८ महिनामा सर्लाही ट्राफिक प्रहरीले उठायो करिव १ करोड ५५ लाख राजस्व

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीमा ट्राफिक प्रहरीले चालु आर्थिक बर्षको ८ महिनामा करिव १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार नियम विपरित चलेका बिभिन्न सवारी साधनलाई कारवाहि गर्दा १ करोड ५४ लाख ९९ हजार १ रुपैयाँ राजस्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका कार्यवाहक प्रमुख बरिष्ठ सई भानुभक्त नेपालका अनुसार ८ महिनामा कारवाहिमा परेका १७ हजार २६० ओटा सवारी साधनलाई कारवाहि गर्दा सो राजस्व संकलन भएको हो । ८ महिनामा कारवाहिमा पर्ने सवारीमा सबैभन्दा धेरै मोटरसाईकल छ । सो अवधिमा सबैभन्दा धेरै ७ हजार ९२२ ओटा मोटरसाईकल कारवाहिमा पर्दा ६ लाख ६५ हजार राजस्व संकलन भएको बरिष्ठ सई नेपालले जानकारी दिए ।

त्यसैगरि सबैभन्दा कम ५७० ओटा अटो÷टेम्पोलाई कारवाहि गर्दा ३ लाख ७७ हजार ५०० राजस्व संकल भएको छ । कारवाहिमा पर्ने अन्य सवारी साधनमा ३ हजार ८५० ट्रक/ट्यांकर, ६१७ बस/मिनिबस, ३ हजार ६६६ कार, जिप, भ्यान र ६३५ ओटा ट्याक्टर रहेका छन । नियम विपरित चलेका सवारी साधनलाई कारवाहि गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरि सवारी दुर्घटनामा परि ८ महिनाको अवधिमा ४८ जनाको मृत्यु भएको छ । साना ठुला सवारी गरि भएको ४६८ ओटा दुर्घटनामा परि सो संख्यामा मानिसको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले गएको साउनदेखि फागुन महिनासम्ममा ८६९ पटक सडक दुर्घटना न्युनिकरणका लागी जनचेतनामुलक कार्यक्रम समेत संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया