लालबन्दी १५ शिरकालिन्जोरमा चट्याङ लागेर पशु चौपाया क्षति

लालबन्दी : सर्लाहीको उत्तरी चुरे भेगमा पर्ने शिरकालिन्जोरको बागदमारमा गएराती चट्याङ लागेर पशु चौपायामा क्षति पुगेको छ ।

लालबन्दी नगरपालिका १५ को बिकट बस्ती बागदमारका लाल बहादुर वाईबाको घरमा चट्याङ परेको वडाध्यक्ष गोरख बलले बताउनुभयो । चट्याङबाट एउटा बाच्छा मरेको छ भने गोठ जलेको छ ।

वाईबाको घरमा जडित सोलार प्यानलमा चट्याङ परेको हो । प्यानलमा चट्याङ पर्दा सोलारको तार जडित घर र गोठमा क्षति पुगेको हो । चट्याङबाट सोलार सेट, पशु चौपाया, गोठ्सहित अन्दाजी २ लाख बराबरको धनमाल क्षती भएको आँकलन गरिएको वडाध्यक्ष बलले जानकारी दिनुभयो । चट्याङ लागेर मानवीय क्षती भने भएको छैन ।

सो ठाउँमा शुक्रबार बिहान वडाध्यक्ष बलसहित प्रहरी र नगरप्रमुख बासुदेव अधिकारी लगाएत अबलोकनका लागि पुगेका र पीडितलाई नगर कार्यपालिकामा छलफल गरि राहत ब्यबस्थापन गरिने नगरप्रमुखको स्वकीय सचीव भानु बरालले जानकरी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते