सर्लाहीमा करिव १५ बिघा क्षेत्रफलको गाँजा खेति नष्ट

सर्लाही । हरेक बर्ष झैँ यस बर्षपनि सर्लाही प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लाको लालबन्दी नगरपालिका १४ नारायणखोलामा आज (शुक्रबार) करिव १५ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

हरेक बर्ष ठुलो संख्यामा प्रहरी पुगेर गाँजा खेति फडानी गर्दै आएको सो क्षेत्रमा सुराकी पाएपछि ठुलो क्षेत्रफलको गाँजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय प्रशासन गरि गरि १५० जनाको टोली पुगेर गाँजा खेति फडानी गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिए ।

अवैध गाँजाखोती तथा यसको बिक्री–वितरणले समाजमा विकृति फैलाएको हुँदा नियन्त्रण अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाईका साथ लागु गरिने प्रशासनको तयारी छ । प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् ।

सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् । त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेको पाइएको छ । यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महंगो मुल्यमा विक्री हुनेगरेको जानकारहरू बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते