थाहा-६ का अध्यक्ष श्रेष्ठको पहलमा डेढ महिनामै चौकी स्थापना

सानोबाबु मुक्तान | थाहा नगर

थाहा नगरपालिका ६ बज्रबाराहिमा अस्थायी प्रहरी चौकी आज उद्घाटण गरिएको छ । दशकौ अगिदेखी स्थानियको माग लाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको हो । आज प्रहरी चौकिकै प्राङ्गणमा एक कार्यक्रमको बिच मकवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेब गाैतमले चौकिको उद्घाटन गर्नुभएको हो ।

गौतमले चौकिको ब्यानरलाइ अनावरण गरि उध्घाटन गर्नुभएको थियो । थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेस्ठको सभाध्यक्षता तथा एस्पि गौतमको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेला नेता बिष्णु ढकाल, कल्पना बलामी, नेपाली काङ्रेसकी नेतृ इश्वरी शाही ठकुरी, नगर सभापती प्रमोद कृष्ण जोशी, नेकपा समाजबादीका इश्वरलाल रुम्बाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्रेस थाहा नगरका सभापती प्रमोद कृष्ण जोशीले दशकौ देखिको उदेश्य प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै चौकी स्थापना मात्रै महत्वपुर्ण बिषय नभएको पनि बताउनु भयो । जोशीले प्रहरीलाई इङ्गित गर्दै प्रहरीको प्रहरी मेरो साथी भन्ने नाराले वास्तबमै सार्थकता पाउनुपर्ने बताउनु भयो । बज्रबाराहिमा विभिन्न बित्तिय सस्था, बैन्क, सहकारी , बजारक्षेत्र रहेकोमा सम्पुर्ण निकायले प्रहरी सुरक्षाको अनुभूति प्रत्यक्ष गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै एस्पि गौतमले आफुले थाहा ६ का वडा अध्यक्ष श्रेस्ठसङ्ग भेट भएको डेढ महिनामै चौकि स्थापनाको गरेको बताउदै चौकिलाइ स्थायी बनाउन स्थानीयनै सक्रीय हुनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै थाहा ६ का वडा अध्यक्ष श्रेस्ठले आफुले चुनाबमा जनतासङ्ग गरिएको प्रतिवद्दता अनुरुप जनताको सेवा र सुरक्षाको लागि चौकी स्थापना हुनु अपरिहार्य रहेको ठान्दै आफुले इलाका प्रहरी कार्यालय पालुङ्गको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरसङ्ग समन्वय गरेको बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरु, बित्तिय सस्थाका प्रमुखहरु बिध्यालयका प्रधानाध्यापक तथा स्थानियको उल्लेखिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते