हरिवनमा रचना वाचन गरि प्रथम लेखक दिवस मनाईयो

हरिवन : सर्लाहीको हरिवनमा ‘हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ ।

नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन – ११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा नेपाली लेखक सङ्घ सर्लाही शाखाले शनिवार (आज) मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको हाे ।

दिवसको अवसरमा मुक्तककार हरिकृष्ण काफ्ले, छन्द कवि कुमार दाहाल ‘कुसुम´, गजलकार सुमित्रा आचार्य, गद्यकवि सुमन घिमिरे ‘अग्रिम’, गजलकार विवश पौडेल, गजलकार कवि सुवेदी ‘कञ्जुश’ मुक्तककार रामनारायण चौधरी, मीना देवकोटा, प्रेम घिमिरे, हरि पङ्‌गेनी, जीवन आचार्य, तेजनारायण आलेलगायतका साहित्यकारहरूले मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।

आमन्त्रित सबै अतिथिहरु उपस्थित नभएपनी कार्यक्रम राम्रो भएको कवि जीवन आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते