लोसपाले असोज ३ लाई कालो दिन भन्दै विरगञ्जमा गरे प्रदर्शन

वीरगंज – लाेकतान्त्रिक समाजवादी पार्टी (लमेसपा) ले संविधान जारी भएकाे असोज ३ गतेलाई कालाे दिन भन्दै वीरगंजमा साेमबार प्रदर्शन गरेकाे छ ।

सरकारले साेमबार असाेज ३ गते संविधान दिवस मनाई रहँदा लाेसपाले भने कालाे दिन भन्दै वीरगन्जमा प्रदर्शन गरेकाे हाे ।लाेसपा पार्टी कार्यालयबाट नेता कार्यकर्ताहरुकाे सहभागितामा निकालिएकाे विराेध जुलुश नगरकाे परिक्रमा पछि घणटघर चाेकमा पुगेर विराेधसभामा परिणत भएकाे थियाे ।

विराेधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता शशीकपुर मियाँले मधेसी जनताकाे छातीमा गाेली हानेर बनाईएकाे संविधान अधुराे र अपुराे रहेकाे बताए । उनले मधेस विद्राेहका एजेन्डा र मधेसीका सबै अधिकार संविधानमा नसमेटिए सम्म असाेज ३ लाई लाेसपाले कालाे दिनका रुपमा मनाइरहने बताए ।

मधेसी जनताकाे अधिकार बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने पनि उनले बताए । उनले भने, मधेस आन्दाेलन र मधेसी जनताकै दबाबका कारण संविधान सभाको निर्वाचन भयाे तर संविधान जारी गर्ने बेला को तर काँग्रेस, माओवादी र एमालेले मधेशसी जनताकाे अधिकार संविधानमा समेटेनन् , मधेसीकाे छातीमा गाेली ठाेकेर जबरजस्ती संविधान जारी गरे ।

उनले संविधान संशोधन गरि मधेसी, मुश्लिम, जनजाति , दलित , महिलाकाे अधिकार नसमेटे सम्म असाेज ३ लाई लाेसपाले कालाे दिनकै रुपमा मनाइरहने स्पष्ट पारे ।

लाेसपाका वीरगंज महानगर उपाध्यक्ष शेख फिराेजकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लाेसपाका केन्द्रीय सदस्य रामचन्द्र पण्डित ,नेताहरु अनिरुद्र कलवार, विक्की पटेल,सुरज पटेल लगायतको सहभागीता थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन २६, शुक्रबार ०६:४१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते