आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी(२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया