लालबन्दी नगर अनुगमन समितिद्वारा स्वास्थ्य संस्थाको अनुगमन, संचालकहरुको भागाभाग, पाँच निजी स्वास्थ्य संस्थामा सिल

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित पाँच वटा नीजि स्वास्थ्य संस्थाहरुलाई लालबन्दी नगरपालिकाको अनुगमन समितिले सिल गरेको छ । लालबन्दी नगरपालिकाकी नगर उपप्रमुख कल्पना माया पाख्रिङको नेतृत्वमा पुगेको नगर अनुगमन समितिले लालबन्दी नगरपालिका १ स्थित नवलपुरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन  गर्दा कुनै पनि कागजात नरहेका उक्त स्वास्थ्य संस्थाहरुलाई सिल गरेको हो ।

लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेका सर्लाही हेल्थ केयर सेन्टर प्रा।लि,रक्षा हेल्थ केयर सेन्टर प्रा.लि,ओमनिका हेल्थ केयर सेन्टर प्रा.लि र संजय कुमार औषधालयका कुनै पनि कागजातहरु फेला नपरेपछि सिल गरिएको लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले जानकारी दिए ।
उनका अनुसार नवलपुर मोडेल अस्पताल प्रा.लि, गुन्जन मेडिकल हल, वि एण्ड आर अस्पताल प्रा.लि, स्माईल डेन्टल क्लिनिक, मनिषा हेल्थ केयर प्रा.लि, टेक्सास हेल्थ केयर प्रा.लि, लक्ष्मी एक्सरे, सत्यनाम हेल्थ केयर सेन्टर प्रा. लि र दिपक प्राथमिक उपचार केन्द्रका सञ्चालकहरु अनुगमन आएको थाहा पाएपछि आफैँ बन्द गरेर भागेका छन् ।

२२ वटा नीजि स्वास्थ्य संस्था रहेको लालबन्दी नगरपालिका १ स्थित नवलपुरका भानु अन्जली अस्पताल प्रा।लि र गैर औषधालयका सबै कागजात रहेका अनुगमन समितिका सदस्य एवम लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक मुमताज मिक्रानीले बताए ।

उनका अनुसार जय भवानी हेल्थ केयर प्रा.लि र जय माता दी हेल्थ केयर सेन्टर प्रा.लिको ल्याबको कुनै कागजात नभएकाले सिल गरिएको छ, भने सर्लाही लाईफ लाईन अस्पताल प्रा.लिको ओ.पि.डि. बाहेक अन्य सेवा बन्द गरिएको छ । यता,अनुगमनको क्रममा सिल गरिएका नीजि स्वास्थ्य संस्थाहरुको सवालमा नगरकार्यापालिकामा नगर स्वास्थ्य शाखाले प्रतिवेदन पेश गर्ने र नगर कार्यापालिकाको निर्णय अनुसार खुल्ने की सधैका लागि बन्द गर्ने भन्ने निर्णय हुने अनुगमन समितिका सदस्य लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम लालबन्दी नगरपालिका ४ का वडा अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए ।

यता,गत वर्ष पनि अनुगमन गर्दा वि एण्ड आर अस्पताल प्रा.लि र संजय कुमार औषधालय लगायतका नीजि स्वास्थ्य संस्थाहरुको कुनै पनि कागजात नभएको भन्दै सिल गरिएको थियो र तर रातारात पुन सञ्चालनमा आएर आफ्ना नियमित सेवा सञ्चालन गरि रहेका थिए । यस वर्ष पनि सोही घटना दोहोरिने हो की भन्नेमा चिन्तित रहेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते