आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आज शुक्रबारदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ । शुक्रबारदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ ।

पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ । बिहानमा नित्य स्नान गरी मध्यान्हकालमा महादेवको पूजाआजा गर्ने गरिन्छ भने साँझमा स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

हिन्दु धर्मालम्बीहरुले शुक्रबारदेखि माघ पूर्णिमासम्म घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्ने गर्दछन । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशन अनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

महिला–पुरुष दुवैले समान रूपमा स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिने गर्दछन् । यसरी व्रत लिँदा एक छाक चोखो खाने र अर्को छाक कन्दमूल वा फलफूल सेवन गर्ने प्रचलन छ ।

स्वस्थानी व्रत बसेमा रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास छ ।

स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् ।

स्वस्थानी व्रतालुहरू महिनाभर नै काठमाडौंको साँखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । महिना दिनभरि शाली नदीमा श्री स्वस्थानी मेला लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

२०८० भाद्र ८, शुक्रबार २१:५४ गते
सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

२०७९ मंसिर १२, सोमबार १०:५८ गते
मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

२०८० कार्तिक १३, सोमबार २०:३३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते