मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु

लालबन्दी । विश्वमा क्रिकेट प्रतियोगीता चलिरहेको बेला रेडियोमार्फत कमेन्ट्रि गरेर संचारकर्ममा छिरेका एक संचारकर्मिको मोटरसाईकल दुर्घटनामा निधन भएको छ । सर्लाही जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका २८ बर्षका अभिषेक यादवको मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको हो ।

गएको शनिवार बागमतिमा भएको नेकपा माओवादी केन्द्र निकट दलित संगठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर घर फर्किने क्रममा बरहथवा ८ टाँडी, गर्जाहा पुलमा यादव सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागी यादवलाई थप उपचारका लागी एलएस न्युरो अस्पताल कलैया लगीएकोमा उनको उपचारको क्रममा आईतबार दिउँसो ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले बताए ।

मृतक यादव सवार मधेश प्रदेश ०३–०२८ प ७४९६ नम्बरको मोटरसाईकलसँग बिपरित दिशाबाट आउँदै गरेको बिआर ३० एक्स ८९८८ नम्बरको भारतिय बिहारी नम्बर प्लेटको मोटरसाईकल ठोक्किएको थियो । यादव माओवादी केन्द्र निकट प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हुन । उनि जिल्लाका बिभिन्न रेडियोमा क्रिकेट प्रतियोगीताका बेला कमेन्ट्रि गर्थे भने बिभिन्न अनलाईन तथा पत्रीकाका लागी रिपोर्टिङको काम गर्थे ।

यादव सवार मोटरसाईकललाई ठक्कर दिने बिहारी नम्बर प्लेटको सवारी चालक बरहथवा १७ का ३७ बर्षिय रामजनक चौधरीलाई प्रहरीले मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ । दुर्घटनामा सामान्य घाईते भएका चौधरीको स्थानिय मेडिकलमा उपचार गरिएको थियो ।

सर्लाही जिल्लामा हुने धेरै दुर्घनाहरुमा भारतिय तिब्र गतिमा गुड्ने सवारी साधनको संलग्नता बढि हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । भारतिय नम्बर प्लेटको सवारी साधनलाई नियमसंगत प्रयोग र नियमन गर्ने ट्राफिक प्रहरीको रणनिति भने सर्लाही जिल्लामा हालसम्म सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते
किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते
आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

२०८० असार १२, मंगलवार ०६:३६ गते
चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते