फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरी चयन

सर्लाही : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको विशेष भेला सम्पन्न भएको छ । शनिबार महोत्तरीको बर्दिबासमा रहेको गौतम होटलमा प्रदेश स्तरीय विशेष भेला सम्पन्न गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा फोनिजका संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित प्रदेश स्तरीय विशेष भेलाले २१ जनाको नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन कार्यसमितिको उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिव वृजमान तामाङ, सचिव रेनुका चौधरी, कोषाध्यक्ष ज्योति मोक्तान चयन भएका छन ।

कार्यसमितिको सदस्यहरुमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिरहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा मगर (महोत्तरी) लगायतका चयन भएका छन । बाँकी जिल्लाबाट बाँकी रहेको सदस्यहरुलाई समितिको अर्को बैठकबाट मनोनीत गरि पूरा गर्ने प्रदेश समितिले बताएको छ । त्यस्तै भेला मार्फत केन्द्रीय समितिको संगठन विभागको सदस्यमा सर्लाहीका पत्रकार शंकर श्रेष्ठ र प्रदेश समितिको निवर्तमान उपाध्यक्ष दिपेश श्रेष्ठलाई मनोनीत गरेका छन ।

भेलामा फोनिजका संघीय बरिस्ठ उपाध्यक्ष लक्की चौधरी, संघीय उपाध्यक्ष कमान देवान, संघीय महासचिव मिलन लिम्बु, प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर, प्रदेश प्रतिनिधि, विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते