मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

मलंगवा । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० जिल्ला विकास समितिको भवनमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच मधेस प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले मुल ढोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मन्त्री बनेपछि आफनो पहिलो प्राथमिकता प्रदेशको ८ वटा जिल्लामध्ये यातायात सेवा कार्यालय नरहेको बारा र सर्लाहीमा यस कार्यालयको स्थापना गर्नु थियो, एउटा काम पुरा भयो, अब बारामा पनि चाडैं उद्घाटन हुने उनले बताए ।

हाल यस कार्यालयबाट सवारी साधनको चालक अनुमतिपत्र वितरण सेवा बाहेक अन्य सबै सेवा संचालन हुने सेवा कार्यालयका प्रमुख राकेश यादवले जानकारी दिए । उनका अनुसार स्थानीय तहले जतिचाँडो जग्गा उपलब्ध गराए त्यति चाँडै लाईसेन्सको लागि ट्रायाल सेन्टरको निर्माण प्रक्रिया पनि अगाडी बढ्नेछ ।

जिल्लामा यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन गौर, बिरगंज बर्दिबास र जनकपुर धाउनुपर्ने अवस्था थियो । तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीको बनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर