जिंगडवामा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

मलंगवा, असार २४ : सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ ।

बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति अबेर घरदेखि करिव पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भइ डुबिरहेको अवस्थामा फेला पारेका थिए ।

उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

दुई बालकको डुबेर मृत्यु भएको खाल्डो ।

उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । नागेन्द्रका प्रिन्स र दीपु गरी दुई सन्तान मात्रै रहेका थिए । एकै परिवारका दुई बालकको मृत्यु भएपछि जिङ्गडवा गाउँ शोकमा डुबेको छ ।

जिङ्गडवाका वडाध्यक्ष सुवोध राय यादवका अनुसार बाँके खोलामा नदी नियन्त्रणका लागि केही दिनअघि मात्रै खाल्डो खनेर तटबन्ध कस्ने काम भएको थियो । प्रदेश सरकारबाट प्राप्त ३५ लाखले तटबन्ध निर्माणको काम गरिएको वडाध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
कौडेनाका युवाहरुले गरे टोल सरसफाई

कौडेनाका युवाहरुले गरे टोल सरसफाई

२०७९ कार्तिक २६, शनिबार १२:०२ गते
महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

२०८० भाद्र २७, बुधबार २२:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते