मेयर बुढथाेकीको पहलमा मानवसेवा आश्रमलाई बिभिन्न रोगका औषधि प्रदान

लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ कैलाशपुरीमा रहेको मानवसेवा आश्रममा बुधवार औषधि प्रदान गरिएको छ ।

हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढथोकी (कमल) को बिशेष पहलमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरबाट प्राप्त औषधि आश्रममा हस्तान्तरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो । आश्रमलाई १२ प्रकारका मानसिक रोग सम्बन्धिसहित १५ प्रकारको औषधि र एक थान अक्सिजन कन्स्ट्रेटर प्रदान गरिएको चौधरीले बताउनुभयो ।

सो कार्यक्रममा नगरप्रमुख बुडाथोकीसहित बुधबार मात्रै हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा, पालिकाको स्वास्थ्य शाखा प्रमुख चौधरी, हरिवन स्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशवाह लगाएतको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते