सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।

यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ।

प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

२०७९ चैत्र ३, शुक्रबार १२:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते