उखु किसानले ‘कृषि तथा पशुपंक्षी विनास मन्त्रालय र अनर्थ मन्त्रालय’को पुत्ला जलाए

हरिवन । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका सर्लाहीका उखु किसानले आज (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रतिमा बनाएर दहन गरेका छन् । कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय र अर्थ नभई अनर्थ मन्त्रालय भएको भन्दै उनिहरुले ति २ मन्त्रालयको व्यंग्यात्मक ब्यानर बनाएर प्रदर्शन गर्दै जलाएका हुन् ।

पुर्व पश्चिम राजमार्गको हरिऔनस्थित कडरिया चोकमा जम्मा भएका किसान र किसानको प्रतिनिधित्व गर्ने संघ संगठनले सरकार र चिनी उद्योगी विरुद्द नाराबाजी समेत गरेका छन् । धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ रोकेका छन ।

चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक हित संरक्षण समितीले आन्दोलनको पहिलो दिन शनिबार हरिवनमा उखुको लाँक्रा बोकेर प्रदर्शन गरेका थिए ।

मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएको मिलगेट उखु उत्पादक समितीले जानकारी दिएको छ । त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् । गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

यता सरकारले आज उखु किसानलाई दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते