मिर्गौला पिडित वेलिमायाका परिवारद्वारा सहयोगको याचना

बागमती : सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा निवासी एक मिर्गौला पिडित परिवारले सहयोगको याचना गरेका छन् ।

दुवै मिर्गौला फेल भएर उपचाररत् बागमती नगरपालिका–३ धरहरा निवासी ३८ बर्षिया वेलिमाया बम्जनको आर्थिक अभावमा उपचार रोकिएपछि परिवारले सहयोगको याचना गरेका हुन् । वेलीमाया विगत केही समय यता दुवै मिर्गौमा समस्या देखिएको परिवारले जनाएका छन् । आर्थिक अभावले उनको नियमित डाईलासिस गर्न समेत समस्या भएको श्रीमान शेर बहादुर बम्जनले बताए ।

आर्थिक अभावकै कारण वेलीमायालाई अस्पतालबाट घर ल्याएर राख्नु परेको शेर बहादुरको गुनासो थियो । उनीहरुको एक धुर जग्गा जमिन समेत छैन । दैनिक ज्याला मज्दुरी गरेर परिवार पाल्दै आएका शेर बहादुरले श्रीमतीको उपचारमा सहयोग पुर्याई दिन अनुरोध समेत गरे । ‘मैले गरेको दैनिक ज्याला मजदुरीले परिवारको हातमुख जोड्न समेत समस्या छ । ’ उन्ले भने, ‘म श्रीमतीको उपचार कसरी गरौँ ।’

‘आर्थिक रुपमा सहयोग गरेर मेरो श्रीमतीलाई थप जिवन दिन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु ।’ श्रीमतीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा उनी मिर्गौला रोगबाट ग्रसित भएको पत्ता लागेको शेर बहादुरको भनाई थियो । सबै मिलेर गरेको थोरैथोरै सहयोगले पिडितको जिवन रक्षा हुने भएकोले क्षमता अनुसार सहयोग गरीदिन वडाध्यक्ष तिलक मोक्तानले अनुरोध गरेका छन् ।

बेलीमाया बचाउँ अभियानमा सम्लग्न भएर सहयोग गर्न चाहनेले कान्छी पाख्रिन र बेलिमाया बम्जनको नाममा नेपाल बैँक हरिवन शाखामा रहेको खाता नम्बर १३२०१००७५९८४१५०००००१ मा सहयोग रकम जम्मा गरिदिन सक्ने छन् । पिडित बेलीमायाका एक छोरा र एक छोरी छन् । साथै ९८६१०३९०७८ र ९७४३५८१५३८ मा फोन गरेर पिडित परिवार सगँ सम्पर्क गर्न सकिने छ ।

यसैविच वेलीमाया बचाउँ अभियानबाट संकलित रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको छ । बिहिवार बागमती नगरपालिका–२, घरहरा स्थित पिडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको अभियानका संयोजक टंक बहादुर बोहरा ९सितल०ले जानकारी दिए । उक्त रकम वडा सदस्यद्वय श्रीमान स्याङतान र हिरालाल बम्जनको रोहबरमा पिडित वेलीमायालाई हस्तान्तरण गरिएको हो ।

सहयोग संकलनको लागि संचालित अभियानबाट संकलित एक लाख ७८ हजार ३ सय ६० रुपैया नगद पिडित बेलिमायालाई हस्तान्तरण गरिएको हो । देश तथा बिदेशमा रहेका सहयोगिहरुबाट उक्त रकम संकलन गरिएको हो । सहयोग रकम हाल अमेरिका रहेकी रोशनी बम्जनबाट १५ हजार, श्री जनवाल कल्याण माध्यामिक बिध्यालयका शिक्षक शिक्षिकाको तर्फबाट ११ हजार ४ सय ४५ रुपैया प्राप्त भएको थियो ।

यस्तै बिध्यालयका ब्यवस्थापन समिति सदस्य एवं समाजसेवी टंक बहादुर बोहराको तर्फबाट ५ हजार ५ सय ५०, वडाध्यक्ष तिलक मोक्तानको तर्फबाट ५ हजार ५ सय, सुरुची यूवा क्लवका अध्यक्ष कान्छामान गोलेको तर्फबाट ५ हजार ५, विजय डिमडोङको तर्फबाट ५ हजार, नारायण तिमल्सेनाको तर्फबाट ५ हजार, कार्यपालिका सदस्य रुपा बोम्जनको तर्फबाट ३ हजार, वडा सदस्य श्रीमान स्याङतानको तर्फबाट ३ हजार प्राप्त भएको थियो ।

यस बेलीमाया बचाउँ अभियानमा वडाध्यक्ष तिलक मोक्तान, कार्यपालिका सदस्य रुपा बम्जन, वडा सदस्य सहदेव महतो, हिरालाल स्यांङतान, श्रीमान स्याङतान, नारायण तिमल्सेना लगाएतको सकृय भुमिका रहेको अभियानका संयोजक तथा समाजसेवी बोहराले बताए । अभियानका अभियन्ता बोहराले अभियानलाई निरन्तारता दिईने बताउदै समाजका सबैलाई जिवन दिने पुण्य काममा सहयोग गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते
मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

२०८० कार्तिक १३, सोमबार २०:३३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते