सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् ।

हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए।

उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’

उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हा’नथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

२०८० भाद्र १, शुक्रबार १०:५२ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते