचोक स्थित स्वर्गीय धनकुमारी बानियाँ खेल मैदानमा गत १६ गते बुधबारबाट संचालन भएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा सर्लाही सहित रौतहट र बाराका गरी १९ वटा भलिबल टिमले भाग लिएका थिए ।

प्रतियोगिताको म्यान आफ दि टुर्नामेन्टको उपाधि मिलनचोकका खेलाडि शैलेन्द्र यादवले जिते । मिलनचोकका अभिषेक चौधरी बेष्ट स्पाईकर, विनय यादव बेष्ट सटर, बेष्ट डिफेण्डर दिपेन्द्र थापा र राईजिङ प्लेयरमा सुदिप थापा घोषित भए । भने, कोल्वीका खेलाडि उमेश चौधरीले बेष्ट ब्लकरको उपधि जितेका आयोजक क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि पुरस्कार मधेश प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह र बागमती नगरपालिकाकी कार्यवाहक मेयर लिला कुमारी मोक्तानले संयुक्त रुपमा हस्तान्तरण गरेका आयोजक क्लवका सचिव सुन्दर रानाले जानकारी दिए ।

सर्लाही । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।

लालबन्दी । सर्लाहीकाे इश्वरपुर नगरपालिकामा मधेश प्रदेशस्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता फागुन ७ देखि सुरु हुनेछ ।

सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रोजित केसीका अनुसार मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट गरी सबै ८ जिल्लाको सहभागिता रहने छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित रामपुर मैदानमा हुने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

शंकर नराल, मंलगवा । सर्लाही सदरमुकाम मलंगवामा शनिबारबाट ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु भएको छ ।

सर्लाही क्रिकेट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । वडा नम्बर ८ को प्रायोजनमा सुरु भएको खेलको उद्घाटन वडाध्यक्ष मुकेश कुमार जयसवालले गर्नुभएको थियो ।

शनिबारको पहिलो खेल सगुन शिक्षा आवाशिय विद्यालय हरिवन र मद्मरत्न विद्या मन्दिर मलंगवा बिच भएको छ । सगुन शिक्षाले दिएको २० ओभरमा १४४ को लक्ष्यलाई पछ्याउँदै पद्मरत्नले १७ ओभर २ बलमा आफ्नो सम्पुर्ण विकेट गुमायो । पहिलो खेल सगुन शिक्षाले २६ रनले जितेको छ । यहि २९ गतेसम्म चल्ने प्रतियोगीता वडा नम्बर २ स्थित कबड हलमा चल्ने छ । ७ वटा टिम सहभागी प्रतियोगीताको बिजेता टिमले रु १० हजार, कप र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले रु ७ हजार कप र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएकाे छ ।

काठमाडौं । सन् २०२४ को जुनमा हुने कोपा अमेरिका–२०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुनेछन् ।

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुंगो प्लेअफबाट लाग्ने बताइएको छ ।

शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा रहेको छ । यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।

समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् । यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।

सर्लाही । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई ११ रनले पछि पार्दै मधेस प्रदेशले उपाधि हात पारेको हो ।

मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए ।

मधेस प्रदेशका हरिशंकर साहले सर्वाधिक चार विकेट लिए । यस्तै, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए ।

त्यसअघि पोखरा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।

मधेस प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । आर्मीका शाहब आलम र विकेक यादवले समान तीन/तीन विकेट लिए । सोमपाल कामी र बसिर अहम्मदले एक–एक विकेट लिए ।

प्रतियोगिताको विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो ।

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे ल्याण्डमार्क ईन्टरप्राईजेजले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ । ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेलले संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे ।

खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट जर्सी सहयाेग गरेकाे ल्याण्डमार्कका व्यवस्थापक पाैडेलले बताउनु भयाे । खेलकाे विकासमा समाजका सबै वर्गकाे सहयाेग आवश्यक हुने भन्दै एन्फा सर्लाहीले ल्याण्डमार्क ईन्टरप्राईजेज र सञ्चालकलाई धन्यवाद दिएकाे छ ।

जर्सि प्रदान कार्यक्रममा कराते प्रशिक्षक शक्ति साहसहित महिला फुटबल खेलाडीहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

यसैबिच सिराहाकाे बन्दीपुरमा मैत्री फुटबल खेल्न सर्लाही ११ का महिला खेलाडीहरु सिराहातर्फ प्रस्थान गरेकाे छ । एन्फा उपाध्यक्ष थापा, महासचिव गाैतम तथा प्रशिक्षक कटुवालकाे नेतृत्वमा महिला खेलाडीकाे टाेली बन्दिपुर गएकाे एन्फा सर्लाहीले जनाएकाे छ ।

लालबन्दी । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई मंगलबार नगदसहित सम्मान गरिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गर्नुभएको अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गर्नुभएको हो । ईश्वरपुर नगरपालिका २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा क्रिकेटर झालाई सम्मान गरिएको मेयर आचार्यले बताउनुभयो ।

मेयर आचार्य, पूर्व मेयर मनोजकुमार देवकोटालगायत भएर नगद र सम्मान–पत्रसहित झालाई सम्मान गर्नुभएको हो । चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई अहिले मलंगवा नगरपालिका ८ मा बसोवास गर्ने झाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई टी–ट्वान्टी विश्वकपमा पुर्याउन उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो ।

झालाई यसअघि बुधबार नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको थियो ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी(२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल प्रेस

विराटनगर : विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो। जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो।

अदालतका सूचना अधिकारी ओमराज सुवेदीले करणी मुद्दामा उनीहरु दोषी ठहर भएपनि सजाय निर्धारण भने हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ।

फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ। ‘मुद्दामा प्रतिवादी बनाइएकाहरु कसूरदार ठहर भइसकेका छन्,’ अदालतका सूचना अधिकारी सुवेदीले भने, ‘उनीहरुलाई हुने कैद सजायको टुंगो आगामी २२ गते लाग्ने छ।’

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का स्थायी प्रशिक्षक थिए। विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो। बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए। परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ। पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामूहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन्। अन्नपूर्ण पोस्टबाट

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते