थाल ठटाउँदै विद्यालयका कर्मचारी प्रदर्शनमा

काठमाडौँ : देशभरका विभिन्न शिक्षालयका कर्मचारीहरु आन्दोलनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा काठमाडौंको माइतीघर मण्डलमा आइतबार उनीहरुले प्रदर्शन गरेका छन् ।

सहभागीले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका थिए । परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई साथ दिँदै आन्दोलनमामा सहभागी थिए ।

उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोई ?, श्रम शोषण बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एक वर्षदेखि निरन्तर आन्दोलनरत छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले मात्रै विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् । संविधानको व्यवस्थाअनुसार दुई वर्षभित्र अर्थात् २०७४ असोज ३ सम्म संघीय शिक्षा ऐन तर्जुमा हुनुपर्थ्यो ।

२०७२ यताका ८ वर्षमा ८ शिक्षामन्त्री फेरिए तर विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षासम्बन्धी ऐन ल्याउने मितिको भाखा भने सरेको सरै छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते