अनेमसंघ मधेश प्रदेशको अध्यक्षमा सांसद लुंगेली चयन

  • क्षितिज विश्वकर्मा, लालबन्दी, फागुन २० गते ।

नेकपा (एकिकृत समाजवादी) पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघको मधेश प्रदेशस्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार सर्लाहीको लालबन्दीस्थित होटल एभरेष्टमा अनेमसंघको मधेश प्रदेश कमिटिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पार्टी नेत्री बिभा कार्किको अध्यक्षता तथा पार्टी उपाध्यक्ष एवं अनेमसंघ केन्द्रिय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा फागु पुर्णिमा (होली) पर्वको उपलक्ष्यमा शुभकामनासहित कार्यक्रमको आयोजना गरिएको अनेमसंघ सर्लाहीकी रमा पौडेलले जानकारी दिनुभयो । नेकपा (एस) ले संचालन गरिरहेको एक महिने संगठन सुदृढिकरण बिशेष अभियान अन्तर्गत अनेमसंघको भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमका बक्ताहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा होलीको शुभकामनासहित महिला तथा श्रमिकहरुले विश्वभर पुँजीवाद विरुद्ध गरेका संघर्षका अभियानहरुलाई आत्मसाथ गर्दै ऊनिहरुको योगदानलाई उदाहरणको रूपमा नेपाली महिलाहरूले बुझ्नु पर्ने धारणा राखेका थिए । साथै बक्ताहरुले अनेम संघ (समाजवादी), अन्य पार्टीको महिला संगठन भन्दा बढी सक्रिय रहेको र यसलाई अझै सर्वोत्कृष्ट बनाउन संगठनका महिलाहरूले महिला हिँसा विरुद्ध आवाज उठाई महिलाको हक अधिकार सुनिश्चित गर्न आवाश्यक रहेको, त्यसै गरी देशमा भईरहेको महिलाहरुको चौतर्फी (आर्थिक, सामाजिक, राजनीतिक, जातीय) शोषण विरुद्ध आवाज उठाउन महिलाहरुलाई प्रशिक्षण र सचेत गराउँदै अनेम संघलाई तल्लो तहबाटै सुदृढीकरण र विस्तारका कार्यक्रमहरु गर्नुपर्ने, दलित, विपन्न, अपाङ्ग, तथा शोषित भएका महिलाहरुलाई समेत पार्टीमा आवद्ध गराई उनीहरूको आत्मबल बढाउँदै उनिहरुको जीवन स्तर सुधार्न विशेष मद्दत गर्नुपर्ने बताएका थिए । उनिहरुले अनेमसंघ समाजवादीलाई मधेश प्रदेशमा अब्बल दर्जाको संगठन बनाउनु पर्ने र त्यसको सुरुवात भईसेको बताए ।

भेलाले अनेमसंघ (समाजवादी) मधेश प्रदेशको अध्यक्षमा पार्टी केन्द्रिय सदस्य एवं मधेश प्रदेशसभा सांसद बेची लुंगेलीलाई चयन गरेको छ । भेलाले महिलालाई सक्रिय रुपमा राजनितिमा ल्याउन र अनेमसंघलाई बलियो बनाउन सांगठनिक रुपमा लाग्नुपर्ने कुरालाई आत्मसाथ गर्दै पार्टीको सदस्यता लिएर मैदानमा उत्रीनुपर्नेमा जोड दिएको छ ।

यस क्षेत्रकी लोकप्रिय नेता एवं प्रदेश सांसद लुगेलीले देशमा बिद्यमान लामो ब्यवस्था पछि नेपालमा रहेका ५१ प्रतिशतभन्दा धेरै महिलाहरुको अवस्था केहि परिवर्तन भएको र केहि रुपान्तरीत भएको बताउनुभयो । उहाँले महिलालाई प्राप्त अधिकारलाई कार्यान्वयनका चरणमा केहि चुनौति रहेको बताउँदै अहिले पनि महिला दिदिबहिनीहरु कुनै पनि संघ संगठनमा आवद्ध हुन, पार्टी कमिटिमा बस्न नचाहने र नेतृत्व लिन नचाहने अवस्था रहेको बताउनु भयो । उहाँले अहिले पनि नेपाली महिलाहरु दोश्रो दर्जाको नागरिकको हैसियतमा बस्नु परिरहेको अबस्था रहेको बताउँदै मधेश प्रदेशका महिलाहरुको अवस्था झनै दयनिय रहेको जिकिर गर्नुभयो । सांसद लुंगेलीले मधेशका महिलाहरु दाईजोको निहुँमा जलिनुपर्ने, यातना भोग्नुपर्ने अवस्थामा रहेका, मधेशको भुगोलमा अहिले देखिएको मुख्य समस्या मिटर ब्याजबाट समेत महिला दिदिबहिनीहरुने पिडित हुनु परेको अवस्थालाई निराकरण गर्नका लागी अनेमसंघ (समाजवादी)ले आवाज उठाउने र पार्टीले पनि सहयोग गर्नुपर्ने र गर्ने दाबि गर्नुभयो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगाएत बिभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते
सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते
लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

२०७९ फाल्गुन २३, मंगलवार १०:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते