सेवा भावले जुटेका लालबन्दीका महिलाहरुले गरे मानवसेवा आश्रममा सहयोग

हरिवन, असार १६ : निस्वार्थ सेवा भावले एकत्रीत भएका लालबन्दीका महिलाहरुको समुहले शनिवार हरिवनमा रहेको मानव सेवा आश्रममा भोजनसेवा गरेको छ । सो समुहको नाम दिदी बहिनी जागरण अभियान हो ।

अभियानमा आवद्ध ४३ जना महिलाहरुबाट संकलित रकमबाट आश्रममा सेवा गरिएको अभियानकी नेतृत्वकर्ता रेणुका खड्काले जानकारी दिनुभयो । हरिवन १ मा रहेको आश्रममा पुगेका अभियानमा आवद्ध महिलाहरुको समुहले २१ हजार पाँच सय रुपैयाँसहित भोजनसेवा गरेको अभियानकी अर्कि नेर्तत्वकर्ता रमा निरौलाले बताउनुभयो ।

सेवाभाव भएका स्थानिय महिलाहरुको आपसि छलफल पश्चात हरेक ३/३ महिनामा बिभिन्न ठाउँमा सहयोग गर्ने उद्देश्यसहित स्थापित अभियानले यो सहित तेश्रो पटक सेवा गरेको हो । अभियानले यसअघि लालबन्दीको राधाकृष्ण मन्दिर तथा धर्मशाला डुमडुमे र पद्म भुवनेश्वरी नमुना सेवा बृद्धाश्रम जुटपानीमा पनि सेवा सहयोग गरि सकेको छ । २५ जनाबाट स्थापित अभियानमा अहिले ४३ जना हुनुहुन्छ भने अन्य महिलाहरु पनि अभियानमा जोडिन ईच्छुक बनिरहेका अभियानले जनाएको छ ।

अभियानले चौथो पटक द्वन्द्ध पिडित बालगृहमा सहयोग गर्ने योजना बनाएको नेतृत्वकर्ता खड्काको भनाई छ । हाल स्वतन्त्र रुपमा एकजुट हुँदै सेवा गरिरहेको भएपनि आगामि दिनमा अभियानलाई आधिकारीक संगठनको रुपमा दर्ता गरि यस्ता कार्यक्रमहरु संचालन गरिने खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

२०७९ मंसिर ८, बिहीबार ११:२४ गते
सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते