धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल । सर्लाहीको धनकौल गाउँपालिकामा नयाँ हामिक आएका छन । गाउँपालिकाले बिहिवार एक कार्यक्रम गर्दै नयाँ हाकिम (प्रमुख प्रशासकिय अधिकृत)लाई स्वागत गरेको हो ।

गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका रंजय पटेललाई गाउँपालिका अध्यक्ष राम आश्रय साहसहित अन्य जनप्रतिनिधि र नगरका कर्मचारीहरुले फुलमाला र अबिर लगाईदिएर स्वागत गरे ।

रौतहटको राजदेवी नगरपालिका ५ पताही घर भएका पटेलले गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्दै आफुले पुरा ईमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्मचारी र जनप्रतिनिधि बिच समन्वय र साझेदारी निर्माण गरी जनताको सेवा प्रवाहमा छिटोछरितो र विकास निर्माण कार्यमा तिब्रता दिने उनको भनाई छ ।

पटेललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सो गाउँपालिकामा खटाईएको हो । यस अघि सो पालिकामा स्वास्थ क्षेत्रका कृष्ण मोहन साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते