भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं :  भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन ।

विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो ।

गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।

शुक्रबारदेखि विदेशबाट आउनेहरुले पनि आफूले प्रयोग गरेको बाहेक अन्य मोबाइल सेट ल्याए भन्सार तिर्नुपर्ने छ । कसैगरी भन्सार छलेर मोबाइल भित्र्याएमा सेटमा सिम राखेको दुई सातापछि फोन नचल्ने पनि प्राधिकरणले जनाएको छ ।

नेपालमा हाल प्रयोगमा रहेका मोबाइल सेट मध्ये करीब ४० प्रतिशत भन्सार नतिरी भित्रिएको अनुमान गरिएको छ । यो प्रणाली लागू भएपछि प्रयोग भईरहेका मोबाइलको रेकर्ड राख्न तथा चोरी नियन्त्रण गर्न पनि सजिलो हुने दाबी प्राधिकरणको छ । आयातकर्ताले नै आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै फोन चालु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

२०७९ भाद्र २०, सोमबार ०२:१० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते