चित्लाङ्गलाई कृषि र पर्यटकिय क्षेत्र बनाउनुपर्छ – बर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले मकवानपुरको चित्लाङ्गलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्ने बताउनु भएको छ । आज एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संबोधान गर्दै उहाँले जवजव स्थानीयले चुनाब जिते त्यति बेला मात्रै यस क्षेत्रको बिकास भएको इतिहाँस रहेको बताउनुभयो ।

चित्लाङ्ग क्षेत्रको पर्यटन बिकासमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो–‘चित्लाङ्गलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ अनी
चित्लाङ्ग चन्द्रागिरी सडकलाई सरर चल्ने र प्रत्यक दिन चित्लाङ्ग आउ आउ लाग्ने बनाउनुपर्छ ।’

चित्लाङ्गसंग मार्खु, कुलेखानी, बज्रबाराहिको कुन्छाल, भीमफेदिको चिसापानी गढि, मैत्री बगैँचा, रिखेस्वर महादेव तथा कैलाशको बैकुण्ठ जोड्ने गरि करिडोर बनाएर पर्यटन, पुर्वाधार बिकास गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

चित्लाङ्ग र आसपासमा बसोबास गर्ने नेवारी समुदायको कला, संस्कृति, ईतिहास संरक्षण गर्न आफुले भुमिका खेल्ने बताउनुभयो । २० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत बर्तौलाले लगाउनुभयो । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताउनु भयो ।

गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बिनियोजन भएको छैन– बिष्णु ढकाल

एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बजेट बिनियोजन नभएको बताउनु भएको छ । चित्लाङमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो सडकको नेतृत्व हिजो देखि एमालेले गरेको र भोलिब्पनी एमालेले नेतृत्व गर्ने र सडकबाट कम्प्लीट गर्ने बताउनुभयो ।

यस्लाई चित्लाङ्ग हुँदै डाँबासबाट मनहरी हुँदै चितवन जोडेर बैकल्पिक राजमार्गको बिकास गर्ने बताउनुभयो । पालुङ देखि चित्लाङ सम्म सिमेन्टको ढलान घर निर्माण हुन थालेकोमा दुख व्यक्त गर्दै यो बेल्टको चित्लाङ्ग, कुन्छाल, पालुङ्ग, दामन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै नया भवन बन्नु पर्ने नितिगत व्यवस्थापन गर्नुपर्ने र आफुले त्यसमा भुमिका खेल्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज नयाँ बर्ष २०८०

आज नयाँ बर्ष २०८०

२०८० बैशाख १, शुक्रबार ०७:२१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते